ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

पदाधिकारी छनौंटका बिषयमा ओली गुटमा व्यापक असन्तृष्टि चुलिएको छ । केपी शर्मा ओलीले महासचिवमा आफूझैं शंकर पोखरेललाई नै दोह्रोर्याउन खोजेसँगै प्रदीप ज्ञवाली विच्किएर हिडेका छन् ।

बिज्ञापन

ओली प्यानलबाट १९ जना पदाधिकारीको नाम सार्वजनिक भइसकेको छ । जसअनुसार अध्यक्षमा केपी ओली,। उपाध्यक्षमा विष्णुप्रसाद पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल, पृथ्वी सुब्बा गुरुङ र प्रदीप ज्ञवाली उम्मेदवार बनाइएको छ भने महासचिवमा आकक्षा राखेका प्रदीप ज्ञवालीलाई उपाध्यक्षमा उकालेर शंकर पोखरेल नै उम्मेदवार बनाइएको छ । यस्तै ​उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र लेखराज भट्ट उमेद्धार टुंग्याइएको छ । सचिवमा छविलाल विश्वकर्मा, पद्‌मा अर्याल, भानुभक्त ढकाल, खगराज अधिकारी, शेरधन राई, यामलाल कँडेल, हिक्मत कार्की, महेश बस्नेत र राजन भट्टराई उम्मेदवार बन्ने तय भएको छ ।

बिज्ञापन

यसरी पदाधिकारीको सूची सार्वजनिक भएसँगै यस अघि नै लेखराज भट्टले असन्तृष्टि जनाएका थिए । हाल सचिवको भूमिकामा रहेका लेखराज भट्टले फेरि सचिव पदमा लड्न अस्वीकार गरेसँगै उनलाई उपमहासचिवमा उकालिँदा भानुभक्तलाई सचिवमा थमौती गरिने भएको छ । उनलाई यस अघि उपमहासचिको उमेद्धार बनाइएकोमा पुन सचिवमै राखिएको हो ।

यस्तै,महासचिवमा आकक्षा राखेका अहिलेका उपमहासचिव प्रदीप ज्ञवालीलाई उपाध्यक्षको उमेद्धार बनाइएसँगै उनले उक्त पदमा नलड्ने बताएका छन् । हाल उपमहासचिव रहेका ज्ञवालीले सो पदभन्दा तल पनि नलड्ने र महासचिवभन्दा माथिल्लो पदमा पनि नलड्ने बताएका थिए तर महासचिवमा शंकर पोखरेललाई व्यवस्थापन गर्नुपर्ने भएका कारण प्रदीपलाई उपाध्यक्षमा उकालिएको थियो । सो सूचीप्रति असन्तृष्टि जनाउँदै भृकुटीमण्डपस्थित महाधिवेशनस्थल छाडेर उनी निवासतिर हिडेका छन् । उनी केन्द्रीय सदस्यको मात्र उमेद्धार बन्ने जानकारी दिँदै महाधिवेशन स्थलबाट हिडेका छन् ।

बिज्ञापन

यता अहिले प्रचार प्रसार विभाग हेरिरहेका राजेन्द्र गौतमको नाम पदाधिकारीको सूचीमा नपरेपछि उनले उपमहासचिवमा लड्ने बताएका छन् । गौतमले अब स्वतन्त्र उमेद्धारी दिने निर्णय गरेका छन् । आफ्नो उमेद्धारी फिर्ता नहुने उनले जनाएका छन् ।अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा केन्द्रीय सदस्यमा मात्रै परेपछि उनले त्यसमा असन्तुष्टि जनाएका हुन्। उनी सचिव पदका दाबेदार थिए।

यस्तै ओलीका निकट रहेर काम गरिरहेका अग्नि खरेललाई समेत पदाधिकारीमा नसमेटिएको भन्दै असन्तृष्टि जनाएका छन । ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेर सघाएका खरेलको नाम केन्द्रीय सदस्यको लिस्टमा राखिएको छ । उक्त सूचीप्रति उनले असन्तृष्टि जनाएका छन् । खरेलले आफू केन्द्रीय सदस्यमा नलड्ने घोषणा गरेका छन् । उनले आफू सचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने बताएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

ओली र पोखरेल प्यानलका यी हुन पदाधिकारीका उमेद्धार

प्रधानमन्त्री मातहतको सतर्कता केन्द्र ‘भुते’ बन्दा पशु सेवा विभागमा कीर्ते, गैरहाजिरी र संरक्षणको खेल

बिशेष