ती संगीता,यी गणपति र खगेन्द्र

सुशीलालाई मन्त्री छान्नै सकस,कि भ्रष्ट्राचार मुद्धा खेपेका,कि फौजदारी कसुर लागेका पात्र सिफारिस !

बिज्ञापन

६ महिनाभित्र चुनाव गराउने म्याण्डेट पाएर देशको नेतृत्व गर्ने अवसर पाएकी सुशीला कार्कीले महिना दिनसम्म मन्त्रिमण्डललाई पूर्णता दिन सकेकी छैनन् । तेस्रो प्रयासमा रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेर सुशीला कार्कीले थप चार जना व्यक्तिलाई मन्त्री नियुक्त गर्ने तयारी गरेकी थिइन तर तेस्रो प्रयासमा पनि उनले अगाडि बढाएको नाममा चौतर्फी आलोचना श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सिफारिस भएका खगेन्द्र सुनारको नाम मन्त्री बन्ने सूचीबाट काटिएको छ ।

बिज्ञापन

कार्कीले डा सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री, गणपति लाल श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्री र खगेन्द्र सुनारलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस गरिएको थियो । तर खगेन्द्र सुनारको शपथ अन्तिममा रोकिएको छ ।

सुनार फौजदारी मुद्दामा प्रतिवादी रहेको खुलासा भएपछि उनको शपथ नहुने भएको हो ।

बिज्ञापन

दैलेखको नारायण नगरपालिका–२ भैसेखोर घर भएका सुनार विरुद्ध २०८१ असारमा सुर्खेत जिल्ला अदालतमा फौजदारी मुद्दा दर्ता भएको भेटिएपछि सञ्चारमाध्यमहरूमा समाचार आएका थिए ।
स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मी माथि हातपात गरेका कसुरमा प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले उनलाई समेत प्रतिवादी बनाएर दायर गरेको मुद्दामा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । ०८१ असार १४ मा दायर भएको मुद्दा मा अदालतले ७ दिने पक्राउ पुर्जी जारी गर्दै पक्राउ नपरेमा ‘३५ दिने पुर्जी तामेल गरेर उपस्थित गराउनु’ भदै जिल्ला प्रहरी कार्यालय दैलेखमा पत्राचार गरेको थियो । २०८१ मङ्सिर २१ मा उनलाई पक्राउ गरेर उपस्थित गराइदिन भन्दै अदालतले पत्राचार गरेको थियो ।

यता त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठको पनि शपथ नहुने भएको छ ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीका सिफारिस भएका गणपतिलाल श्रेष्ठको पनि शपथ नहुने भएको छ । भूमिसम्बन्धी मुद्दा विचाराधीन रहेको विषय बाहिरिएपछि उनको पनि प्रधानमन्त्री कार्यालयले सिफारिस रोकेसँगै उनको पनि शपथ नहुने भएको छ ।

डा सुधा शर्मा गौतम, र बब्लु गुप्ताले भने आजै शपथ लिँदैछन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस अघि यसैगरी स्वास्थ्य मन्त्रीमा नाम सिफारिस गरिएको थियो डा संगीता कौशल मिश्राको नाम । उनको नाम पनि अन्तिम समयमा काटिएको थियो । स्वास्थ्यमन्त्री बन्न अतिरिक्त स्वास्थ्य सचिवबाट राजीनामा दिएकी कौशल मिश्राको नाम विवादमा आएपछि एकाएक काटिएको थियो । मिश्रामाथि मेडिकल उपकरण खरिद प्रकरणमा प्रतिवादी बनाएर विशेषमा मुद्धा दायर गरिसकेको छ ।
मेमोग्राम मेसिन खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा उनीविरुद्ध अख्तियारले तिहार अगाडि उनीसहितका १४ जनालाई प्रतिवादी बनाएर मुद्दा विशेषमा लगेको हो । अख्तियारले डा मिश्रा विरुद्ध १४ करोड ६ लाख ८५ हजार ५ सय विगो माग गर्दै मुद्दा हालेको छ। मन्त्री बन्ने लोभमा न त उनको जागिरै रह्यो न त मन्त्री पद । उल्टै अहिले भ्रष्ट्राचारको मुद्धा खेपिरहेकी छिन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ती संगीता,यी गणपति र खगेन्द्र

सुशीलाका क्याविनेटमा तीन पूर्व कर्मचारी

अधिकृत पदको माग आकृति फाराम भरेर पठाउन सामान्यको परिपत्र

अन्तरिम मन्त्रीको चर्चामा रहेका खगेन्द्र सुनारमाथि दुई मुद्दामा फरार अभियोग

मन्त्रिपरिषद् विस्तारको तयारी, यी हुन् आज थपिने ४ मन्त्री

तिहार सकिएसँगै कार्यालय फर्किँन थाले कर्मचारी (फोटोफिचर)

निजामती सेवामा आदिवासी जनजातीको १७ प्रतिशत प्रतितिधित्व

तीन घण्टा पढ्ने बानीले बनायो उपसचिव : खगेन्द्रको प्रेरणा

बिशेष