अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोकर्णेश्वर नगरपालिकाका तत्कालीन मेयर तथा कांग्रेस नेता एवं निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ । आइतबार उनीविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ४ सय ६१ रुपैयाँ गैरकानुनी रूपमा कमाएको आरोपमा मुद्धा दायर गरेको हो ।
बिज्ञापन
आयोगले सो बराबरको बिगो कायम गरी बिगोबमोजिम जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत र कैद सजाय मागसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले चालिसे पत्नी मन्दिरा,छोराहरू सागर र सन्दीपका साथै बुहारी प्रमिला पोखरेललाई प्रतिवादी बनाएर मुद्धा दायर गरेको हो ।
बिज्ञापन
चालिसे २०७४ सालमा गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा विजयी भएका थिए । प्रमुख हुँदा उनले गैरकानुनी सम्पत्ति आर्जन गरेको आयोगको आरोप छ । उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ’३ बाट कांग्रेसबाट निर्वाचित भएका थिए । उनी प्रतिनिधिसभाको अर्थ समितिको सभापति पनि बनेका थिए ।


























