राजीनामा दिने तयारीमा मन्त्री घिसिङ

उर्जा,शहरी र भौतिकसहित तीन तीन वटा मन्त्रालयका जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङले राजीनामा दिने तयारी गरेका छन् ।

बिज्ञापन

सुशीला कार्की नेतृत्वको गैरदलीय सरकारमा भौतिक पूर्वाधार, शहरी विकास र ऊर्जाजस्ता तीन महत्वपूर्ण मन्त्रालय सम्हालिरहेका घिसिङ नयाँ राजनीतिक दलसँग आवद्ध भएसँगै आलोचित बन्न पुगेका थिए ।

बिज्ञापन

गैरदलीय सरकारको सदस्य भएकाले दलमा आबद्ध हुनु नैतिक रूपमा असंगत हुने भन्दै प्रधानमन्त्री सुशीला कार्कीले समेत राजीनामा दिएर मार्गप्रशष्त गर्न क्याविनेट बैठकमै कुरा उठाएकी थिइन ।

निर्वाचन गराउने स्पष्ट ‘म्यान्डेट’सहित प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको नागरिक सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्तासँग राजनीतिक दलसँग जोडिएका कारण ती मन्त्रीहरूले तत्काल राजीनामा दिन प्रधानमन्त्री कार्कीले निर्देशना दिएकी थिइन ।

बिज्ञापन

‘निर्वाचन लड्ने तयारीमा हुनुहुने साथीहरू स्वतन्त्र रूपमा निर्वाचनमा सहभागी हुन सक्नुहुन्छ, तर त्यसका लागि सरकारबाट अलग हुनुपर्छ,’ भन्दै उनले सरकारको तटस्थता जोगाउन आग्रह गरेकी थिइन्।

मन्त्री घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइसँगै भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। उनी अनौपचारिक रूपमा उज्यालो नेपाल पार्टीका संरक्षक थिए भने अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ उपाध्यक्ष बनिसकेका छन्। यस्का अलवा सुशीला सरकारमा सामेल रहेका बब्लु गुप्ता उज्यालो नेपाल र रास्वपाबीच एकता गराउने निर्णायक प्रक्रियामा  सक्रिय थिए भने मन्त्री खरेल पनि रास्वपाको पक्षमा सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्।

जेन–जी विद्रोहपछि २७ भदौमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। प्रधानमन्त्री नियुक्त भएसँगै उनले आफ्नो मन्त्रिपरिषद् पूर्ण रूपमा गैरदलीय बनाउन खोजेकी थिइन । पहिलो चरणमा नियुक्त भएका कुलमान दुई महिना कार्यकाल बाँकी रहँदै राजीनामा दिने भएका हुन ।

आगामी २१ फागुनमा हुने निर्वाचनमा घिसिङ काठमाडौं क्षेत्र नम्बर तीनबाट निर्वाचन उठ्ने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष