सुदूरपश्चिम प्रदेशलाई पिआइएस पोर्टलमा एक्सेस, ५ हजार ५ सय कर्मचारी प्रत्यक्ष लाभन्वित

स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको सूचना व्यवस्थापन गर्ने प्रणाली (लोकल लेभल पिआइएस पोर्टल)को पूर्ण पहुँच सुदूरपश्चिम सरकारलाई हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको छ । निजामती किताबखानाले गत सातामात्र गण्डकी प्रदेशबाट श्रीगणेश गरेको सूचना व्यवस्थापन प्रणालीमा पूर्ण पहुँच दिने प्रक्रिया लुम्बिनी,कर्णाली हुँदै सुदूरपश्चिमसम्म सम्पन्न भएको हो ।अब छिट्टै बाँकी तीन प्रदेश सरकारसँग एमओयू गरि त्यहाँका स्थानीय तहका कर्मचारीहरुलाई पिआइएस पोर्टलमा एक्सेस दिइने योजना रहेका विभागका महानिर्देशक श्रवण कुमार पोखरेल बताउँछन्।

बिज्ञापन

धनगढीमा आज आयोजित राष्ट्रिय निजामती कितावखानाका महानिर्देशक श्रवण कुमार पोखरेल र सुदूरपश्चिम प्रदेश सरकारका प्रदेश सचिव बिमल बराल बीच एक समझदारी पत्रमा हस्ताक्षर भइ पोर्टलको पहुँच हस्तान्तरण सम्पन्न भएको छ ।

बिज्ञापन

यस संगै कर्मचारी अभिलेख व्यवस्थापनको दृष्ट्रिकोणबाट प्राशासनिक संघीयता कार्यान्वयनले मुर्त रुप पाउने सुदुर पश्चिम प्रदेश सरकार चौथो बनेको छ । यो प्रणालीको सञ्चालनबाट सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमा कार्यरत प्रणालीमा आवद्व ३ हजार ३ सय ६३ कर्मचारी र आवद्वताको पर्खाईमा रहेका अनुमानित १२ सय बढी कर्मचारी प्रत्यक्ष लाभान्वित हुने बिभागका महानिर्देशक श्रवण कुमार पोखरेलले विश्वास व्यक्त गरेका छन् ।

कार्तिक १६ मा गण्डकी प्रदेश सरकारलाई सूचना व्यवस्थापन गर्ने प्रणाली (लोकल लेभल पिआइएस पोर्टल)को पूर्ण पहुँच हस्तान्तरण गरिएकोमा भोलिपल्टै लुम्बिनी प्रदेश, १९ कार्तिकमा कर्णाली प्रदेशले पूर्ण पहुँच प्राप्त गरिसकेका छन् ।
अब पूर्ण पहुँच प्राप्त गर्न बाँकी रहेका बागमती, मधेश र कोशी प्रदेश सरकारसंग छिट्टै एमओयू गरिने कितावखानाका महानिर्देशक पोखरेलले जनाएका छन् । यस व्यवस्था संगै प्रचलित कानून बमोजिम प्रदेश र स्थानीय तहमा समायोजन भएका , प्रदेश र स्थानीय सेवामा स्थायी भर्ना भएका (लोकसेवाको सिफारिसमा) र साविक देखि नै स्थानीय निकाय कार्यारत स्थायी प्रकृतिका अन्य कर्मचारी समेतको संगठन तथा पद दर्ता , सिटरोल दर्ता तथा संकेत नम्वर जारी , नियमित सरुवा , बढुवा , तालिम , पुरस्कार तथा कार्वाही लगायत सम्पूर्ण कर्मचारी सूचनाको व्यवस्थित रुपमा प्रदेश सरकारले अपडेट गर्न सक्नेछन् ।

बिज्ञापन

स्थानीय तहका कर्मचारीलाई समेत पिआइस पोर्टलमा एक्सेस,गण्डकी प्रदेशबाट शुभारम्भ

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

परराष्ट्रमा अर्काे गाईजात्रा : फिर्ता बोलाइएका राजदूत बस्न तयार पारियो कोठा

सुदूरपश्चिम प्रदेशलाई पिआइएस पोर्टलमा एक्सेस, ५ हजार ५ सय कर्मचारी प्रत्यक्ष लाभन्वित

जेनजीको राजमा पनि कामचोर कर्मचारीको रजगज

शाखा अधिकृतको विज्ञापन खोल्ने तयारी,माग आकृति फाराम पठाउन सामान्यको पुन ताकेता

१ लाख ३६ हजार मतदाता थपिए

भक्तपुर अस्पतालको खण्डन : ‘स्पेक लक र सप्लायर्ससँगको मिलेमतो समाचारमा कुनै सत्यता छैन’

डा. विलोक मिश्रको असामयिक निधन

सेवाग्राही भन्छन्,संस्था दर्ता-नवीकरणमै घुस मागियो ,सिडियो भन्छन् : ‘प्रमाण ल्याउनुहोस’

बिशेष