मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग

मधेश प्रदेश सरकारअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत कर्मचारीमाथि हातपात र कुटपिट भएको घटनापछि सरकारी कर्मचारीहरू आक्रोशित भएका छन् ।

बिज्ञापन

मंगलबार प्रकाशित संयुक्त विज्ञप्तिमा सो कार्यालयका एक सय २१ जना कर्मचारीहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । उनीहरूले सरकारी कार्यालयभित्रै हातपात हुने जस्तो गम्भीर घटनाले कर्मचारीको मनोबलमा ठूलो चोट पुर्‍याएको बताएका छन् ।

बिज्ञापन

कर्मचारीहरूले भनेका छन्, “मुख्यमन्त्री कार्यालयजस्तो संवैधानिक संस्थामै आक्रमण हुनु प्रदेशको प्रशासनिक मर्यादामाथिको ठाडो चुनौती हो। घटनामा संलग्नमाथि तत्काल कानूनी कारबाही होस्, अन्यथा हामी काम ठप्प पार्न बाध्य हुनेछौं।”

घटना मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादका क्रममा भएको हो । कांग्रेससहित ६ दलका सांसद र कार्यकर्ताहरू मुख्यमन्त्री कार्यालय पुगेर तोडफोड तथा नाराबाजीमा उत्रिँदा केहीले कर्मचारीमाथि हातपात गरेको भिडियो सार्वजनिक भएको छ ।

बिज्ञापन

भिडियोमा लोसपाका पूर्व प्रदेश सांसद परमेश्वर शाह र नेता जितेन्द्र झा समेत देखिएका छन् ।
कर्मचारीहरूले विज्ञप्तिमार्फत प्रदेश सरकार, गृह मन्त्रालय र सुरक्षासंस्थाको ध्यानाकर्षण गराउँदै दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न माग गरेका छन् ।

उनिहरूले कार्यालयको शान्त वातावरण र कर्मचारीको सुरक्षामा प्रश्न उठ्नेगरी भएको यस्तो घटनाले सरकारी प्रशासनमै त्रासको वातावरण सिर्जना गरेको भन्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन कठोर कदम चाल्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ड्युटीमा खटिएका कर्मचारीको निधन

सिंहदरबार,सर्वाेच्च अदालत जलाउने १३ विरुद्ध मुद्धा दर्ता,अर्बाैको विगो

कर्तव्यको मैदानमै अस्ताए आधा दर्जन राष्ट्रसेवक

यी ६ प्रकारका सरकारी कागजात देखाएर गर्न पाइन्छ मतदान

निर्वाचन आचारसंहिता, मौन अवधि र लोकतान्त्रिक उत्तरदायित्व

उम्मेदवारी खारेजपछि घण्टी चिह्नमा खसेका सबै मत गणना नहुने

निर्वाचनमा खटिएका भन्सार कर्मचारीको दुर्घटनामा परेर मृत्यु

मतदान केन्द्रमै ढले सिनियर अहेब, उपचारका क्रममा निधन

बिशेष