पुर्पक्षका लागि कारागार चलान भए क्यानका महानिर्देशक प्रदीप अधिकारी

नलिनचोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि कारागार चलान भएका छन्।

बिज्ञापन

विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश दिएको हो । साथै तत्कालीन निर्देशक मुरारी भण्डारीलाई ५ लाख धरौटी माग्ने आदेश भएको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

बिज्ञापन

हेलिपोर्ट निर्माणमा साढे १३ करोड भ्रष्टाचार गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार अधिकारीसहित सातजनाविरुद्ध मुद्दा दायर गरेको थियो । उनीहरूविरुद्ध हेलिपोर्ट निर्माण गर्दा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँबराबरको सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको कसुर रहेको थियो ।

अख्तियारले अधिकारीसहित ६ जना र परामर्शदाता कम्पनीलाई समेत प्रतिवादी कायम गरेर बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संसद्को बजेट अधिवेशन अन्त्यको तयारी,के हुन्छ संघीय निजामती सेवा विधेयक ?

सिँचाईको सीडीईहरुको सरुवाको गृहकार्य

थप दुई सहसचिवले दिए राजीनामा

सहायक चौथौंदेखि नवौं तहसम्मका ८० कर्मचारीको अन्तर स्थानीय तह सरुवा

मन्त्री नै कानुन आयोगको अध्यक्ष हुने गरी ऐन संशोधन,आज पेश हुँदैछ विधेयक

सशस्त्रमा खुल्यो ६६६ जनाका लागि भर्ना

सिंहदरबारभित्रैका उच्च सरकारी अधिकृत हनिट्यापमा,महिला कारागारमा

प्रदेशका कर्मचारीको तलबमान अब संघ सरह,करारका प्रोत्साहन भत्ताका लागि कार्यदल

बिशेष