लोकसेवा आयोगले सहसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले लेखापरीक्षण,न्याय सेवा,सरकारी वकिल,कानुन र न्यायका साथैं प्रशासन तर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
बिज्ञापन
आयोगका अनुसार कूल आन्त्रिक प्रतिष्प्रर्धाबाट ११ जना सहसचिव माग गरिएकोमा लिखित परीक्षामा सहभागी भएकामध्ये २६ जना मामिला प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि छनौंट भएका छन् ।
सार्वजनिक गरेको नतिजा अनुसार,आयोगले लेखापरीक्षण समूहबाट १ जना उमेद्धार माग गरेकोमा लिखित परीक्षामा सहभागी ९ मध्येबाट कुलचन्द्र भण्डारी,नीरप्रसाद सुवेदी र महेश पौडेल गरी तीन जना मामिला प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि छनौंट भएका छन् ।
यस्तै,प्रशासनतर्फ ७ जना माग गरिएकोमा लिखित परीक्षामा सहभागी भएका १९२ जनामध्येबाट खडानन्द अधिकारी, गोकुल बाँस्तोला, डिजन भट्टराई, तीर्थराज राई, पूर्णिमा उपाध्याय, मानबहादुर बम, रेशमलाल कँडेल, विजय राना, सुरेन्द्र थापा मगर र हिरालाल भण्डारीसहित १० जना मामिला प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि छनौंट भएका छन् । यी १० मध्येबाट ७ जना सहसचिव नियुक्तिका लागि सिफारिस हुनेछन् ।
यस्तै,न्याय सेवा,सरकारी वकिल समूहबाट १ जना माग भएकोमा लिखित परीक्षामा सहभागी ३१ मध्येबाट मामिला प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि कृष्णप्रसाद अधिकारी,केदार कोइराला,गंगा न्यौपाने,विना दाहाल,शारदा फुँयाल र सबिता शर्मासमेत गरी ६ जना छनौंट भएका छन् । यीमध्येबाट १ जना उमेद्धारमात्र स्थायी नियुक्तिका लागि सिफारिस हुनेछन् ।
यस्तै,नेपाल न्याय सेवा,कानुन समूहबाट १ जना माग गरिएकोमा लिखित परीक्षामा सहभागी ३४ मध्येबाट मामिला प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि केदार कोइराला,बालकृष्ण निरौला,महेन्द्र प्रसाद साँखी र शारदा फँयाल छनौंट भएका छन् । यीमध्येबाट एक जनामात्र सहसचिवमा स्थायी नियुक्तिका लागि सिफारिस हुनेछन् ।
आयोगको नतिजा अनुसार,न्याय सेवा न्याय तर्फबाट केदार कोइराला,गंगा न्यौपाने र धु्रव कोइराला गरी तीन जनाको नाम मामिला प्रस्तुतिकरण र अन्तर्वार्ताका छनौंट भएका छन् । न्याय सेवा न्याय समूहबाट एक जनामात्र माग गरिएकोमा लिखित परीक्षामा सहभागी ३६ जनामध्येबाट तीन जना छनौंट भएका हुन ।
बिज्ञापन
लोकसेवाको नतिजा अनुसार एउटै उमेद्धार केदार कोइराला न्याय सेवा,न्याय समूह,न्याय सेवा,सरकारी वकिल समूह र न्याय सेवा कानुन समूहबाट मामिला प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि छनौंट भएका छन् ।


























