उपसचिवको परीक्षा स्थगित गर्ने तयारी

आगामी फागुन २१ मा घोषणा गरिएको निर्वाचनका कारण कर्मचारी सरुवामात्र होइन लोकसेवा परीक्षा समेत स्थगित हुने स्थिति बनेको छ ।

बिज्ञापन

२१ फागुनको निर्वाचनमा तीन लाख ३२ हजार सुरक्षाकर्मी परिचालन हुनेछन् । त्यस्तै, ७८ हजार सैनिक, ७० हजार नेपाल प्रहरी, ३२ हजार सशस्त्र प्रहरी र करिब दुई हजार राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटिने गृह मन्त्रालयले जनाएको छ । विगत अर्थात ७९ सालको प्रतिनिधि सभाको निर्वाचनका लागि करिब दुई लाख ४६ हजार कर्मचारी परिचालन भएका थिए । तीमध्ये करिब ९८ प्रतिशत कर्मचारी मतदान केन्द्रमा परिचालन भएका थिए । यस्का अलवा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय,आयोगको केन्द्रीय कार्यालयसहित प्रदेश र जिल्लास्थित कार्यालयमा समेत कर्मचारीहरु परिचालन हुनेछन् । निर्वाचन आयोगले भने सुरक्षाकर्मीस्हित गरी करिब ३ लाख कर्मचारीहरु परिचालन हुने । नपुग भएको स्थानमा शिक्षकहरु खटाइने जनाएको छ ।

बिज्ञापन

यसरी निर्वाचनमा खट्नुपर्ने स्थिति हुँदा उपसचिवको परीक्षा प्रभावित हुने भन्दै केही शाखा अधिकृतहरुले उपसचिवको परीक्षा स्थगित गर्ने लोकसेवा आयोगलाई पत्राचार गरेका छन् । यसरी फागुन २१ को निर्वाचनमा केन्द्रित हुनु परेका कारण आगामी माघ १० गतेदेखि २८ गतेसम्म तोकिएको उपसचिवको परीक्षा प्रभावित हुनसक्ने देखिएको छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले कर्मचारी प्रेससँग भने, ‘उपसचिव तहको परीक्षा स्थगित गर्ने बिषयमा कुराकानी भएको छ तर लोकसेवालाई पत्राचारै भइसकेको छैन ।’ यस्तै लोकसेवा आयोगका सचिव रामेश्वर दंगालले पनि ‘आगामी निर्वाचनलाई लक्षित गर्दै उपसचिव तहका सम्पूर्ण परीक्षा स्थगित गर्न भनेको कुराकानी भएको भए पनि निर्वाचन आयोगबाट पत्राचार भने भइनसकेको’ जनाएका छन् ।सचिव दंगालले भने,’उपसचिव तहको परीक्षा स्थगित गर्ने बिषयमा कुराकानी भएको छ तर पत्राचार भइसकेको छैन ।’

बिज्ञापन

निर्वाचन आयोगले आगामी माघ पहिलो सातादेखि निर्वाचन आचारसंहिता लागू गर्दै छ । आचारसंहिता लागू भएसँगै कर्मचारी सरुवा पूर्ण रुपमा स्थगित हुने छ । माघ पहिलो सातादेखि आचारसंहिता लागू हुँदा कर्मचारी निर्वाचनमा खट्नुपर्ने भएकाले माघमा हुने उपसचिव (अप्राविधिक तथा प्राविधिक) तहको परीक्षा स्थगित हुने सम्भवना प्रवल रहेको स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मन्त्रीको लावालस्कर, कर्मचारीलाई सास्ती : ८५ जनाको नास्ता, ७० जनाको डिनर, २०० जनाको खानाको बिल कसले तिर्छ?

चार अधिकृत र एक सहसचिवलाई सरकारी सेवाबाटै बर्खास्तीको तयारी

मन्त्रीको २२ सल्लाहकार भर्तीको प्रस्ताव,मुख्यसचिवद्धारा होल्ड

चार लाख धरौटी बुझाएर छुटे निलम्बित सचिव

समाचार प्रकाशनपछि भन्सारमा एक्सन : मुस्ताङबाट छुटेका दुई गाडी नियन्त्रणमा, १४ लाख रुपैयाँ जरिवाना

लोकसेवा गुरु झनै शक्तिशाली

कार्यालय प्रमुख र सवारी चालकविरुद्ध भ्रष्टाचार मुद्धा दायर

पिरामिड शैलीको दरबन्दी संरचना नहुँदा मारमा कर्मचारी,मुख्यसचिवलाई बुझाए ज्ञापन

बिशेष