केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको दोस्रो चरणमा पुरुषतर्फ नेपालका विशाल राई र महिलातर्फ नेदरल्यान्ड्सकी मारिजे गुवर्टसन पहिलो हुनुभएको छ ।
ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २१ किलोमिटरको रेसमा पुरुषतर्फको विजेता विशालले दुई घन्टा ३१ मिनेट समय लगाए । नेपालकै वीरेन्द्र पाण्डे र युगल राई दोस्रो र तेस्रो स्थानमा रहे । वीरेन्द्रले दुई घन्टा ४२ मिनेट तथा युगलले तीन घन्टा ३७ मिनेटमा दौड पुरा गरे ।

बिज्ञापन

महिलातर्फ मारिजेले तीन घन्टा ३७ मिनेट समयसहित सबैभन्दा  चाँडै दौड पुरा गरिन् । स्कटल्यान्डकी जर्जिया टिन्डलेले (४ः०७ः५० सकेन्ड) दोस्रो र फिनल्यान्डकी सोन्या मुइतारी (४ः०९ः५१ सकेन्ड) तेस्रो स्थानमा रहे ।

बिज्ञापन

२१ किमीको दौड स्युचाटारबाट सुरु भएर गुरजे भञ्ज्याङ, शिवरी पिक, डाँडा गाउँ, गुरजे भञ्ज्याङ हुँदै सुर्यचौरमा सम्पन्न भएको थियो ।

ट्रेल रनिङमा नयाँ सहभागीहरुका लागि वा बिस्तारै दृश्यावलोकन गर्न चाहनेका लागि ७ किलोमिटरको फन रन/हाइक पनि राखिएको थियो । सो दौड सुर्यचौरमा सुरु भएर गुरुङगाउँ, गुरजे भञ्ज्याङ हँुदै सुर्यचौरमा सकिएको थियो । सो दौडमा पुरुषतर्फ ह्याभियर गोन्जालेज मोटा (१ घन्टा १० मिनेट) पहिलो, लबिन गुरुङ (१ घन्टा ११ मिनेट) दोस्रो र समिर कार्की (१ घन्टा १२ मिनेट) तेस्रो भए । महिला वर्गमा अनिमा शेर्पा (१ घन्टा २८ मिनेट) पहिलो, माउन्टजोय (एक घन्टा ३० मिनेट) दोस्रो र आमानडाइन फेमी (१ घन्टा ३४ मिनेट) ले तेस्रो स्थान हासिल गरे ।

बिज्ञापन

केभीआर समिट च्यालेन्जको दोस्रो चरणमा स्वेदेशी र दस देशका विदेशी गरी २१ किमीतर्फ ११२ र ७ किमीमा ३० जना धावकधाविकाले सहभागिता जनाएका थिए ।केभीरआर समिट च्यालेन्समा पाँच चरण हुनेछ । अब रेस ३ डिसेम्बर ८, रेस ४ सन् २०२६ को जनवरी १० र रेस ५ फ्रेवुअरी १ मा आयोजना हुनेछ ।

“स्वस्थ रहौं, रमाइलो गरौं, र ट्रेलमै नेपाललाई चिनाऔं” नारासहित ट्रेलमान्डु नेपालले यो प्रतियोगिताको आयोजना गर्दैछ ।

राष्ट्रिय खेलकुद परिषद्अन्तर्गतको नेपाल स्पोर्ट्स साइन्स एकेडेमीका उपनिर्देशक राजेन्द्र तुलाधर र नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि निरज श्रेष्ठले विजेतालाई पुरस्कार प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

बिशेष