एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

पूरानै घर फर्किएको नेतृ रामकुमारी झाक्रीलाई केपी शर्मा ओली प्यानलबाट केन्द्रीय समिति सदस्यको उमेद्धार बनाइएको छ । केपी ओली समूहबाट तयार भएको महिलातर्फ ५२ जनाको सूची तयार हुँदा झाक्रीलाई केन्द्रीय सदस्यको उमेद्धार बनाइएको हो । झाक्रीको नाम सूचीको ३९ औं नम्बरको रहेको छ । पूरानै घर फर्किएकी झाक्रीलाई एमालेको पदाधिकारीमा समेटिने अपेक्षा गरिएको थियो तर उनी केन्द्रीय कमिटिको उमेद्धारमा सीमित भएकी हुन । उनी एमालेमा ओलीको साथ पाएर सचिव बन्न सक्ने चर्चा चलेको थियो । तर, उनी कन्द्रीय सदस्यको प्रतिस्पर्धामा मात्रै सीमित हुन पुगेकी छन् ।

बिज्ञापन

उक्त सूचीमा एलिजा गौतम, भगवती चौधरी, बालिका गिरी, प्रभा कोइराला, सरिता भुसाल, निरुदेवी पाल, सिता सिग्देललगायत रहेका छन् । एमालेको केन्द्रीय कमिटी चयनका लागि मंगलबार निर्वाचन हुँदैछ ।
यस अघि एकीकृत समाजवादीमा रहेकी झाक्री उक्त पार्टीको सचिव थिइन ।  पछि महाधिवेशनमा उपाध्यक्षमा प्रतिस्पर्धा गरेकी उनी जयन्ती राईसँग पराजित भएकी थिइन् । माधव कुमार नेपालले पार्टी प्रचण्ड नेतृत्वको माओवादीमा विलय गराएसँगै उनी र किसान श्रेष्ठ पूरानै घर फर्किएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

निर्वाचनमा खटिएका २ लाख २१ हजार कर्मचारीलाई शतप्रतिशत सुविधा, २० लाखसम्म बिमा

ड्युटीमा खटिएका कर्मचारीको निधन

सिंहदरबार,सर्वाेच्च अदालत जलाउने १३ विरुद्ध मुद्धा दर्ता,अर्बाैको विगो

कर्तव्यको मैदानमै अस्ताए आधा दर्जन राष्ट्रसेवक

यी ६ प्रकारका सरकारी कागजात देखाएर गर्न पाइन्छ मतदान

निर्वाचन आचारसंहिता, मौन अवधि र लोकतान्त्रिक उत्तरदायित्व

उम्मेदवारी खारेजपछि घण्टी चिह्नमा खसेका सबै मत गणना नहुने

बिशेष