स्थानीय तहबाट संघीय संसदमा उक्लने तयारीमा तीन ‘चर्चित मेयर’

आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर रेणु दाहाल उमेद्धार बन्ने भएकी छिन् । स्थानीय तहका पालिकाहरूमा अध्यक्ष र मेयर भएका दलका र स्वतन्त्र भनिएकाहरु नै संघीय निर्वाचनमा होमिने तयारीमा लागेका छन् ।

बिज्ञापन

सबैभन्दा बढी चर्चामा रहेका छन् काठमाडौंका मेयर बालेन साह । उनी बहालवाला काठमाडौंका मेयर हुन् । उनी प्रधानमन्त्री हुनका लागि नै प्रतिनिधिसभामा कुनै एक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिनेछन् । उनलाई रास्वपाले प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेको छ । यस कारण उनी मेयरबाट राजीनामा दिनुपर्ने हुन्छ ।

बिज्ञापन

यस्तै प्रतिनिधि सभा उमेद्धारका रुपमा सिफारिस हुनेमा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल पनि छन् । उनी एक कार्यकाल पूरा गरेर यो दोस्रो कार्यकाल हो । उनी पनि चितवन– ३ बाट प्रतिनिधिसभाका लागि सिफारिस भएकी छन् । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले संसदीय निर्वाचनमा उठ्न मेयर पदबाट राजीनामा दिने बताएकी जनाएकी छिन् । उनले आफू भरतपुर महानगरमा आफू केही दिनको पाहुना भएको बताउँदै अब माघको पहिलो हप्ता राजीनामा दिने बताएकी हुन् । दाहाल नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी पुत्री हुन । उनी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चितवनबाट सिफारिस भएकी छन् । स्थानीय सरकारको प्रमुख भएर तीन वर्ष पुग्नै लाग्दा दाहालले प्रतिनिधिसभाका लागि तयारी गरेकी छन् ।

हर्क साम्पाङ पनि धरान उपमहानगरपालिकाका मेयर हुन् । उनले श्रम संस्कृति पार्टी खोलेका छन् । उनी पनि मेयरबाट राजीनामा दिएर प्रतिनिधिसभाको उम्मेदवारी दिने तयारीमा छन् । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टीबाट, भरतपुर महानगरकी मेयर रेनु दाहाल नेकपाबाट र धरानका मेयर हर्क साम्पाङ श्रम संस्कृति पार्टीबाट सांसद बन्ने तयारीमा छन् ।

बिज्ञापन

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल अझै १६ महिना बाँकी छ । तर, देशका सर्वाधिक चर्चित’ मेयरहरु कार्यकाल पूरा गर्ने धैर्यता नदेखाइ संसदीय चुनावतिर मोडिएका छन् । यी तीनै जनाले माघको पहिलो साता राजीनामा दिएर प्रतिनिधि सभाको निर्वाचनमा होमिने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एउटै मेसिन खरिदमा २० करोड घोटला,के हेर्दैछ मन्त्रालय र अख्तियार ?

कम्युनिष्ट नेताहरुको चिन्ता : ‘नेपाललाई युक्रेन बनाउने षडयन्त्र हुँदैछ’

स्थानीय तहबाट संघीय संसदमा उक्लने तयारीमा तीन ‘चर्चित मेयर’

सरकारी संयन्त्रकै अडिट निकायमा घुसको सञ्जाल : सरकारी कर्मचारीबाटै महालेखा र कोलेनिकालाई दिन्छन घुस

अदालतबाट हाजिरी जमानीमा छुटेलगतै सिइओ बैंकमा हाजिर,प्रमाण नष्ट हुने संकेत

जेनजी अगुवा किरण-ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

साल्ट ट्रेडिङमा उर्मिलाको मनपरीतन्त्र,अनियमितताको आरोपसहित मन्त्रालयमा उजुरी

विद्युत प्राधिकरणले माग्यो अधिकृतदेखि सहायकस्तरका २६० कर्मचारी

बिशेष