पूरानै घर फर्किएको नेतृ रामकुमारी झाक्रीलाई केपी शर्मा ओली प्यानलबाट केन्द्रीय समिति सदस्यको उमेद्धार बनाइएको छ । केपी ओली समूहबाट तयार भएको महिलातर्फ ५२ जनाको सूची तयार हुँदा झाक्रीलाई केन्द्रीय सदस्यको उमेद्धार बनाइएको हो । झाक्रीको नाम सूचीको ३९ औं नम्बरको रहेको छ । पूरानै घर फर्किएकी झाक्रीलाई एमालेको पदाधिकारीमा समेटिने अपेक्षा गरिएको थियो तर उनी केन्द्रीय कमिटिको उमेद्धारमा सीमित भएकी हुन । उनी एमालेमा ओलीको साथ पाएर सचिव बन्न सक्ने चर्चा चलेको थियो । तर, उनी कन्द्रीय सदस्यको प्रतिस्पर्धामा मात्रै सीमित हुन पुगेकी छन् ।
बिज्ञापन
उक्त सूचीमा एलिजा गौतम, भगवती चौधरी, बालिका गिरी, प्रभा कोइराला, सरिता भुसाल, निरुदेवी पाल, सिता सिग्देललगायत रहेका छन् । एमालेको केन्द्रीय कमिटी चयनका लागि मंगलबार निर्वाचन हुँदैछ ।
यस अघि एकीकृत समाजवादीमा रहेकी झाक्री उक्त पार्टीको सचिव थिइन । पछि महाधिवेशनमा उपाध्यक्षमा प्रतिस्पर्धा गरेकी उनी जयन्ती राईसँग पराजित भएकी थिइन् । माधव कुमार नेपालले पार्टी प्रचण्ड नेतृत्वको माओवादीमा विलय गराएसँगै उनी र किसान श्रेष्ठ पूरानै घर फर्किएका थिए ।
























