कम्युनिष्ट नेताहरुको चिन्ता : ‘नेपाललाई युक्रेन बनाउने षडयन्त्र हुँदैछ’

कम्युनिष्टका नेताहरुले नेपाललाई युद्धग्रस्त मुलुक युक्रेन बनाउने खेलोमेलो भइरहको भन्दै चिन्ता प्रकट गरेका छन् । यसरी चिन्ता प्रकट गर्ने नेताहरुमा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी नेता झलनाथ खनाल,एमाले महासचिव शंकर पोखरेल र राजमोका अध्यक्ष चित्रबहादुर केसी लगायत रहेका छन् ।

बिज्ञापन

अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा जारी शुभकामना सन्देश जारी गर्दै खनालले नेपाललाई अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देशभित्रका उनीहरूका दलालहरू अस्थिरता, हिंसा र विध्वंसतर्फ धकेल्न सक्रिय रहेको, विदेशी पैसा र प्रलोभनका आधारमा सबै राजनीतिक दल र नेताविरुद्ध दुष्प्रचार गर्दै नेपाली समाजलाई परिवर्तनको मार्गबाट विचलित गराउने प्रयास भइरहेको दावी गरेका छन् उनले अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देश भित्रका उनीहरूका दलालहरू नेपाललाई “युक्रेन” बनाउन योजनाबद्ध ढंगले लागेको आरोप लगाएका छन् ।

बिज्ञापन

यस्तै,नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई युक्रेनको हालत लैजाने षडयन्त्र भइरहेको टिप्पणी गरेका छन् । उनले भदौ २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण रहेको र अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि शुरू भएको पोखरेलको टिप्पणी छ । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच आइतबार बिहान भएको ७ बुँदे सहमतिलाई लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उता,राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेका चित्रबहादुर केसीले पछिल्ला घटनाक्रममार्फत मुलुक युक्रेनको बाटोमा हिडेको टिप्पणी गरेका छन् । उनले भने,’नेपाल अँध्यारो कुनातिर लाग्यो । केपी ओली र प्रचण्डले शुरुमा एमसिसी स्वीकार गर्न हिच्किचाएका थिए । त्यही कारण नेकपालाई भत्काएर सत्तामा शेरबहादुर देउवालाई ल्याइएको हो ! सत्तामा प्रचण्ड, ओली सामेल भए । अब ओली प्रचण्ड र देउवामाथि अमेरिकाले पूरै भर गरेन । त्यही कारण बालेन र रविलाई राज्यसत्तामा ल्याउनका लागि लागिपरेका हुन् । नेपालका नेताहरूलाई पहिला एमसिसीको भारी बोकाइयो । आफ्नो उद्देश्य पूरा गर्नका लागि, युद्धग्रस्त मुलुक बनाउन ऊ आज्ञाकारी शक्तिको खोजीमा थियो । अहिले त्यही षड्यन्त्र पूरा हुँदै गएको स्थिति छ’,उनले पछिल्लो राजनीतिक घटनाक्रमबारे टिप्पणी गर्दै भने ।

बिज्ञापन

‘पुराना राजनीतिक दलहरूकै कारण साम्राज्यवादीहरूलाई चलखेल गर्न सजिलो भएको हो ! यदि पुराना दलले भ्रष्टाचार नगरेर सुशासन दिन सकेको भए, मुलुकमा औद्योगिकरण गर्न सकेका भए यस्तो स्थिति हुन्नथ्यो । जेलेन्स्कीलाई सत्तामा ल्याएर आज युक्रेनलाई ध्वस्त पारेजस्तै युथ काउन्सिलको नाममा तालिम दिएर होस् वा डिभी खोलेर भक्त बनाइँदैछ, युवा र नागरिकलाई ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङ भन्सार फेरि विवादमा : दुई गाडीमा ठूलो परिमाणमा भेप रहेको स्रोतको दाबी

लोकसेवा आयोगले गर्यो परीक्षाको कार्यक्रम संशोधन

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

राष्ट्रिय किताबखानामा संगठन तथा पद दर्ताको काम तीव्र, १० मन्त्रालयका १३७ निकायको दर्ता सम्पन्न

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

फेरियो स्वास्थ्य मन्त्रालयको संगठन संरचना : ४ अतिरिक्त सचिव खारेज,अब ४ वटामात्र महाशाखा

१०० भन्दा बढी अधिकृतको सरुवाको तयारी, मन्त्री रावलमाथि ‘बेमौसमी सरुवा’मा केन्द्रित भएको आरोप

बिशेष