आचारसंहिता लाग्नु अघि सिंहदरबारमा मध्यरातीसम्म काम : अगाडि बढ्यो महाप्रवन्धक नियुक्ति प्रक्रिया

निर्वाचन आयोगले ५ फागुनदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । आचारसंहिता जारी भएसँगै नियुक्ति,सरुवा,बढुवा प्रक्रियामा लगाम लाग्ने भएका कारण आचारसंहिता छल्नका लागि हिजो मध्यरातीसम्म सिंहदरबारस्थित एक मन्त्रालयमा धमाधम काम चल्दै थियो ।

बिज्ञापन

नेपाल वायुसेवा निगमको रिक्त महाप्रवन्धक नियुक्तिका लागि तारतम्य मिलाउनका लागि हिजो मध्यराती आचारसंहिता लाग्नु अघिसम्म सचिवको नेतृत्वमा रहेको महानिर्देशक सिफारिस छनोट समितिको बैठक बसेको हो । हिजो राती बसेको बैठकले नेपाल वायुसेवा निगमको रिक्त महाप्रबन्धक पदका लागि १० जना उम्मेदवार सर्टलिष्टमा परेका छन् । निर्वाचन आचारसंहिता लाग्नु अघि संष्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार राती खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक बन्न १६ जनाले आवेदकमध्ये कार्यविधिको मापदण्ड पुगेका १० जना छानिएका हुन्।

बिज्ञापन

सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई लत्याउँदै निर्वाचन आचारसंहिता लाग्नु अघि मध्यरातसम्म मन्त्रालयमा बसेर सचिव निरौला संयोजकत्वको छानबिन समितिले निरौलाले नेपाल वायुसेवा निगमका महाप्रबन्धक नियुक्ति प्रक्रिया अगाडि बढाएका हुन ।

पर्यटन मन्त्रालयका सचिवको संयोजकत्वमा निगमको महाप्रबन्धक छनोट समिति बनेको छ । समितिले गत २७ कात्तिकमै महाप्रबन्धक नियुक्तिको लागि आवेदन मागेको थियो । छनोट समितिले महाप्रबन्धकको नियुक्तिको लागि कार्यविधि बनाएर प्रस्ताव आह्वान गरेको थियो । १६ जना आवेदकले आवेदन दिएसँगै निगमका पूर्वकर्मचारी अच्युतराज पहाडीले विज्ञलाई छेक्न खोजेको भन्दै ६५ वर्षे उमेरहद नराख्न भन्दै सर्वोच्चमा रिट निवेदन दिएका छन् ।

बिज्ञापन

सर्टलिस्टमा उपेन्द्र बहादुर कार्की, टंकमणि दाहाल, डा दीपकप्रसाद बास्तोला र दिपराज ज्वारचन परेका छन्। त्यस्तै डा भीमबहादुर चन्द, योगराज कँडेल शर्मा, विष्णुबाबु मिश्र, बेदप्रसाद उप्रेती, सञ्जयकुमार सिंह र सन्तुष्टकुमार बस्नेत पनि अन्तिम दौडमा छन्। उनीहरूको अन्तर्वार्ता र कार्ययोजना प्रस्तुति माघ १४ गतेका लागि तय गरिएको छ। यी आवेदकहरूलाई माघ १४ गते र १५ गते बिहान ८ बजे र ३ बजे आफ्नो प्रस्तुतीकरणसहित अन्तर्वार्ताको लागि बोलाएको छ ।

पर्यटन मन्त्रालयका सचिवको संयोजकत्वको छनोट समितिले आवश्यक प्रक्रिया पूरा गर्ने र अन्तिम तीन जनाको सूची तयार पारेर मन्त्रिपरिषद्लाई दिनेछ । मन्त्रिपरिषद्ले निर्वाचन आयोगको स्वीकृति लिएर आचारसंहिता लागेको अवस्थामा पनि नियुक्त गर्न पाउने भएकोले छनोट चरणको काम पूरा गर्न खोजेको पर्यटन मन्त्रालयकै एक उच्च अधिकारीले बताए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारी भित्र लुकेको पिडा

निजामती सेवा प्रवेशको अधिकतम उमेर हद घटाइयो

महानिर्देशक खोज्दै नेपाल नागरिक उड्डयन प्राधिकरण

निजामतीको परिभाषा भित्र परेनन स्थानीय र प्रदेशका कर्मचारी

निजामतीमा ११ सेवाको प्रस्ताव, ५ सेवाबाट सचिव हुन नपाइने

सशस्त्रका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

अब कर्मचारी दलीय गतिविधिमा आवद्ध भए सिधै बर्खास्त,भविष्यमा सरकारी सेवाका लागि अयोग्य

ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पाण्डे पक्राउ

बिशेष