चिरन आचार्यद्वारा समाचार खण्डन, ‘घुस काण्डसँग कुनै सम्बन्ध छैन’

काठमाडौं । वैदेशिक रोजगार विभागसँग जोडेर प्रकाशित समाचारप्रति नायब सुब्बा चिरन आचार्यले औपचारिक खण्डन गरेका छन्। उनले मिति २०८२ साल पुष २६ गते प्रकाशित “घुस काण्डसँग जोडिएका व्यक्ति पुनः विभागमा, भाइ–दिदी भित्र्याउँदै महानिर्देशक” शीर्षकको समाचारमा आफ्नो नाम जोडेर भ्रामक, अपुष्ट र तथ्यहिन विवरण समावेश गरिएको दाबी गरेका छन्।

बिज्ञापन

जारी गरिएको खण्डन पत्रमा आचार्यले आफू कुनै पनि घुस काण्डसँग सम्बन्धित नरहेको स्पष्ट पारेका छन्। केवल थर मिलेकै आधारमा नातावादसँग जोडेर भ्रम फैलाइएको भन्दै उनले समाचारको शीर्षक र आशयप्रति आपत्ति जनाएका छन्।

बिज्ञापन

व्यक्तिगत श्रम स्वीकृति शाखामा कार्यरत रहँदा आफूले कानुन र नियमअनुसारको जिम्मेवारी मात्र निर्वाह गरेको र विभाग बदनाम गराउने कुनै पनि कार्यमा संलग्न नभएको उनको दाबी छ। पूर्व महानिर्देशक सूर्य खत्रीको कार्यकालमा समेत विभागको छवि बिगार्ने कुनै कार्य नगरेको उल्लेख गर्दै, सो सम्बन्धी समाचारमा आएका आरोपहरू असत्य रहेको उनले बताएका छन्।

त्यसैगरी, अनुगमन शाखामा रहँदा “तर मारिएको”, “हाजिर नभई सचिवालयमा बसेको” भन्ने विवरणहरू अनुमान र हचुवाको भरमा लेखिएको भन्दै उनले खण्डन गरेका छन्। साथै, आफ्नो सामाजिक सञ्जाल खाता निजी (Private) रहेको र अनुमति बिना फोटो प्रकाशन गर्नु व्यक्तिगत गोपनीयताको उल्लङ्घन भएको पनि खण्डन पत्रमा उल्लेख गरिएको छ।

बिज्ञापन

यस्ता समाचारले आफ्नो सामाजिक प्रतिष्ठा, पेशागत जीवन र मानसिक अवस्थामा गम्भीर असर परेको दाबी गर्दै आचार्यले भविष्यमा सत्य, तथ्य र आधिकारिक स्रोतको पुष्टि गरेर मात्र समाचार प्रकाशन/प्रसारण गर्न सम्बन्धित सञ्चार माध्यमलाई अनुरोध गरेका छन्। साथै, उक्त समाचारप्रति आफ्नो खण्डन प्रकाशित गर्न उनले औपचारिक माग गरेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष