उर्जा मन्त्री र पूर्व सचिवको दुख : दल दर्ताका लागि जुटाउन सकेनन पाँच सयको समर्थन

पूराना दलबाट ‘तार’ लागेन भन्दै नयाँ र वैकल्पिक शक्ति निर्माण गर्न तम्सिएकाहरुको दुख चाहिँ कस्तो भने मुलुकैभरका ७७ जिल्लाबाट समेत पाँच सय व्यक्तिको समर्थन अर्थात सनाखत जुटाउन धौ धौं परिरहेको छ । यसरी पाँच सय व्यक्तिको समर्थन जुटाउन नसक्नेका उर्जा मन्त्रीदेखि पूर्व सचिवको पार्टी समेत रहेको छ ।

बिज्ञापन

गत २५ कार्तिकमा उर्जामन्त्री कुलमान घिसिङको दल उज्यालो नेपाल दर्ता भयो । तर साता दिन बित्दा समेत सो दलले पाँच सय जनाको सनाखत पुर्याउन सकेको छैन ।

बिज्ञापन

पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायलाई अगाडि लगाएर कुलमानको पार्टीमा ५१ जना केन्द्रीय सदस्यसहित पार्टी दर्ताका लागि निवेदन दिएको भए पनि सो दलले अझैं कानुनी मान्यता पाउन सकेको छैन ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को परिच्छेद २ को यस्तो व्यवस्था गरिएको छ । सो परिच्छेदको दफा ५ मा दल दर्ता सम्बन्धी व्यवस्था छ । जसमा दलको विधान, घोषणापत्र, झण्डा, चिह्नको नमुना, कम्तीमा पाँच सय जना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धता पत्र र उनीहरुको नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपि सहितको हस्ताक्षर, प्रतिबद्धता जनाउने व्यक्तिले अर्को दलको सदस्य नभएको भनी गरेको उद्घोषण पत्र, कम्तीमा २१ सदस्य केन्द्रीय समितिको व्यवस्था र आयोगले आवश्यक ठानेका अन्य विवरण तथा कागजात अनिवार्य पेश गर्नुपर्ने प्रावधान राखिएको छ ।

बिज्ञापन

दल दर्ताका लागि अध्यक्षसहित ५१ जना केन्द्रीय सदस्यले आयोगमा पुगेर सनाखत गरिसकेको छ । यद्यपि ७७ जिल्लाबाट पाँच सय जनाको सनाखतको पूरा गर्न नसक्दा ‘उज्यालो नेपाल पार्टी’ दलका रुपमा निर्वाचन आयोगले कायम गराउन सकेको छैन् ।

नयाँ प्रावधान अनुसार दल दर्ता गर्नका लागि पाँच सय जनाको नागरिकता र मतदाता परिचय पत्रसहित निर्वाचन कार्यालयमा अनिवार्य उपस्थित हुँदै सनाखत गराउनुपर्ने व्यवस्था छ । उक्त प्रावधानका कारण नयाँ दर्ता गर्न पुगेका दलहरुको सनाखत गराउन नसक्दा ती दलहरु दर्ता हुन सकेका छैनन् । निर्वाचन आयोगमा पुगेका कतिपय निवेदनमै सीमित भइरहेका छन्,अहिलेसम्म ।

निर्वाचन आयोगका अनुसार सो दल दर्ताका लागि निवेदन दिएको आठ दिन बित्दा हालसम्म ३६० जनाले सनाखत गरेका छन् । कुलमान घिसिङको दल निर्वाचन आयोगमा दर्ता हुन र कानुनी मान्यता पाउनका लागि अझैं १४० जनाले सनाखत गर्नुपर्ने छ । त्यो भनेको अझै डेढ सय व्यक्तिहरु नागरिकता र मतदाता परिचय पत्रसहित निर्वाचन कार्यालयमा अनिवार्य उपस्थित हुँदै सनाखत गराउनुपर्ने हुन्छ ।

विगतमा दल दर्ता गर्न मतदाता परिचयपत्र वा नागरिकताको प्रमाणपत्रसहित हस्ताक्षर भए पुग्थ्यो । तर, हस्ताक्षर गर्नेमा विकृति बढेको पाएपछि आयोगले ०८० असारबाट राजनीतिक दलसम्बन्धी ऐनको दल दर्तासम्बन्धी प्रावधानमा कडाइँ गरेको छ ।

आयोगका अनुसार, सनाखत विवरण प्राप्त भएकासहित दल दर्ता गर्न आयोगमा २९ निवेदन प्रक्रियामा छन् । आयोगका अनुसार हालसम्म अकबर खान नेतृत्वको ‘राष्ट्र निर्माण दल नेपाल’ र प्रशान्त सिंहको नेतृत्वमा रहेको ‘पिपुल फर्स्ट पार्टी’ पाँच सय जनाको सनाखत पुर्‍याएर दल दर्ताको अन्तिम चरणमा पुगिसकेको जनाएको छ ।
यी बाहेक हर्कराज राई (साम्पाङ)को श्रम संस्कृति पार्टीले हालसम्म सनाखत पुर्याउन सकेको छैन । यस्तै,नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)को हाल पनि उही छ । ऋषि धमला पत्नी एलिजा गौतमको नयाँ पार्टी, जेन जी अभियन्ता जस्मिन ओझाको जनादेश पार्टी, पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेतृत्वको समुन्नत पार्टी नेपालको पनि उही स्थिति छ ।

आयोगका अनुसार,अभियन्ता खगेन्द्र सुनुवारको नेतृत्वमा रहेको हाम्रो पार्टी, नेपालका लागि हालसम्म ३६३ जनाले सनाखत गरेका छन् । रत्नप्रसाद श्रेष्ठ नेतृत्वमा रहेको नागरिक सर्वोच्चताका लागि १९८ जनाको सनाखत भएको छ । सविन सिग्देल नेतृत्वको प्रगतिशील नागरिक पार्टीका लागि १०२ जनाले सनाखत गरेको विवरण आयोगमा प्राप्त भएको छ ।

आयोगले मंसिर १० गतेसम्म प्रक्रिया पुर्‍याएर दर्ता गरेमा फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिन पाउने छन् । पाँच सय जनाको सनाखत नभएमा ती दल दर्ता लागि दिएको निवेदन निवेदनमै सीमित हुनेछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

११९ जना इञ्जिनियरहरुको सरुवा

सशस्त्रमा ३ डिआइजीको दरबन्दी थप, दंगा नियन्त्रण गर्न छुट्टै गण बनाइने

१० करोड खर्चेर तयार भयो ६ ‘प्रिफ्याव ब्लक’

सिमरा तनाव बारे गृह मन्त्रालयको प्रतिक्रिया: ‘स्थिति सामान्यतर्फ, संयमता अपनाउन आग्रह’

उर्जा मन्त्री र पूर्व सचिवको दुख : दल दर्ताका लागि जुटाउन सकेनन पाँच सयको समर्थन

घर जान लागेका मुख्यसचिवले रोकिदिए समाजकल्याण परिषद्को सदस्य सचिवको पुन: नियुक्ति

यस्ता छन् मन्त्रिपरिषद्का २५ निर्णय

मुख्यसचिव अर्याल विदामा नबस्ने,१० मंसिरसम्म कुर्सीमै बस्ने,को होलान नयाँ मुख्यसचिव ?

बिशेष