रास्वपा नेताले मातेर फोनमै मनपरी

कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला समितिले संगठन विभागको जिम्मेवारी पाएका रिखिराम भट्टराईलाई २४ घण्टे लिखित स्पष्टीकरण सोधेको छ।

बिज्ञापन

जिल्ला सभापति शिवकुमार सुवेदीले भट्टराईले मदिरा सेवनको अवस्थामा फोनमार्फत आफूलाई जथाभावी गालीगलौज गरेको आरोप लगाउँदै कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्। सुवेदीका अनुसार फोनवार्ताको सुरुमै भट्टराईले अपमानजनक शब्द प्रयोग गर्दै हकारेका थिए।

बिज्ञापन

सभापति सुवेदीले भट्टराईलाई सामाजिक सञ्जालमा फलोअर्स धेरै भएकै आधारमा संगठन विभागको जिम्मेवारी दिइएको दाबी गर्दै पछिल्लो समय उनका गतिविधि पार्टी संगठनको हितविपरीत रहेको बताए। पार्टी नेतृत्व—जिल्ला सभापति, उपसभापति तथा नगर सभापतिहरू—प्रति मानमर्दन हुने गरी गालीगलौज गरिएको र यसले पार्टीप्रति आस्था राख्ने कार्यकर्तालाई निराश बनाएको आरोप पत्रमा उल्लेख छ।

जिल्ला समितिले जारी गरेको पत्रमा संगठन विस्तारको जिम्मेवारी पाएको व्यक्तिले अनुशासनहीन गतिविधिमा संलग्न भई पार्टीको मर्यादा र संगठनात्मक एकतालाई क्षति पुर्‍याएको भन्दै किन कारबाही नगर्ने भन्ने विषयमा २४ घण्टाभित्र लिखित जवाफ दिन मौका प्रदान गरिएको जनाइएको छ।

बिज्ञापन

यस विषयमा रिखिराम भट्टराईको प्रतिक्रिया भने आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङ भन्सार फेरि विवादमा : दुई गाडीमा ठूलो परिमाणमा भेप रहेको स्रोतको दाबी

लोकसेवा आयोगले गर्यो परीक्षाको कार्यक्रम संशोधन

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

राष्ट्रिय किताबखानामा संगठन तथा पद दर्ताको काम तीव्र, १० मन्त्रालयका १३७ निकायको दर्ता सम्पन्न

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

फेरियो स्वास्थ्य मन्त्रालयको संगठन संरचना : ४ अतिरिक्त सचिव खारेज,अब ४ वटामात्र महाशाखा

१०० भन्दा बढी अधिकृतको सरुवाको तयारी, मन्त्री रावलमाथि ‘बेमौसमी सरुवा’मा केन्द्रित भएको आरोप

बिशेष