पूर्व राजाको अर्बाैको सम्पत्तिमा व्यापारीको रजाई

स्वर्गिय पूर्व राजा विरेन्द्र शाहको सम्पत्ति खोजबीन गरी अधिक्तम राष्ट्रहितमा प्रयोग गर्न गठित नेपाल ट्रष्टले राजा विरेन्द्रको सम्पत्तिमा मनोमानी गरेको पाइएको छ ।

बिज्ञापन

देशभर रहेको पूर्व राजा विरेन्द्रको सम्पत्ति खोजबीन गर्न २०६४ सालमै नेपाल ट्रष्ट ऐन जारी गरिएको थियो । तत्कालिन सरकारको ऐनलाई समेत धज्जी उडाउँदै पूर्व राजाको सम्पत्ति सिमित व्यापारीलाई मनोमानी रुपमा भाडामा दिने गरेको पाइएको हो ।

बिज्ञापन

सोही पछि देशभरका १३ जिल्लामा २१ हजार ५६२ रोपनी जग्गा नेपाल ट्रष्टको स्वामित्वमा रहेको छ । तीमध्ये अधिकांश राजपरिवारको जग्गा कौडीको भाउमा सीमित व्यापारीहरुले मस्ति मारिरहेका छन् । जस्तो हालैमात्र दरबारमार्गमा अवस्थित कित्ता नम्बर ४६०६ को १ रोपनी १४ आना जग्गा थाम सेर्कु टे«किङ्गलाई ३० बर्षका लागि लिजमा दिँदा गरिएको गडबडीमा सहसचिव लेखबहादुर कार्की पक्राउ परेर अनुसन्धान बढ्दैछ । दरबारमार्गको कित्ता नम्बर ४६०६ को जग्गाभन्दा बढी अर्को कित्ता नम्बर ४६०५ समेत थप गरी लिजमा दिने÷लिने सम्बन्धमा सञ्चालक समितिको निर्णय र आधारविना बदनियत पूर्वक नेपाल ट्रस्टको नाममा रहेको जग्गा विल्ड, अपरेट एन्ड ट्रान्सफर मोडेलको निमित्त निर्माण ३० वर्षका लागि लिजमा दिने/लिने सम्झौता गरी नेपाल ट्रस्टको कार्यालयलाई दीर्घकालीन हानी नोक्सानी हुने गरी मिति २०७४ जेठ १४ गते करार सम्झौता गरिएको र यती समूहको थामशेर्कु ट्रेकिङ प्रालिबाट पहिले ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार रूपैयाँको प्रस्ताव स्वीकार गर्न सिफारिस गरेर पछि १ अर्ब ५९ करोड ४० लाख ५२ हजार रूपैयाँको मात्र सम्झौता गरी राज्यलाई ४ अर्ब ८६ करोड २५ लाख ८५ हजार रूपैयाँ हानी नोक्सानी पु¥याइएको बिषयमा अहिले अनुसन्धान भइरहेको सिआइबीका अधिकारीहरु जनाउँछन् । यो प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा लिजमा दिने गरी सूचना प्रकाशित भएको, तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतले ट्रस्टको सञ्चालक समितिको अध्यक्षको हैसियतमा काम गरेको देखिन्छ । पछि पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले सञ्चालक समितिको अध्यक्षको हैसियतले जग्गा लिज प्रस्ताव बोर्डबाट स्वीकृत गराएको वोर्डका कर्मचारीहरु बताउँछन् । यस्ता जग्गा देशभर २१ हजार ५६२ रोपनी जग्गा लिजमा लिँदा कति बदमासी भएको होलान् ?

यसरी नेपाल ट्रष्टको जग्गा बदमासीमा लहरो तान्दा पहरो थर्किने देख्छन्,त्यही काम गरेर हिडेका कर्मचारीहरु । काठमाडौंका महंगा ठाउँका घरजग्गा यतिको भगिनी संस्था थामसेर्कु ट्रेकिङका साथैं अन्य निजी कम्पनीहरुले कौडीको भाडाको दाममा प्रयोग गरिरहेको भेटिएको छ । तत्कालीन राजा वीरेन्द्रको परिवारका नाममा रहेको २१ हजार ५६२ रोपनी जग्गा सरकारको स्वामित्वमा आएकामध्ये सबैभन्दा बढी ४ हजार ४४२ रोपनी जग्गा काठमाडौं जिल्लामा मात्रै भेटिएको छ । ट्रष्टसँग हाल रहेको सम्पत्तिमध्ये गोकर्णको गोकर्ण फरेष्ट रिसोर्ट, कमलादीको काठमाडौं प्लाजा, लाजिम्पाटको स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको भवन, टेकुमा रहेको विजिनेस पार्क, दरबारमार्गको कम्प्लेक्स, ताहाचलको सोल्टी आउटर कम्प्लेक्स रहेका छन् । यी सम्पत्तिहरु लामो समयका लागि लिजमा दिइएका हुन् । यस्तै नेपाल ट्रष्टको स्वामित्वमा नेपाल राज्यभरका १३ वटा जिल्लाहरु काठमाडौं,भक्तपुर,ललितपुर,नुवाकोट,धनकुटा,मकवानपुर,काभ्रेपलाञ्चोक,सिन्धुपाल्चोकदेखि धादिगसम्म गरी २१ हजार ५६२ रोपनी ४ आना २ पैसा १ दाम रहेको भेटियो । जसमध्ये सबैभन्दा धेरै धादिङ्गमा १५ हजार १ सय १ रोपनी र सबैभन्दा कम ललितपुरमा ८ रोपनी १० आना जग्गा रहेको वेतपत्रमा उल्लेख छ ।

बिज्ञापन

धादिङमा रहेको जग्गाले कुल जग्गाको क्षेत्रफलको ७० प्रतिशत ओगटेको छ भने काठमाडौंमा ४ हजार ४ सय ४२ रोपनीले २०.६१ प्रतिशत, चितवनमा ७६७ रोपनीले ३.५६ प्रतिशत हिस्सा ओगट्दा सुर्खेतमा ४ सय ५७ रोपनी जग्गाले २ दशमलव ११ प्रतिशत, नुवाकोटमा २ सय ४० रोपनी जग्गाले १ दशमलव ११ प्रतिशत क्षेत्रफल ओगटेको छ । यस्तै, धनकुट्टामा १ सय ९४ रोपनी, कास्कीमा १ सय ७४ रोपनी, भक्तपुरमा १ सय १३ रोपनी सिन्धुपाल्चोकमा २७ रोपनी, मकवानपुरमा २६ रोपनी, काभ्रेमा ९ रोपनी जग्ग रहेको उल्लेख छ ।

नेपाल ट्रष्टको नाममा रहेको जग्गामध्ये दरबारमार्ग, लाजिम्पाट, कमलादी, कालिमाटी, ताहाचल, छाउनीजस्ता महंगा स्थानमा रहेका जग्गा समेत विचौलिया र व्यापारीहरुको सेटिङ्गमा कौडीको भाउमा लिज र भाडामा उपयोग भइरहेको पाइन्छ । जसमध्येकै हो, थामसेर्कु ट्रेकिङ, टाउन डेभलपर्स, कन्सेप्ट डेभलपर्स, स्टाण्डर्ड चार्डर्ड बैंक । त्यहीमध्येका एक हो गोकर्ण फरेष्ट रिर्सोट,राजेश्वर ज्ञवाली त्यहाँ कार्यरत रहँदा सार्वजनिक सूचना समेत ननिकाली,विना प्रतिष्प्रर्धा आङ्ग छिरिङ्ग शेर्पाहरुलाई ३० बर्षका लागि सुम्पने काम भएको थियो । कित्ता नम्बर १४÷१५ मा रहेको ३ हजारमा फैलिएको ३ हजार ९ सय ७१ रोपनी जग्गामध्ये २७९२ रोपनी जग्गा ७६ मंसिर २३ को मन्त्रीपरिषद्को निर्णयबाट अगस्ट २०५० साबिक एलएम सुभिर प्रदर्शले नयाँ सम्झौता अनुसार वार्षिक ३ लाख १२ हजार अमेरिकी डलर ट्रष्टलाई बुझाउनुपर्ने गरी नयाँ सम्झौता भएको थियो । सोही जग्गा पछि आङ्गछिरिङ्गहरुले खरिद गरेका हुन । त्यो अहिले सो कम्पनी यती होल्डिङको स्वामित्वमा छ । सो कम्पनीले नेपाल ट्रष्टलाई सन् २०२३ देखि २०२७ सम्म बार्षिक ३ लाख २७ हजार ६ सय अमेरिकी डलर,२०२८ देखि ०३२ सम्म ३ लाख ४३ हजार ९८० अमेरिकी डलर,सन् २०३३ देखि ०३७ सम्म ३ लाख ६१ हजार १७९ अमेरिकी डलर बुझाउनुपर्नेछ भने सम्झौता अवधि सकिने अन्तिम समयमा सन् २०४८ देखि २०५० सम्ममा ४ लाख १८ हजार १ सय १० अमेरिकी डलर बुधmाउनुपर्ने गरी सम्झौता भएको छ ।

दरवारमार्गमा वार्षिक ४ करोड ५० लाख भाडा तिरेर १ रोपनी १४ आना जग्गा थामसेर्कुले लिजमा पाउँदा त्यहाँबाट केही सय मिटरमात्र दूरीमा रहेको कमलादीको काठमाडौं प्लाजा सञ्चालन गर्ने कन्सेप्ट डेभलपर्सले भने ट्रष्टलाई वार्षिक ७५ लाख रुपैयाँ मात्र तिर्दै आएको छ । उक्त ब्यापारिक कम्प्लेक्सले ५ रोपनी २ दाम क्षेत्रफल ओगटेको छ । यस्तै, काठमाडौंको लाजिम्पाटस्थित स्टाण्डर्ड चार्टर्ड बैंक रहेको घरजग्गा पनि नेपाल ट्रष्टकै हो । कामपना २ लाजिम्पाटमा ६ रोपनी १३ आना क्षेत्रफलमा रहेको सो घरजग्गा बैंकले लिजमा लिई कार्यालय सञ्चालन गरिरहेको छ । बैंकले वार्षिक १ करोड १५ लाख ३ हजार ३६५ भाडा तिर्ने गरेको छ । २०५० सालमै २७ वर्षका लागि लिजमा लिइएको सो घरजग्गाको लिज अवधि १२ वर्ष बाँकी रहदै २०६६ पुस २३ मा पुनः स्टाण्डर्ड चार्टर्ड बैंकले थप १५ वर्षका लागि लिजमा लिएको थियो ।

यस्तै टेकुमा अवस्थित टाउन डेभलपर्स प्रा.लिसँग ०६६ साल पुस १० मा पुन सम्झौता गरी १९ रोपनी १२ आना जग्गा ८३ सालसम्म कौडीको भाउमा दिलाइएको छ । टाउन डेभलपर्स प्रालिले बनाएको बिजनेश पार्कले अहिले बार्षिक ५० लाख रुपैया भाडा नेपाल ट्रष्टलाई बुझाइरहेको छ । यस्तै, अहिले सिआइबी लागेको दरबारमार्गमा रहेको १ रोपनी १४ आना जग्गा २०७४ जेठ १४ मा ३० बर्षका लागि लिज सम्झौता भएको हो । अहिले सो जग्गाको भाडा थामसेर्कु ट्रेकिङ्गले बार्षिक ४ करोड ५४ लाख बुझाइरहेको छ । २०७४ जेठ १४ मा तत्कालिन मन्त्री बिमलेन्द्र निधी ट्रष्टको अध्यक्ष रहेका बेला थामसेर्कुले सो जग्गा लिजमा लिने सम्झौता गरेको देखिन्छ । निर्माण अवधिमा वार्षिक ४० लाख भाडा तिर्ने सम्झौता गरेको थामसेर्कुले अब निर्माणपछि शुरुमा वार्षिक ४ करोड ५० लाख रुपैयाँ वार्षिक भाडा तिर्नेछ भने ३० वर्ष पुग्दासम्म वार्षिक ११ करोड ८७ लाख रुपैया भाडा तिर्नेछ ।

यस्तै,कालिमाटी ताहचालस्थित सोल्टी होटल नजिक चार रोपनी चार आना जग्गा थामसेर्कु ट्रेकिङ प्रालिले नै ३० बर्षकै लागि लिजमा हात पारेको छ । ४ रोपनी ४ आना ३ पैसा जग्गाको लिज सम्झौता २०७४ मंसिर १४ मा भएको देखिन्छ । उक्त कम्पनीले थामसेर्कुले संरचना निर्माण हुन्जेल ३ वर्षसम्म वार्षिक ६ लाख र निर्माण सकिएपछि वार्षिक ६१ लाखका दरले प्रत्येक ५ वर्षमा भाडा बढाउने सम्झौता गरेको छ ।

यस्का अलवा छोटो अवधिका लागि भाडामा दिइएका नेपाल ट्रष्टका अन्य सम्पत्तिहरु केही सरकारी कार्यालयहरुले लिजमा लिएका छन् । ताहाचलमा अवस्थित ३८ रोपनी १२ आना जग्गामा रहेका भवनमा सार्वजनिक खरिद अनुगमन कार्यालय बस्दै आएको थियो । जुन कार्यालय अहिले केशरमहलमा सरिसकेको छ । यस्तै नेपाल रेडक्रस, श्रम कार्यालय र गरिवी निवारण कोषका कार्यालयहरुले वार्षिक ५२ लाख भाडा बुझाउने गरी सम्झौता गरेका छन् । मासिक १ लाख ८६ हजार भाडा बुझाउने गरी गरिबी निवाकरण कोष,बार्षिक ५८ लाख बुझाउने गरी बैदेशिक रोजगार विभागसँग सम्झौता भएको भेटिन्छ । यस्का अलवा काठमाडौं १३ मै अवस्थित स्वयम्भु छाउनीस्थित १५ रोपनी १ आना क्षेत्रफलमा रहेको घरजग्गा पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई दाइजो दिइएको थियो । त्यस्तै छाउनी मार्गमै रहेको २ रोपनी १३ आनामा बनाइएको घरजग्गा नेपाल ट्रष्टले नै संरक्षण गरेर राखेको छ । कालिमाटीमै रहेको ३ रोपनी ७ आना जग्गा भने हिमालय वीरविक्रम शाह मोही कायम रहेको भेटिएको छ । धनकुटाको चुलीवनमा १९४ रोपनी जग्गा निजामती कर्मचारीका छोराछोरीका लागि आवासीय विद्यालयलाई भाडामा लगाइएको छ ।

काठमाडौंमा रहेका ‘प्राइम लोकेशन’ मा मात्र होइन ट्रष्टका जग्गा कतै जंगलका रुपमा,कहीँ मोही खडा गरेर राखिएको छ । तिनैले जोतभोग गरिरहेका छन् । जस्तो काठमाडौं बालाजु माथि ब्यापारिक प्रयोजनयोग्य १२३ रोपनी जग्गा खाली र खुला छ । गल्कोपाखामा अवस्थित ९ आना जग्गामा मोहीले घर जग्गा बनाएरु बसिरहेका छन् । फर्पिङमा उस्तै हालत छ । त्यहाँको ६८ रोपनी १२ आना जग्गा विद्यालयले निःशुल्क उपयोग गरिरहेको छ ।

सतुंगलमा १ रोपनी ६ आना जग्गा मोहीले खेतिबालीमा प्रयोग गरिरहेका छन भने मातातीर्थको ५९ रोपनी जग्गामा तत्कालीन प्रधानमन्त्री वावुराम भट्टराईको आँखा परेको थियो । यस्तै,थानकोटमा रहेको १०२ रोपनी,साँखुको २ रोपनी जग्गामा खेती किसानी भइरहेको छ । यस्तै पोखरा महानगरपालिका वडा नम्बर ६ र ७ मा अवस्थित १७४ रोपनी ४ अना जग्गामा रत्न मन्दिर, हिमागृह जस्ता ऐतिहासिक दरबारले ओगटेको छ ।

नेपाल ट्रष्टका स्रोतका अनुसार सोही जग्गामध्ये करिब १ सय ७२ रोपनी १५ आना जग्गा मोहीको नाममा नामसारी गर्ने काम तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई र तत्कालीन ट्रष्ट संचालक समितिको अध्यक्ष विजयकुमार गच्छदार हुँदा तमाम पारिएको छ । केही महिना अगाडिमात्र सोल्टी मोडमा रहेको जग्गा वापत थामसेर्कुले नेपाल ट्रष्टलाई बुझाउनु पर्ने चार करोड रकम नबुझाइ त्यहाँ थर्ड पार्टी प्रवेश गराउँदा मोटो कमिसनको चलखेल भएको त्यहीँका कर्मचारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

४१ खरिदार र १३८ नासुसहित १७९ कर्मचारीको सरुवा

अष्ट्रेलिया पुगेका उपसचिवको नेपालमा हाजिर,को- को जाकिन्छन् कीर्तेमा ?

अष्ट्रेलियामा सेकुवा बनाउँदै, नेपालमा तलब खाइरहने सरकारी डाक्टर

त्रिवि अध्यागमनमा अधिकृत र उपसचिवको दरबन्दी थप्ने तयारी

वैदेशिक रोजगार विभागभित्र १३ जना विचौलिया नियन्त्रणमा

डोल्मालाई ८८ करोड कर छुटदिएपछि मौरिसससँगको दोहोरो करमुक्ति सम्झौता खारेज

नक्कली प्रमाणपत्रले सरकारी जागिर खाएको सब–इन्जिनियर विशेष अदालतमा तानिए

भन्सारको संसार,विकृती भरमार

बिशेष