सर्वपक्षीय सरकार माग्दै मिराज ढुङ्गाना समूहको प्रदर्शन,पक्राउ परे आधा दर्जन जेनजी

माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन जी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले भुसालसहित दर्जन बढी युवालाई नियन्त्रणमा लिइएको छ ।

बिज्ञापन

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा, सर्वपक्षीय सरकार गठनलगायतका माग राख्दै मिराज ढुंगाना, रविकिरण हमालसहितका जेन जी ‘संयुक्त आन्दोलन’ भन्दै माइतीघरमा प्रदर्शनमा उत्रिएका थिए ।

बिज्ञापन

जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘जेनजी’ समूहलाई विरोध प्रदर्शनका निम्ति अनुमति नलिइ उनीहरु प्रदर्शनमा उत्रिए पछि प्रहरीले नियन्त्रणमा लिएको हो । यस अघि आन्दोलनको घोषणा गर्दै अनुमतिका निम्ति प्रशासनमा पुगेको थियो । तर जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई प्रदर्शनका लागि अनुमति दिएको थिएन ।

प्रशासनले अनुमति नदिए पनि सर्वपक्षीय सरकारको माग राखेर जेन–जीको मिराज ढुङ्गाना समूह काठमाडौंको माइतीघर मण्डलामा आन्दोलित भएको छ । जस्को नेतृत्वकर्ता मिराज भने सडकमा सुतेर प्रदर्शनमा उत्रिएका थिए । प्रहरीले जेनजी अगुवा मिराज ढुंगाना, रविकिरण हमाल, अजय सोडारी, निकोलस भुसाललगायत पक्राउ गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चुनावका लागि निर्वाचन आयोगले पायो ६ अर्ब ७३ करोड रूपैयाँ

जंगी अड्डा भन्छ : सेनासँग कुनै राजनीतिक एजेण्डा छैन

सर्वपक्षीय सरकार माग्दै मिराज ढुङ्गाना समूहको प्रदर्शन,पक्राउ परे आधा दर्जन जेनजी

‘लाचार’ मुख्य सचिव, पेन्डुलम सहसचिव

२८ शाखा अधिकृतको सरुवा : १६ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

१५ उपसचिवको सरुवा : २ अख्तियार पुग्दा सामान्यको बरण्डाबाट तीनलाई निकालियो

शाखा अधिकृत,लेखापाल,सब इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा

४.४ प्रतिशत कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण, ३ हजार २३० जनालाई १० हजार जरिवाना तयारी

बिशेष