‘तपाईलाई मन्त्री बन्न नदिन ठूलै शक्ति लागेको छ’

सम्पदाकर्मी गणपतिलाल श्रेष्ठले मन्त्रालय परिवर्तन गरिएपछि आफूले मन्त्री पद अस्वीकार गरेको बताएका छन् ।

बिज्ञापन

सुशीला कार्कीको मन्त्रीपरिषदमा भूमिसुधार मन्त्रीमा प्रस्तावित सम्पदाकर्मी गणपतिलाल श्रेष्ठले प्रस्ताव अस्वीकार गरे । आफूलाई सुरुमा पर्यटन मन्त्री बनाउने भनिए पनि पछि फेरबदल गरिएको कारण उनले मन्त्री पद अस्वीकार गरेका हुन ।

बिज्ञापन

गणपतिले एक विज्ञप्ति जारी गरी आफूलाई पर्यटन मन्त्रालयको योजना बनाउन लगाएर अन्तिममा भूमि व्यवस्था मन्त्री बन्न भनिएपछि अस्वीकार गरेको स्पष्ट पारेका छन् ।

उनका अनुसार,गृहमन्त्री ओम प्रकाश अर्यालले फोन गरेर आफूविरुद्ध ठूलो शक्ति लागेको भन्दै प्रधानमन्त्रीलाई भेट्न सुझाएको उनको दावी छ । त्यसपछि प्रधानमन्त्रीसँग भेट्दा पर्यटन मन्त्रीमा अर्कैलाई वचन दिइसकेको भन्दै अर्कैतिर हेरेपछि आफूले मन्त्री बन्न अस्वीकार गरेको उनले बताएका छन् ।
मैले हिजो बेलुका मलाई दिनुभएको वचन चाहिँ के भनि प्रश्न गर्दा उहाँले कुनै जवाफ नदिइकन अर्कोतिर हेर्नुभयो । हाल बनेको सरकार विषय विज्ञताको आधारमा बन्नुपर्ने सर्वसाधारणको माग रहेको र मेरो धाराण पनि त्यही भएकाले म मन्त्री बन्नका लागि मात्रै मन्त्री बन्न अनुच्छिक रहेको पुन प्रष्ट पारेँ ।’

बिज्ञापन

गणपतिका अनुसार कात्तिक ८ गते प्रधानमन्त्रीज्यूको निवास बालुवाटारमा बोलाएपछि गृहमन्त्री र उर्जामन्त्री समेतको उपस्थितिमा मैले आफ्नो अनुभव तथा योजना सुनाएका थिए ।उहाँले मसँग संवाद गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मा दिन तपाईं सक्षम व्यक्ति रहेकाले भोलि सपथको तयारी गर्नुस भन्नुभयो ।त्यस अनुसार म आज विभिन्न विज्ञहरु तथा जात्रा पर्वमा संलग्न तथा सरोकारवालाहरुसँग छलफल गरिरहेको अवस्थामा विहान एकाएक सञ्चारमाध्यमबाट आफू भूमि व्यवस्था, सहकारी र गरिबी निवासर मन्त्रीको रुपमा नियुक्त हुुन लागेको जानकारी भयो ।’

त्यसपछि आजै विहान गृहमन्त्री ओम प्रकाश अर्यालले फोन गरेर आफूविरुद्ध ठूलो शक्ति लागेको भन्दै प्रधानमन्त्रीलाई भेट्न सुझाएको उनको दावी छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष