महाधिवेशन बिना चुनावमा जानु उचित होइन : मोहन आचार्य

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यले आसन्न निर्वाचनअघि पार्टीको नियमित महाधिवेशन अनिवार्य रूपमा गर्नुपर्ने बताएका छन् ।

बिज्ञापन

केन्द्रीय समितिको जारी बैठकमा बिहीबार आफ्नो धारणा राख्दै आचार्यले भने — “कांग्रेसले १४औं महाधिवेशन गरेर मात्रै नयाँ जोश, नेतृत्व र नीति सहित चुनावमा जानु पर्छ।”

बिज्ञापन

उनले पार्टीको आठ लाख सत्तरी हजार क्रियाशील सदस्यहरूको भावना अनुसारको निर्णय केन्द्रीय समितिबाट आउने विश्वास व्यक्त गरे ।

विशेष महाधिवेशनको माग सम्बन्धी हस्ताक्षरको विषयमा पनि आचार्यले नेतृत्वलाई गम्भीर भएर सोच्नुपर्ने सुझाब दिए । उनका शब्दमा — “कांग्रेस विशिष्ट समयमा विशेष महाधिवेशनमा गएको थियो, तर यसपटक त्यसले सकारात्मक परिणाम दिन्छ भन्ने लाग्दैन।”

बिज्ञापन

आचार्यका अनुसार अहिले आम जनताले कांग्रेसले महाधिवेशन सम्बन्धी के निर्णय गर्छ भन्नेमा आँखा लगाइरहेका छन् । उनले थपे — “२०७४ र २०७९ सालको समानुपातिक मतको परिणामले पनि पार्टीभित्र आत्ममूल्यांकनको माग गरिरहेको छ।”

उनको भनाइले कांग्रेसभित्र चुनावभन्दा अघि नेतृत्व र संगठनात्मक नवीकरणको आवश्यकता तीव्र रूपमा उठिरहेको संकेत दिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष