स्वागत नेपाललाई पक्राउ गर्ने तयारी

प्रहरीले अधिवक्ता स्वागत नेपाललाई पक्राउ गर्ने तयारी गरिएको छ । वास्तविक नाम भद्रप्रसाद शर्मा भए पनि स्वागत नेपालका नामले चिर परिचित छन् उनलाई प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ गर्न लागेको हो ।

बिज्ञापन

नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई तिहार लगतै पक्राउ गर्ने तयारी गरेको बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीको नैतिकताबारे सञ्चार माध्यममा प्रश्न उठाएको भन्दै नेपाललाई प्रहरीको साइवर ब्युरोले पक्राउ गर्न खोजेको हो । उनले संविधानविपरित कार्य हुँदा नैतिकताको प्रश्न यसअघि पनि सबै दलका प्रधानमन्त्री हुँदा समेत उठाएको र पक्राउ परेको भन्दै जेनजीले जायज माग उठाउँदा सुधार गर्नुपर्नेमा निरङ्कुशता लाद्न खोजेपछि चर्किएको बताएका छन् । साथै उनले सुशीला कार्कीले १० करोड घुसको सार्वजनिक गरेको प्रसङ्ग फेरि पनि उठाउने बताएका छन् ।

बिज्ञापन

नेपालको संविधानको ७६ ले गैरसांसद प्रधानमन्त्री बन्ने छुट दिँदैन । त्यस्तै धारा १३२ (२) मा ‘प्रधानन्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीश भइसकेको व्यक्ति यस संविधानमा अन्यथा उल्लेख भएकोमा बाहेक कुनै पनि सरकारी पदमा नियुक्तिका लागि ग्राह्य हुने छैन’ भन्ने व्यवस्था छ ।

पेसाले अधिवक्ता रहेका नेपाल राजावादी आन्दोलनका प्रवक्ता हुन् । १५ चैतमा पनि राजावादी आन्दोलनका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

बिज्ञापन

न त लामो राजनीतिक पृष्ठभूमि,न बिरासत भएको राजनीतिक दलबाटै चुनाव लडे । पत्रकारिता र कानुनी पृष्टभूमिबाट उठेका नेपाल स्वतन्त्र राष्ट्रिय अभियानको व्यानरमा क्रस खुकुरी चुनाव चिह्न लिएर झापा २ बाट संघीय निर्वाचनमा उत्रिएका थिए । स्वतन्त्र उम्मेदवारी दिएका उनले २६ हजार ४४१ मत ल्याउँदा उनीसँगै चुनावी प्रतिष्प्रर्धामा होमिएका देवराज घिमिरेले २ हजार २५६ बढी मत ल्याए र अहिले संघीय संसदको सभामुखको भूमिकामा छन् ।

चाहे अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा सडकमा उत्रदा होस वा १२ बर्ष अघि नै दल वा नेताविरुद्ध नभइ ‘राइट टु रिजेक्ट’ अधिकारको व्यवस्था माग गर्दै सर्वाेच्चमा मुद्धा दायर गरी एक दशकअघि निर्देशनात्मक आदेश जारी गरेको सबाल होस सरकारको कतिपय विवादित नीतिहरुलाई प्रतिपक्षी संसदहरुले सदनबाट फेल गराएझैं अदालतमा मुद्धा मामिला गरेर फेल गराउँदै आएका उनी यस अघि पूर्व गृहमन्त्री बालकृष्ण खाँणको विपक्षमा बहस गरेर चर्चामा रहेका अधिवक्ता हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष