रास्वपाबाट समानुपातिक सूचीमा चन्द्र ढकालका छोरादेखि विदुषी राणासम्म

पूराना दलहरुले समानुपातिक सांसद बनाउँदा उद्योगी व्यापारीहरुलाई क्रय विक्रय गरे । आफ्ना सम्धी,ससुरा,ज्वाई नातागोतालाई प्रश्रय दिएको भन्दै यो प्रणालीप्रति आलोचित भइरहँदा नयाँ भनिएको दल रास्वपाले समेत समानुपातिक सूचीमा व्यवसायीहरुलाई प्रश्रय दिएको पाइएको छ । रास्वपाले हिजो बुझाएको समानुपातिक सूचीको सबैभन्दा माथि चन्द्र ढकालका छोरा र गोल्ड स्टार जुत्ताको प्रवन्ध निर्देशकलाई राखेसँगै आलोचना शुरु भएको छ ।

बिज्ञापन

पूराना दलहरुले हिजो समानुपातिक कोटा नै विक्री गरेर विनोद चौधरी,राजेन्द्र खेतान,उमेशकुमार श्रेष्ठदेखि राज्यलक्ष्मी गोल्छालाई सांसद बनाएकै शैलीमा रास्वपाले समेत ठूला घरानियाका सन्तानहरुलाई समानुपातिक कोटाको सबैभन्दा माथिल्लो सूचीमा राखेका छन् ।

बिज्ञापन

यस अघि सो दलबाट राज्यलक्ष्मी गोल्छाको नाम सार्वजनिक भएको थियो । समानुपातिकतर्फको उम्मेदवारका लागि रास्वपाले खुला आह्वान गरेकोमा गोल्छाले पनि निवेदन दिएकी थिइन् । उनले विगतमा राजनीतिक दल र तिनका नेतालाई आर्थिक सहयोग गरेको विषय सार्वजनिक भएपछि उनी विवादमा तानिइन् । यसअघि एमालेलाई करोडौं बुझाएर समानुपातिक सांसद बनेको आरोप लागेकी गोल्छाले रास्वपालाई पनि मोटो रकम बुझाएर सांसद बन्न लागेको आशंका गरिएको थियो तर चौतर्फी विरोध भएपछि पूरानो व्यवसायिक घराना गोल्छा अर्गनाइजेसनकी सञ्चालक गोल्छा आउट भएकी थिइन ।

गोल्छा आउट भए पनि रास्वपाले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकालको नाम समानुपातिका सूचीमा राखेको छ । बालेन शाह र कुलमान घिसिङको पार्टी उज्यालो नेपालसँगको सहमति अनुसार रास्वपाले प्रतिनिधिसभा निर्वाचनका लागि ११० जनाको समानुपातिक उम्मेदवारको सूचीमा निर्वाचन आयोगमा बुझाउँदा ढकालको नाम समावेश भएको भेटिएको छ । चितवनबाट उनको प्रतिनिधित्व हुने गरि ढकालको पुत्र सचिनलाई समानुपातिक सुचीमा राखिएको छ । ढकाल पुरूषतर्फ दोस्रो स्थानमा छन् ।

बिज्ञापन

यस्तै गोल्डस्टारको कार्यकारी निर्देशक विदुषी राणालाई महिलातर्फको सूचीमा दोस्रो स्थानमा छन् । यो उद्योग नुरप्रताप राणाले सुरु गरेका हुन् । नुरप्रतापले सुरु गरेको उद्योगलाई पछि छोरा आमिरले अगाडि बढाए । आमिर हाल कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशक छन्  भने विदुषी कार्यकारी निर्देशक छिन् ।

समानुपातिक सूचीमा उपसभापति कुलमान घिसिङका भाञ्जा पनि परेका छन् । डा राम लामाको नाम समानुपातिकतर्फ आदिवासी जनजाति कोटाबाट पहिलो नम्बरमै उनको नाम राखिएको छ । डा राम लामा र घिसिङ सम्बन्धले मामा भाञ्जा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्वकीय सचिवको सुविधा निरन्तरता दिन सामान्यको परिपत्र

रास्वपाबाट समानुपातिक सूचीमा चन्द्र ढकालका छोरादेखि विदुषी राणासम्म

उद्योग विभागका महानिर्देशक परिवर्तन

तीन महिनामै गृहसचिवको सरुवा, कारण ‘सूचना चुहावट’?

थप तीन उपसचिव सहसचिव बढुवा सिफारिस

कुलमान अब रास्वपाको उपसभापति

यी हुन जिल्ला न्यायधीशमा सिफारिस भएका २० उमेद्धार

सरकारको सञ्चित कोष १ खर्ब ८ अर्बले घाटामा

बिशेष