सहसचिवको लिखित नतिजा सार्वजनिक,न्याय सेवाबाट ‘ह्याट्रिक हान्ने दाउमा’ केदार

लोकसेवा आयोगले सहसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले लेखापरीक्षण,न्याय सेवा,सरकारी वकिल,कानुन र न्यायका साथैं प्रशासन तर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

बिज्ञापन

आयोगका अनुसार कूल आन्त्रिक प्रतिष्प्रर्धाबाट ११ जना सहसचिव माग गरिएकोमा लिखित परीक्षामा सहभागी भएकामध्ये २६ जना मामिला प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि छनौंट भएका छन् ।

बिज्ञापन

सार्वजनिक गरेको नतिजा अनुसार,आयोगले लेखापरीक्षण समूहबाट १ जना उमेद्धार माग गरेकोमा लिखित परीक्षामा सहभागी ९ मध्येबाट कुलचन्द्र भण्डारी,नीरप्रसाद सुवेदी र महेश पौडेल गरी तीन जना मामिला प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि छनौंट भएका छन् ।
यस्तै,प्रशासनतर्फ ७ जना माग गरिएकोमा लिखित परीक्षामा सहभागी भएका १९२ जनामध्येबाट खडानन्द अधिकारी, गोकुल बाँस्तोला, डिजन भट्टराई, तीर्थराज राई, पूर्णिमा उपाध्याय, मानबहादुर बम, रेशमलाल कँडेल, विजय राना, सुरेन्द्र थापा मगर र हिरालाल भण्डारीसहित १० जना मामिला प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि छनौंट भएका छन् । यी १० मध्येबाट ७ जना सहसचिव नियुक्तिका लागि सिफारिस हुनेछन् ।
यस्तै,न्याय सेवा,सरकारी वकिल समूहबाट १ जना माग भएकोमा लिखित परीक्षामा सहभागी ३१ मध्येबाट मामिला प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि कृष्णप्रसाद अधिकारी,केदार कोइराला,गंगा न्यौपाने,विना दाहाल,शारदा फुँयाल र सबिता शर्मासमेत गरी ६ जना छनौंट भएका छन् । यीमध्येबाट १ जना उमेद्धारमात्र स्थायी नियुक्तिका लागि सिफारिस हुनेछन् ।
यस्तै,नेपाल न्याय सेवा,कानुन समूहबाट १ जना माग गरिएकोमा लिखित परीक्षामा सहभागी ३४ मध्येबाट मामिला प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि केदार कोइराला,बालकृष्ण निरौला,महेन्द्र प्रसाद साँखी र शारदा फँयाल छनौंट भएका छन् । यीमध्येबाट एक जनामात्र सहसचिवमा स्थायी नियुक्तिका लागि सिफारिस हुनेछन् ।

आयोगको नतिजा अनुसार,न्याय सेवा न्याय तर्फबाट केदार कोइराला,गंगा न्यौपाने र धु्रव कोइराला गरी तीन जनाको नाम मामिला प्रस्तुतिकरण र अन्तर्वार्ताका छनौंट भएका छन् । न्याय सेवा न्याय समूहबाट एक जनामात्र माग गरिएकोमा लिखित परीक्षामा सहभागी ३६ जनामध्येबाट तीन जना छनौंट भएका हुन ।

बिज्ञापन

लोकसेवाको नतिजा अनुसार एउटै उमेद्धार केदार कोइराला न्याय सेवा,न्याय समूह,न्याय सेवा,सरकारी वकिल समूह र न्याय सेवा कानुन समूहबाट मामिला प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि छनौंट भएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्यका दुई कर्मचारी बर्खास्त,अध्ययन बिदामा विदेश हराउनेको खोजी तिव्र

कर्मचारीहरू कोही बिदा बस्दै, केही राजीनामा दिँदै

निजामती विद्येयकमा ३०- ५५ प्रावधानबारे सांसदको प्रश्न,मन्त्रीको अस्पष्ट जबाफ

शाखा अधिकृत,सब इन्जिनियर,लेखापालसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी नियुक्ति,अख्तियारले चलायो मुद्धा

मन्त्रीका लागि भन्दै गाडी मागेर कस्ले बनायो दम्पच ?

रेग्मी अवकाशमा,निमित्त अध्यक्षको जिम्मेवारी बेलबासेको काँधमा

परिचयपत्रका कर्मचारीमाथि विभेद, निष्पक्ष छानबिनको माग

बिशेष