पाँच दर्जन प्रश्नको जबाफ दिएपछि ओलीको स्थान हद फुकुवा

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद फुकुवा गरिएको छ । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानविन गर्न गठित जाँजबुझ आयोगले पूर्वप्रधानमन्त्री ओलीमाथि लगाइएको विदेश भ्रमणमा रोक लगाउने र स्वीकृतबेगर काठमाडौँ उपत्यका छाडन नपाउने व्यवस्था हटाएको हो ।

बिज्ञापन

आज बसेको आयोगको बैठकले ओलीमाथिको स्थान हद फकुवा गर्ने निर्णय गरेको प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए । आयोगले गत असोज १२ गते ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सुरक्षा निकायका प्रमुखहरुमाथि उपत्यका छाड्न नपाउने गरी स्थान हद लगाएको थियो । यसबीचमा सबैले आयोगसमक्ष बयान दिएर स्थान हदबाट मुक्त भइसकेका छन् ।

बिज्ञापन

एमाले अध्यक्ष ओलीले भने हिजो मात्रै लिखित बयान दिएका हुन् । ६० भन्दा बढी प्रश्न बोकेर गुण्डु पुगेको आयोगको टोलीलाई ओलीले लिखित जवाफ दिएका हुन् ।यसरी पाँच दर्जन प्रश्नको जबाफ दिएसँगै एमाले अध्यक्ष ओलीमाथि लगाइएको स्थान हद फुकुवा गरेको छ,जाँचबुझ आयोगले ।

आयोगको आज बसेको बैठकले ओलीमाथि लगाइएको स्थान हद फुकुवा गरेको हो । आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले उक्त घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका काम कारबाही सम्बन्धमा सोधपुछ गर्ने काम सम्पन्न भएकाले स्थान हद फुकुवा गरिएको जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सात महिनापछि भ्रष्टाचार मुद्धामा कान्छा सह-सचिवलाई सफाइ

प्रधानमन्त्रीद्वारा तीन मन्त्रीलाई राजीनामा दिन आग्रह

गृहले खटायो नुवाकोट र बाग्लुङमा नयाँ सिडियो

उदयपुरको महिला सामुदायिक वनमा पाँच लाखभन्दा बढी रकम हिनामिनाको अभियोग

मालपोतका कर्मचारी सरुवामा विचौलियाको काम गर्ने विभागकै अधिकृत भएको खुलासा

रास्वपा नेताले मातेर फोनमै मनपरी

कर्मचारी सुरक्षाबिना सेवा प्रवाह सम्भव छैन : निजामती कर्मचारी संगठन

प्रशासकीय अदालतको आदेश पछि उपसचिव बढुवा सूची संशोधन

बिशेष