ओली र पोखरेल प्यानलका यी हुन पदाधिकारीका उमेद्धार

नेकपा एमालेका ११औँ महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल पक्ष प्यानलै बनाएर महाधिवेशनमा होमिएको छ ।

बिज्ञापन

संस्थापन पक्षबाट ओली अध्यक्षमा तेहेरिने प्रयास गरिरहेका छन् भने उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीको नाम टुंगो लागेको हो । त्यस्तै, महासचिव शंकर पोखरेलको नाम टुंगो लागेको छ । त्यस्तै, उप–महासचिवमा रघुवीर महासेठ, भानुभक्त ढकाल र विष्णु रिमालको नाम टुंगिएको हो । यस अघि लेखराज भट्टलाई सचिवमा दोहोर्याउन खोजिएको थियो तर उनले उक्त पदमा लड्न अस्वीकार गरेका कारण भानुभक्तलाई सचिवमा झारेर भट्टले उपमहासचिवमा बढुवा गरिएको छ ।

बिज्ञापन

ओली खेमाबाट सचिवमा लेखराज भट्ट, पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी यामलाल कँडेल, शेरधन राई, हिक्मतकुमार कार्की, महेश बस्नेत र राजन भट्टराईको नाम टुंगो लागेको छ ।

संस्थापन पक्षविरुद्ध वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा दाबी गर्दै प्यानल नै खडा गरेका छन् । पोखरेल टिमबाट उपाध्यक्षमा गोकर्ण बिष्ट, परशु मेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपालको नाम टुङ्गिएको छ भने एक पद बाँकी छ । त्यस्तै, महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुङ्ग्याइएको छ । उपमहासचिवमा योगेश भट्टराईको नाम तय भएको छ भने दुई उपमहासचिवको टुंगो लाग्न बाँकी छ ।

बिज्ञापन

सचिवमा भने कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, गोकुल बाँस्कोटा, विनोद ढकाल, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र रचना खड्काको नाम फाइनल गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

प्रमुख प्रशासकीय रंगेहात पक्राउ

कर्मचारी ट्रेड युनियनका अधिकांश नेताहरुको गृहमा सरुवा,अम्बादत्तलाई नापी

खरिदारदेखि उपसचिव तहका ७५ कर्मचारीको सरुवा

कार्यालय सहयोगीको तलब ३५ हजार,मुख्य सचिवको १ लाख २१ लाख हजार कायम गर्न प्रस्ताव

निजामती ट्रेड युनियनमाथि प्रतिवन्ध, कर्मचारीको एनजीओलाई मान्यता

बिशेष