उर्जा मन्त्री र पूर्व सचिवको दुख : दल दर्ताका लागि जुटाउन सकेनन पाँच सयको समर्थन

पूराना दलबाट ‘तार’ लागेन भन्दै नयाँ र वैकल्पिक शक्ति निर्माण गर्न तम्सिएकाहरुको दुख चाहिँ कस्तो भने मुलुकैभरका ७७ जिल्लाबाट समेत पाँच सय व्यक्तिको समर्थन अर्थात सनाखत जुटाउन धौ धौं परिरहेको छ । यसरी पाँच सय व्यक्तिको समर्थन जुटाउन नसक्नेका उर्जा मन्त्रीदेखि पूर्व सचिवको पार्टी समेत रहेको छ ।

बिज्ञापन

गत २५ कार्तिकमा उर्जामन्त्री कुलमान घिसिङको दल उज्यालो नेपाल दर्ता भयो । तर साता दिन बित्दा समेत सो दलले पाँच सय जनाको सनाखत पुर्याउन सकेको छैन ।

बिज्ञापन

पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायलाई अगाडि लगाएर कुलमानको पार्टीमा ५१ जना केन्द्रीय सदस्यसहित पार्टी दर्ताका लागि निवेदन दिएको भए पनि सो दलले अझैं कानुनी मान्यता पाउन सकेको छैन ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को परिच्छेद २ को यस्तो व्यवस्था गरिएको छ । सो परिच्छेदको दफा ५ मा दल दर्ता सम्बन्धी व्यवस्था छ । जसमा दलको विधान, घोषणापत्र, झण्डा, चिह्नको नमुना, कम्तीमा पाँच सय जना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धता पत्र र उनीहरुको नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपि सहितको हस्ताक्षर, प्रतिबद्धता जनाउने व्यक्तिले अर्को दलको सदस्य नभएको भनी गरेको उद्घोषण पत्र, कम्तीमा २१ सदस्य केन्द्रीय समितिको व्यवस्था र आयोगले आवश्यक ठानेका अन्य विवरण तथा कागजात अनिवार्य पेश गर्नुपर्ने प्रावधान राखिएको छ ।

बिज्ञापन

दल दर्ताका लागि अध्यक्षसहित ५१ जना केन्द्रीय सदस्यले आयोगमा पुगेर सनाखत गरिसकेको छ । यद्यपि ७७ जिल्लाबाट पाँच सय जनाको सनाखतको पूरा गर्न नसक्दा ‘उज्यालो नेपाल पार्टी’ दलका रुपमा निर्वाचन आयोगले कायम गराउन सकेको छैन् ।

नयाँ प्रावधान अनुसार दल दर्ता गर्नका लागि पाँच सय जनाको नागरिकता र मतदाता परिचय पत्रसहित निर्वाचन कार्यालयमा अनिवार्य उपस्थित हुँदै सनाखत गराउनुपर्ने व्यवस्था छ । उक्त प्रावधानका कारण नयाँ दर्ता गर्न पुगेका दलहरुको सनाखत गराउन नसक्दा ती दलहरु दर्ता हुन सकेका छैनन् । निर्वाचन आयोगमा पुगेका कतिपय निवेदनमै सीमित भइरहेका छन्,अहिलेसम्म ।

निर्वाचन आयोगका अनुसार सो दल दर्ताका लागि निवेदन दिएको आठ दिन बित्दा हालसम्म ३६० जनाले सनाखत गरेका छन् । कुलमान घिसिङको दल निर्वाचन आयोगमा दर्ता हुन र कानुनी मान्यता पाउनका लागि अझैं १४० जनाले सनाखत गर्नुपर्ने छ । त्यो भनेको अझै डेढ सय व्यक्तिहरु नागरिकता र मतदाता परिचय पत्रसहित निर्वाचन कार्यालयमा अनिवार्य उपस्थित हुँदै सनाखत गराउनुपर्ने हुन्छ ।

विगतमा दल दर्ता गर्न मतदाता परिचयपत्र वा नागरिकताको प्रमाणपत्रसहित हस्ताक्षर भए पुग्थ्यो । तर, हस्ताक्षर गर्नेमा विकृति बढेको पाएपछि आयोगले ०८० असारबाट राजनीतिक दलसम्बन्धी ऐनको दल दर्तासम्बन्धी प्रावधानमा कडाइँ गरेको छ ।

आयोगका अनुसार, सनाखत विवरण प्राप्त भएकासहित दल दर्ता गर्न आयोगमा २९ निवेदन प्रक्रियामा छन् । आयोगका अनुसार हालसम्म अकबर खान नेतृत्वको ‘राष्ट्र निर्माण दल नेपाल’ र प्रशान्त सिंहको नेतृत्वमा रहेको ‘पिपुल फर्स्ट पार्टी’ पाँच सय जनाको सनाखत पुर्‍याएर दल दर्ताको अन्तिम चरणमा पुगिसकेको जनाएको छ ।
यी बाहेक हर्कराज राई (साम्पाङ)को श्रम संस्कृति पार्टीले हालसम्म सनाखत पुर्याउन सकेको छैन । यस्तै,नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)को हाल पनि उही छ । ऋषि धमला पत्नी एलिजा गौतमको नयाँ पार्टी, जेन जी अभियन्ता जस्मिन ओझाको जनादेश पार्टी, पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेतृत्वको समुन्नत पार्टी नेपालको पनि उही स्थिति छ ।

आयोगका अनुसार,अभियन्ता खगेन्द्र सुनुवारको नेतृत्वमा रहेको हाम्रो पार्टी, नेपालका लागि हालसम्म ३६३ जनाले सनाखत गरेका छन् । रत्नप्रसाद श्रेष्ठ नेतृत्वमा रहेको नागरिक सर्वोच्चताका लागि १९८ जनाको सनाखत भएको छ । सविन सिग्देल नेतृत्वको प्रगतिशील नागरिक पार्टीका लागि १०२ जनाले सनाखत गरेको विवरण आयोगमा प्राप्त भएको छ ।

आयोगले मंसिर १० गतेसम्म प्रक्रिया पुर्‍याएर दर्ता गरेमा फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिन पाउने छन् । पाँच सय जनाको सनाखत नभएमा ती दल दर्ता लागि दिएको निवेदन निवेदनमै सीमित हुनेछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

४१ खरिदार र १३८ नासुसहित १७९ कर्मचारीको सरुवा

अष्ट्रेलिया पुगेका उपसचिवको नेपालमा हाजिर,को- को जाकिन्छन् कीर्तेमा ?

अष्ट्रेलियामा सेकुवा बनाउँदै, नेपालमा तलब खाइरहने सरकारी डाक्टर

त्रिवि अध्यागमनमा अधिकृत र उपसचिवको दरबन्दी थप्ने तयारी

वैदेशिक रोजगार विभागभित्र १३ जना विचौलिया नियन्त्रणमा

डोल्मालाई ८८ करोड कर छुटदिएपछि मौरिसससँगको दोहोरो करमुक्ति सम्झौता खारेज

नक्कली प्रमाणपत्रले सरकारी जागिर खाएको सब–इन्जिनियर विशेष अदालतमा तानिए

भन्सारको संसार,विकृती भरमार

बिशेष