पाँच दर्जन प्रश्नको जबाफ दिएपछि ओलीको स्थान हद फुकुवा

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद फुकुवा गरिएको छ । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानविन गर्न गठित जाँजबुझ आयोगले पूर्वप्रधानमन्त्री ओलीमाथि लगाइएको विदेश भ्रमणमा रोक लगाउने र स्वीकृतबेगर काठमाडौँ उपत्यका छाडन नपाउने व्यवस्था हटाएको हो ।

बिज्ञापन

आज बसेको आयोगको बैठकले ओलीमाथिको स्थान हद फकुवा गर्ने निर्णय गरेको प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए । आयोगले गत असोज १२ गते ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सुरक्षा निकायका प्रमुखहरुमाथि उपत्यका छाड्न नपाउने गरी स्थान हद लगाएको थियो । यसबीचमा सबैले आयोगसमक्ष बयान दिएर स्थान हदबाट मुक्त भइसकेका छन् ।

बिज्ञापन

एमाले अध्यक्ष ओलीले भने हिजो मात्रै लिखित बयान दिएका हुन् । ६० भन्दा बढी प्रश्न बोकेर गुण्डु पुगेको आयोगको टोलीलाई ओलीले लिखित जवाफ दिएका हुन् ।यसरी पाँच दर्जन प्रश्नको जबाफ दिएसँगै एमाले अध्यक्ष ओलीमाथि लगाइएको स्थान हद फुकुवा गरेको छ,जाँचबुझ आयोगले ।

आयोगको आज बसेको बैठकले ओलीमाथि लगाइएको स्थान हद फुकुवा गरेको हो । आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले उक्त घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका काम कारबाही सम्बन्धमा सोधपुछ गर्ने काम सम्पन्न भएकाले स्थान हद फुकुवा गरिएको जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङ भन्सार फेरि विवादमा : दुई गाडीमा ठूलो परिमाणमा भेप रहेको स्रोतको दाबी

लोकसेवा आयोगले गर्यो परीक्षाको कार्यक्रम संशोधन

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

राष्ट्रिय किताबखानामा संगठन तथा पद दर्ताको काम तीव्र, १० मन्त्रालयका १३७ निकायको दर्ता सम्पन्न

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

फेरियो स्वास्थ्य मन्त्रालयको संगठन संरचना : ४ अतिरिक्त सचिव खारेज,अब ४ वटामात्र महाशाखा

१०० भन्दा बढी अधिकृतको सरुवाको तयारी, मन्त्री रावलमाथि ‘बेमौसमी सरुवा’मा केन्द्रित भएको आरोप

बिशेष