कम्युनिष्ट नेताहरुको चिन्ता : ‘नेपाललाई युक्रेन बनाउने षडयन्त्र हुँदैछ’

कम्युनिष्टका नेताहरुले नेपाललाई युद्धग्रस्त मुलुक युक्रेन बनाउने खेलोमेलो भइरहको भन्दै चिन्ता प्रकट गरेका छन् । यसरी चिन्ता प्रकट गर्ने नेताहरुमा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी नेता झलनाथ खनाल,एमाले महासचिव शंकर पोखरेल र राजमोका अध्यक्ष चित्रबहादुर केसी लगायत रहेका छन् ।

बिज्ञापन

अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा जारी शुभकामना सन्देश जारी गर्दै खनालले नेपाललाई अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देशभित्रका उनीहरूका दलालहरू अस्थिरता, हिंसा र विध्वंसतर्फ धकेल्न सक्रिय रहेको, विदेशी पैसा र प्रलोभनका आधारमा सबै राजनीतिक दल र नेताविरुद्ध दुष्प्रचार गर्दै नेपाली समाजलाई परिवर्तनको मार्गबाट विचलित गराउने प्रयास भइरहेको दावी गरेका छन् उनले अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देश भित्रका उनीहरूका दलालहरू नेपाललाई “युक्रेन” बनाउन योजनाबद्ध ढंगले लागेको आरोप लगाएका छन् ।

बिज्ञापन

यस्तै,नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई युक्रेनको हालत लैजाने षडयन्त्र भइरहेको टिप्पणी गरेका छन् । उनले भदौ २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण रहेको र अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि शुरू भएको पोखरेलको टिप्पणी छ । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच आइतबार बिहान भएको ७ बुँदे सहमतिलाई लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उता,राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेका चित्रबहादुर केसीले पछिल्ला घटनाक्रममार्फत मुलुक युक्रेनको बाटोमा हिडेको टिप्पणी गरेका छन् । उनले भने,’नेपाल अँध्यारो कुनातिर लाग्यो । केपी ओली र प्रचण्डले शुरुमा एमसिसी स्वीकार गर्न हिच्किचाएका थिए । त्यही कारण नेकपालाई भत्काएर सत्तामा शेरबहादुर देउवालाई ल्याइएको हो ! सत्तामा प्रचण्ड, ओली सामेल भए । अब ओली प्रचण्ड र देउवामाथि अमेरिकाले पूरै भर गरेन । त्यही कारण बालेन र रविलाई राज्यसत्तामा ल्याउनका लागि लागिपरेका हुन् । नेपालका नेताहरूलाई पहिला एमसिसीको भारी बोकाइयो । आफ्नो उद्देश्य पूरा गर्नका लागि, युद्धग्रस्त मुलुक बनाउन ऊ आज्ञाकारी शक्तिको खोजीमा थियो । अहिले त्यही षड्यन्त्र पूरा हुँदै गएको स्थिति छ’,उनले पछिल्लो राजनीतिक घटनाक्रमबारे टिप्पणी गर्दै भने ।

बिज्ञापन

‘पुराना राजनीतिक दलहरूकै कारण साम्राज्यवादीहरूलाई चलखेल गर्न सजिलो भएको हो ! यदि पुराना दलले भ्रष्टाचार नगरेर सुशासन दिन सकेको भए, मुलुकमा औद्योगिकरण गर्न सकेका भए यस्तो स्थिति हुन्नथ्यो । जेलेन्स्कीलाई सत्तामा ल्याएर आज युक्रेनलाई ध्वस्त पारेजस्तै युथ काउन्सिलको नाममा तालिम दिएर होस् वा डिभी खोलेर भक्त बनाइँदैछ, युवा र नागरिकलाई ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एउटै मेसिन खरिदमा २० करोड घोटला,के हेर्दैछ मन्त्रालय र अख्तियार ?

कम्युनिष्ट नेताहरुको चिन्ता : ‘नेपाललाई युक्रेन बनाउने षडयन्त्र हुँदैछ’

स्थानीय तहबाट संघीय संसदमा उक्लने तयारीमा तीन ‘चर्चित मेयर’

सरकारी संयन्त्रकै अडिट निकायमा घुसको सञ्जाल : सरकारी कर्मचारीबाटै महालेखा र कोलेनिकालाई दिन्छन घुस

अदालतबाट हाजिरी जमानीमा छुटेलगतै सिइओ बैंकमा हाजिर,प्रमाण नष्ट हुने संकेत

जेनजी अगुवा किरण-ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

साल्ट ट्रेडिङमा उर्मिलाको मनपरीतन्त्र,अनियमितताको आरोपसहित मन्त्रालयमा उजुरी

विद्युत प्राधिकरणले माग्यो अधिकृतदेखि सहायकस्तरका २६० कर्मचारी

बिशेष