निर्वाचन आयोगको टोली बालुवाटारमा, आचारसंहिता कार्यान्वयनबारे छलफल

काठमाडौँ । निर्वाचन आयोगको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको छ । भेटका क्रममा आसन्न निर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता कार्यान्वयन र त्यसको प्रभावकारी पालनाबारे छलफल भइरहेको छ ।

बिज्ञापन

आयोगका पदाधिकारीहरूले सरकारको तर्फबाट आचारसंहिता पूर्णरूपमा पालना हुने सुनिश्चितताका विषयमा प्रधानमन्त्रीसँग धारणा राखेका छन् । छलफलमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सरकार र आयोगबीचको समन्वय, जिम्मेवारी तथा आचारसंहिता उल्लङ्घन रोक्ने उपायहरूमा केन्द्रित रहेको जनाइएको छ ।

बिज्ञापन

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगसँग आवश्यक सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै आचारसंहिता पालना गराउन सबै मन्त्रालय तथा निकायलाई निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्री निवास स्रोतले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निर्वाचन परिणाम विश्लेषण र आगामी योजना 

लोकसेवा आयोगले माग्यो ३५३ जना खरिदार (विज्ञापनसहित)

रास्वपाको उदयसँगै कर्मचारीमा हलचल : निजामती कर्मचारी संगठनका सचिवले दिए राजीनामा

रास्वपाका सभापतिको भन्दा बरिष्ठ नेताको चुनाव खर्च ४ लाख ७३ हजारले बढी

निजामती अस्पतालको सेवा अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि

भ्रष्टाचार र लुटतन्त्रविरुद्ध नवनिर्वाचित नेताहरूलाई ट्रान्सपरेन्सी नेपालको खबरदारी

कर्मचारीतन्त्र किन र कसरी सुध्रिनुपर्छ ?

आयल निगममा करोडौँ बुझाएर जुनियर र फरक समूहका कर्मचारी बने डिपो प्रमुख, अख्तियार मौन

बिशेष