स्वर्गिय पूर्व राजा विरेन्द्र शाहको सम्पत्ति खोजबीन गरी अधिक्तम राष्ट्रहितमा प्रयोग गर्न गठित नेपाल ट्रष्टले राजा विरेन्द्रको सम्पत्तिमा मनोमानी गरेको पाइएको छ ।
बिज्ञापन
देशभर रहेको पूर्व राजा विरेन्द्रको सम्पत्ति खोजबीन गर्न २०६४ सालमै नेपाल ट्रष्ट ऐन जारी गरिएको थियो । तत्कालिन सरकारको ऐनलाई समेत धज्जी उडाउँदै पूर्व राजाको सम्पत्ति सिमित व्यापारीलाई मनोमानी रुपमा भाडामा दिने गरेको पाइएको हो ।
बिज्ञापन
सोही पछि देशभरका १३ जिल्लामा २१ हजार ५६२ रोपनी जग्गा नेपाल ट्रष्टको स्वामित्वमा रहेको छ । तीमध्ये अधिकांश राजपरिवारको जग्गा कौडीको भाउमा सीमित व्यापारीहरुले मस्ति मारिरहेका छन् । जस्तो हालैमात्र दरबारमार्गमा अवस्थित कित्ता नम्बर ४६०६ को १ रोपनी १४ आना जग्गा थाम सेर्कु टे«किङ्गलाई ३० बर्षका लागि लिजमा दिँदा गरिएको गडबडीमा सहसचिव लेखबहादुर कार्की पक्राउ परेर अनुसन्धान बढ्दैछ । दरबारमार्गको कित्ता नम्बर ४६०६ को जग्गाभन्दा बढी अर्को कित्ता नम्बर ४६०५ समेत थप गरी लिजमा दिने÷लिने सम्बन्धमा सञ्चालक समितिको निर्णय र आधारविना बदनियत पूर्वक नेपाल ट्रस्टको नाममा रहेको जग्गा विल्ड, अपरेट एन्ड ट्रान्सफर मोडेलको निमित्त निर्माण ३० वर्षका लागि लिजमा दिने/लिने सम्झौता गरी नेपाल ट्रस्टको कार्यालयलाई दीर्घकालीन हानी नोक्सानी हुने गरी मिति २०७४ जेठ १४ गते करार सम्झौता गरिएको र यती समूहको थामशेर्कु ट्रेकिङ प्रालिबाट पहिले ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार रूपैयाँको प्रस्ताव स्वीकार गर्न सिफारिस गरेर पछि १ अर्ब ५९ करोड ४० लाख ५२ हजार रूपैयाँको मात्र सम्झौता गरी राज्यलाई ४ अर्ब ८६ करोड २५ लाख ८५ हजार रूपैयाँ हानी नोक्सानी पु¥याइएको बिषयमा अहिले अनुसन्धान भइरहेको सिआइबीका अधिकारीहरु जनाउँछन् । यो प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा लिजमा दिने गरी सूचना प्रकाशित भएको, तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतले ट्रस्टको सञ्चालक समितिको अध्यक्षको हैसियतमा काम गरेको देखिन्छ । पछि पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले सञ्चालक समितिको अध्यक्षको हैसियतले जग्गा लिज प्रस्ताव बोर्डबाट स्वीकृत गराएको वोर्डका कर्मचारीहरु बताउँछन् । यस्ता जग्गा देशभर २१ हजार ५६२ रोपनी जग्गा लिजमा लिँदा कति बदमासी भएको होलान् ?
यसरी नेपाल ट्रष्टको जग्गा बदमासीमा लहरो तान्दा पहरो थर्किने देख्छन्,त्यही काम गरेर हिडेका कर्मचारीहरु । काठमाडौंका महंगा ठाउँका घरजग्गा यतिको भगिनी संस्था थामसेर्कु ट्रेकिङका साथैं अन्य निजी कम्पनीहरुले कौडीको भाडाको दाममा प्रयोग गरिरहेको भेटिएको छ । तत्कालीन राजा वीरेन्द्रको परिवारका नाममा रहेको २१ हजार ५६२ रोपनी जग्गा सरकारको स्वामित्वमा आएकामध्ये सबैभन्दा बढी ४ हजार ४४२ रोपनी जग्गा काठमाडौं जिल्लामा मात्रै भेटिएको छ । ट्रष्टसँग हाल रहेको सम्पत्तिमध्ये गोकर्णको गोकर्ण फरेष्ट रिसोर्ट, कमलादीको काठमाडौं प्लाजा, लाजिम्पाटको स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको भवन, टेकुमा रहेको विजिनेस पार्क, दरबारमार्गको कम्प्लेक्स, ताहाचलको सोल्टी आउटर कम्प्लेक्स रहेका छन् । यी सम्पत्तिहरु लामो समयका लागि लिजमा दिइएका हुन् । यस्तै नेपाल ट्रष्टको स्वामित्वमा नेपाल राज्यभरका १३ वटा जिल्लाहरु काठमाडौं,भक्तपुर,ललितपुर,नुवाकोट,धनकुटा,मकवानपुर,काभ्रेपलाञ्चोक,सिन्धुपाल्चोकदेखि धादिगसम्म गरी २१ हजार ५६२ रोपनी ४ आना २ पैसा १ दाम रहेको भेटियो । जसमध्ये सबैभन्दा धेरै धादिङ्गमा १५ हजार १ सय १ रोपनी र सबैभन्दा कम ललितपुरमा ८ रोपनी १० आना जग्गा रहेको वेतपत्रमा उल्लेख छ ।
बिज्ञापन
धादिङमा रहेको जग्गाले कुल जग्गाको क्षेत्रफलको ७० प्रतिशत ओगटेको छ भने काठमाडौंमा ४ हजार ४ सय ४२ रोपनीले २०.६१ प्रतिशत, चितवनमा ७६७ रोपनीले ३.५६ प्रतिशत हिस्सा ओगट्दा सुर्खेतमा ४ सय ५७ रोपनी जग्गाले २ दशमलव ११ प्रतिशत, नुवाकोटमा २ सय ४० रोपनी जग्गाले १ दशमलव ११ प्रतिशत क्षेत्रफल ओगटेको छ । यस्तै, धनकुट्टामा १ सय ९४ रोपनी, कास्कीमा १ सय ७४ रोपनी, भक्तपुरमा १ सय १३ रोपनी सिन्धुपाल्चोकमा २७ रोपनी, मकवानपुरमा २६ रोपनी, काभ्रेमा ९ रोपनी जग्ग रहेको उल्लेख छ ।
नेपाल ट्रष्टको नाममा रहेको जग्गामध्ये दरबारमार्ग, लाजिम्पाट, कमलादी, कालिमाटी, ताहाचल, छाउनीजस्ता महंगा स्थानमा रहेका जग्गा समेत विचौलिया र व्यापारीहरुको सेटिङ्गमा कौडीको भाउमा लिज र भाडामा उपयोग भइरहेको पाइन्छ । जसमध्येकै हो, थामसेर्कु ट्रेकिङ, टाउन डेभलपर्स, कन्सेप्ट डेभलपर्स, स्टाण्डर्ड चार्डर्ड बैंक । त्यहीमध्येका एक हो गोकर्ण फरेष्ट रिर्सोट,राजेश्वर ज्ञवाली त्यहाँ कार्यरत रहँदा सार्वजनिक सूचना समेत ननिकाली,विना प्रतिष्प्रर्धा आङ्ग छिरिङ्ग शेर्पाहरुलाई ३० बर्षका लागि सुम्पने काम भएको थियो । कित्ता नम्बर १४÷१५ मा रहेको ३ हजारमा फैलिएको ३ हजार ९ सय ७१ रोपनी जग्गामध्ये २७९२ रोपनी जग्गा ७६ मंसिर २३ को मन्त्रीपरिषद्को निर्णयबाट अगस्ट २०५० साबिक एलएम सुभिर प्रदर्शले नयाँ सम्झौता अनुसार वार्षिक ३ लाख १२ हजार अमेरिकी डलर ट्रष्टलाई बुझाउनुपर्ने गरी नयाँ सम्झौता भएको थियो । सोही जग्गा पछि आङ्गछिरिङ्गहरुले खरिद गरेका हुन । त्यो अहिले सो कम्पनी यती होल्डिङको स्वामित्वमा छ । सो कम्पनीले नेपाल ट्रष्टलाई सन् २०२३ देखि २०२७ सम्म बार्षिक ३ लाख २७ हजार ६ सय अमेरिकी डलर,२०२८ देखि ०३२ सम्म ३ लाख ४३ हजार ९८० अमेरिकी डलर,सन् २०३३ देखि ०३७ सम्म ३ लाख ६१ हजार १७९ अमेरिकी डलर बुझाउनुपर्नेछ भने सम्झौता अवधि सकिने अन्तिम समयमा सन् २०४८ देखि २०५० सम्ममा ४ लाख १८ हजार १ सय १० अमेरिकी डलर बुधmाउनुपर्ने गरी सम्झौता भएको छ ।
दरवारमार्गमा वार्षिक ४ करोड ५० लाख भाडा तिरेर १ रोपनी १४ आना जग्गा थामसेर्कुले लिजमा पाउँदा त्यहाँबाट केही सय मिटरमात्र दूरीमा रहेको कमलादीको काठमाडौं प्लाजा सञ्चालन गर्ने कन्सेप्ट डेभलपर्सले भने ट्रष्टलाई वार्षिक ७५ लाख रुपैयाँ मात्र तिर्दै आएको छ । उक्त ब्यापारिक कम्प्लेक्सले ५ रोपनी २ दाम क्षेत्रफल ओगटेको छ । यस्तै, काठमाडौंको लाजिम्पाटस्थित स्टाण्डर्ड चार्टर्ड बैंक रहेको घरजग्गा पनि नेपाल ट्रष्टकै हो । कामपना २ लाजिम्पाटमा ६ रोपनी १३ आना क्षेत्रफलमा रहेको सो घरजग्गा बैंकले लिजमा लिई कार्यालय सञ्चालन गरिरहेको छ । बैंकले वार्षिक १ करोड १५ लाख ३ हजार ३६५ भाडा तिर्ने गरेको छ । २०५० सालमै २७ वर्षका लागि लिजमा लिइएको सो घरजग्गाको लिज अवधि १२ वर्ष बाँकी रहदै २०६६ पुस २३ मा पुनः स्टाण्डर्ड चार्टर्ड बैंकले थप १५ वर्षका लागि लिजमा लिएको थियो ।
यस्तै टेकुमा अवस्थित टाउन डेभलपर्स प्रा.लिसँग ०६६ साल पुस १० मा पुन सम्झौता गरी १९ रोपनी १२ आना जग्गा ८३ सालसम्म कौडीको भाउमा दिलाइएको छ । टाउन डेभलपर्स प्रालिले बनाएको बिजनेश पार्कले अहिले बार्षिक ५० लाख रुपैया भाडा नेपाल ट्रष्टलाई बुझाइरहेको छ । यस्तै, अहिले सिआइबी लागेको दरबारमार्गमा रहेको १ रोपनी १४ आना जग्गा २०७४ जेठ १४ मा ३० बर्षका लागि लिज सम्झौता भएको हो । अहिले सो जग्गाको भाडा थामसेर्कु ट्रेकिङ्गले बार्षिक ४ करोड ५४ लाख बुझाइरहेको छ । २०७४ जेठ १४ मा तत्कालिन मन्त्री बिमलेन्द्र निधी ट्रष्टको अध्यक्ष रहेका बेला थामसेर्कुले सो जग्गा लिजमा लिने सम्झौता गरेको देखिन्छ । निर्माण अवधिमा वार्षिक ४० लाख भाडा तिर्ने सम्झौता गरेको थामसेर्कुले अब निर्माणपछि शुरुमा वार्षिक ४ करोड ५० लाख रुपैयाँ वार्षिक भाडा तिर्नेछ भने ३० वर्ष पुग्दासम्म वार्षिक ११ करोड ८७ लाख रुपैया भाडा तिर्नेछ ।
यस्तै,कालिमाटी ताहचालस्थित सोल्टी होटल नजिक चार रोपनी चार आना जग्गा थामसेर्कु ट्रेकिङ प्रालिले नै ३० बर्षकै लागि लिजमा हात पारेको छ । ४ रोपनी ४ आना ३ पैसा जग्गाको लिज सम्झौता २०७४ मंसिर १४ मा भएको देखिन्छ । उक्त कम्पनीले थामसेर्कुले संरचना निर्माण हुन्जेल ३ वर्षसम्म वार्षिक ६ लाख र निर्माण सकिएपछि वार्षिक ६१ लाखका दरले प्रत्येक ५ वर्षमा भाडा बढाउने सम्झौता गरेको छ ।
यस्का अलवा छोटो अवधिका लागि भाडामा दिइएका नेपाल ट्रष्टका अन्य सम्पत्तिहरु केही सरकारी कार्यालयहरुले लिजमा लिएका छन् । ताहाचलमा अवस्थित ३८ रोपनी १२ आना जग्गामा रहेका भवनमा सार्वजनिक खरिद अनुगमन कार्यालय बस्दै आएको थियो । जुन कार्यालय अहिले केशरमहलमा सरिसकेको छ । यस्तै नेपाल रेडक्रस, श्रम कार्यालय र गरिवी निवारण कोषका कार्यालयहरुले वार्षिक ५२ लाख भाडा बुझाउने गरी सम्झौता गरेका छन् । मासिक १ लाख ८६ हजार भाडा बुझाउने गरी गरिबी निवाकरण कोष,बार्षिक ५८ लाख बुझाउने गरी बैदेशिक रोजगार विभागसँग सम्झौता भएको भेटिन्छ । यस्का अलवा काठमाडौं १३ मै अवस्थित स्वयम्भु छाउनीस्थित १५ रोपनी १ आना क्षेत्रफलमा रहेको घरजग्गा पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई दाइजो दिइएको थियो । त्यस्तै छाउनी मार्गमै रहेको २ रोपनी १३ आनामा बनाइएको घरजग्गा नेपाल ट्रष्टले नै संरक्षण गरेर राखेको छ । कालिमाटीमै रहेको ३ रोपनी ७ आना जग्गा भने हिमालय वीरविक्रम शाह मोही कायम रहेको भेटिएको छ । धनकुटाको चुलीवनमा १९४ रोपनी जग्गा निजामती कर्मचारीका छोराछोरीका लागि आवासीय विद्यालयलाई भाडामा लगाइएको छ ।
काठमाडौंमा रहेका ‘प्राइम लोकेशन’ मा मात्र होइन ट्रष्टका जग्गा कतै जंगलका रुपमा,कहीँ मोही खडा गरेर राखिएको छ । तिनैले जोतभोग गरिरहेका छन् । जस्तो काठमाडौं बालाजु माथि ब्यापारिक प्रयोजनयोग्य १२३ रोपनी जग्गा खाली र खुला छ । गल्कोपाखामा अवस्थित ९ आना जग्गामा मोहीले घर जग्गा बनाएरु बसिरहेका छन् । फर्पिङमा उस्तै हालत छ । त्यहाँको ६८ रोपनी १२ आना जग्गा विद्यालयले निःशुल्क उपयोग गरिरहेको छ ।
सतुंगलमा १ रोपनी ६ आना जग्गा मोहीले खेतिबालीमा प्रयोग गरिरहेका छन भने मातातीर्थको ५९ रोपनी जग्गामा तत्कालीन प्रधानमन्त्री वावुराम भट्टराईको आँखा परेको थियो । यस्तै,थानकोटमा रहेको १०२ रोपनी,साँखुको २ रोपनी जग्गामा खेती किसानी भइरहेको छ । यस्तै पोखरा महानगरपालिका वडा नम्बर ६ र ७ मा अवस्थित १७४ रोपनी ४ अना जग्गामा रत्न मन्दिर, हिमागृह जस्ता ऐतिहासिक दरबारले ओगटेको छ ।
नेपाल ट्रष्टका स्रोतका अनुसार सोही जग्गामध्ये करिब १ सय ७२ रोपनी १५ आना जग्गा मोहीको नाममा नामसारी गर्ने काम तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई र तत्कालीन ट्रष्ट संचालक समितिको अध्यक्ष विजयकुमार गच्छदार हुँदा तमाम पारिएको छ । केही महिना अगाडिमात्र सोल्टी मोडमा रहेको जग्गा वापत थामसेर्कुले नेपाल ट्रष्टलाई बुझाउनु पर्ने चार करोड रकम नबुझाइ त्यहाँ थर्ड पार्टी प्रवेश गराउँदा मोटो कमिसनको चलखेल भएको त्यहीँका कर्मचारीहरु बताउँछन् ।


























