बालेनकै मान्छे माग्न थाले गृहमन्त्रीको राजीनामा, ईको काउन्टर – ‘सारथि फेरिए प्रधानमन्त्री पनि फेरिन्छ’

गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग्न थालिएको छ । काठमाडौं महानगरका मेयर बालेन शाहका निकटहरूले उनका राजीनामा माग्न सामाजिक सञ्जालमार्फत दबाब बढाएका हुन ।

बिज्ञापन

वालेनका दायाँ हात मानिएका भिक्टर पौडेलहरुको एउटा समूहले बालेन साले क्षमता देखाउन नसकेको भन्दै गृहमन्त्री अर्यालको राजीनामा माग्न थालेको हो । अर्याल यस अघि बालेनको कानुनी सल्लाहकार थिए ।

बिज्ञापन

गृहमन्त्री बनेपछि अर्यालले केपी शर्मा ओली र रमेश लेखकहरुलाई पक्राउ गर्न नसकेको भन्दै उनको राजीनामा मागिएको हो । सामाजिक सञ्जाल फेसबुकको मेन्स रुम (रिलोडेड) पेजमा गृहमन्त्री अर्यालको फोटो राखेर ‘कायर गृहमन्त्री,तुरुन्त राजिनामा दे’ लेखिएको छ । अगाडि लेखिएको छ, ‘तिम्लाई गृहमन्त्री बनाउनलाई ७५ जनाले बलिदान दिएको हैन । केपी ओलीको ढोंगले कुकुरहरुसँग डराउने गृहमन्त्री हाम्लाई चाहिएन ।’सोही स्टाटसमा कमेन्ट गर्दै भिक्टर पौडेलले लेखेका छन्, ‘लेट्स मेक अ ट्रेण्ड गाइज’ ।

यसरी वालेनको समूहले गृहमन्त्रीको राजीनामा माग्न थाले पछि छि सामाजिक अभियन्ता ईले सम्भावित जोखिमबारे काउन्टर गरेको छ । उक्त काउन्टरमा चेतावनी स्वरुप लेखिएको छ,भदौं २४ गते पहिलो प्राथमिकता बालेनलाई प्रधानमन्त्री बनाएर गोलमेच बोलाउनुथियो। शुरुमा तयार भएपनि परिस्थिति सोचेको भन्दा विकराल भएपछि उनले खुट्टा कमाए। दोस्रो प्राथमिकतामा रबि थिए तर विकशित परिस्थितिले उनको ओज कम गरिदियो, गराइयो। त्यसपछि २५ गते कल्याण श्रेष्ठलाई स्थापित गर्ने प्रयास चल्यो। तर संविधानका आधारभूत विषयमा उनको फरक मत सर्वस्वीकार्य भएन भन्ने बुझिएको छ। यी प्रयास प्रारम्भबिन्दूमा यस्तो सानो बृतमा सीमित थियो कि निर्मल निवास, अधिकांश दलका पदाधिकारी, र कैयन् शक्तिकेन्द्र यसबारे बेखबर थिए।

बिज्ञापन

थप अनिष्ट परिस्थिति टार्न सुशीला कार्की सर्वस्वीकार्य, सर्वविश्वाशिलो बन्नुभयो। यसमा बालेनसङ्ग राजनीतिक र सैद्धान्तिक अस्पष्टता कारण टाढिएका, सक्दो विधिसम्मत ढङ्गले चल्नुपर्छ भनेर प्रायः अडिग, ओमप्रकाश अर्यालको ठूलो भूमिका थियो। त्यसैले सल्लाहकार भूमिकामा सीमित रहन खोज्दाखोज्दै उनलाई नै गृहमन्त्री बनाउनुपर्ने अडान प्रधानमन्त्रीले लिनुभयो। उनको सट्टा प्राथमिकतामा राजु पाण्डे, नभए समावेशिताका लागि मीरा चौधरीलाई गृहमन्त्री बनाउन बालेन र उनका आसपासकाले हरसंभव प्रयास गरेकै हुन्। अहिलेपनि गर्दैछन्। गृहमन्त्री कमीकमजोरी रहित व्यक्ति होइनन् तर सारथी फेरिए भने प्रधानमन्त्री पनि फेरिने परिस्थिति विकशित हुनसक्छ।

ईले सामाजिक सञ्जालमार्फत २३ र २४ भदौको जेन–जी आन्दोलनपछि अन्तरिम सरकार गठन पक्रियाबारे स्मरण गराउँदै अहिले गृहमन्त्री अर्यालको राजीनामा माग गर्नु प्रतिउत्पादक हुने सक्ने चेतावनी दिएका छन् ।

‘गृहमन्त्री कमीकमजोरीरहित व्यक्ति होइनन् तर, सारथि फेरिए भने प्रधानमन्त्री पनि फेरिने परिस्थिति विकशित हुन सक्छ’, ईले भने, ‘यहाँ ठूलो भूराजनीतिक र स्थानीय शक्तिप्रतिष्पर्धा चल्दै छ । अधिकांश पक्षको आन्तरिक चाहना अस्पष्ट छ । के नवयुवाको रगत यसैको लागि बगेको हो ? कस्तो विडम्बना, कस्तो निर्लज्जता ।’

‘स्टन्टका लागि मात्र नभई विधिसम्मत र परिपक्व हिसाबले भदौ २३ र २४ मा भएका अपराधको सजाय अपराधीहरूले पाउनुनैपर्छ । आममानिसको हकमा मात्र नभई जवाफदेहिता र न्याय ओहदा नहेरी स्थापित हुनुपर्छ । समयमा चुनाव हुनैपर्छ । सबैको आ–आफ्नो स्वार्थपूर्ण निकास परिदृश्य होला, तर समाजको लागि उपयुक्त यही हो ।’ई ले भनेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दुई महिनापछि सचिव बैठक : ५५- ३० को प्रावधान र छड्के प्रवेशबारे छलफल

बालेनका सल्लाहकार सुवास र रास्वपा सांसद केपीको चियादानीले ७५ लाख कर छलेको भन्दै उजुरी

महानिर्देशक र निर्देशक थप चार दिन थुनामा

भिआइपी जोडिएको ई- पासपोर्ट अनियमितता : निगरानीमा परराष्ट्रका अधिकारीहरु

भेप तस्करी गुपचुप,बीवाईडीमा ‘क्लिन चिट’

अधिकृतसहित २ कर्मचारीविरुद्ध मुद्धा, १० जना रिहा

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

बिशेष