पछिल्लो समय जेनजीका नाममा अराजक गतिविधि गर्नेहरुमध्ये केहीले कीर्ते नागरिकता त केहीले प्रहरीको नक्कली परिचयपत्र बनाएको बिषय बाहिर आएको छ ।
बिज्ञापन
कर्मचारीलाई घरबाटै थुत्ने भन्दै धम्क्याउने जेनजी अभियन्ता अर्जुनबहादुर शाही पक्राउ गरेर अनुसन्धान अगाडि बढाउँदा प्रहरीले उनका साथबाट प्रहरीको परिचयपत्र फेला पारेको छ ।
बिज्ञापन
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षे शाही विभिन्न केशका फरार अभियुक्त हुन । गत वैशाख २३ गते उनीविरुद्ध विद्या श्रेष्ठले स्वयम्भु वृतमा बैंकिङ कसुरमा उजुरी दिएकी थिइन्। अर्जुन यो केसमा फरार आरोपी हुन्।
जस्तै जेनजीको नाममा जलविद्युत परियोजनाका १० प्रतिशत शेयर माग्नेदेखि असुलीधन्दा चलाउनेहरु देखिने थालेका छन् । गत ११ असोजमा जेन–जीको नाममा असुली धन्दा चलाएको आरोपमा ककनीका युवराज गुरुङ पक्राउ परेकाछन् । प्रहरीका अनुसार, सानुभाइ भनेर चिनिने उनले व्यवसायीहरूलाई जेन–जी हुँ भन्दै धम्क्याउने गरेका थिए । कांग्रेसनिकट गुरूङलाई यसअघि प्रहरीले क्लब ओम्निया ठमेलका सञ्चालक राजेन्द्र गुरुङमाथि आक्रमण गरेको आरोपमा पक्राउ गरेको थियो ।
बिज्ञापन
उता प्रहरीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरबाट बुद्ध मूर्ति चोरेको आरोपमा चितवनको कालिका नगरपालिका–६ टाँडी घर भएका २९ वर्षीय विजय लामालाई पक्राउ गरेको छ । पेप्सीकोलाबाट पक्राउ गरेका लामाको डेराबाट प्रहरीले बुद्ध मूर्ति, गणेशको मूर्ति र शंख बरामद गरेको छ ।
हतियार प्रदर्शनको भिडियो सार्वजनिक भएपछि हिरासतमा पुगेका टिबेटन ओरिजन अफ ब्लड (टिओबी) का नेता तेन्जिन लामाको जन्मदर्ता र नागरिकता प्रमाणपत्रमा कैफियत भेटिएको छ । उनको बिषयमा काठमाण्डौ प्रहरी परिसरले छानविन शुरु गरेको छ । उनले सार्वजनिक गरेको जन्मदर्ता प्रमाणपत्रमा २०६३ साल फागुन १० गते वडा कार्यालयबाट दर्ता भएको देखिन्छ ।
दावाले प्रहरीमा बुझाएको जन्मदर्तामा नेपाल सरकार र श्री ५ को सरकार दुवै छाप प्रयोग भएको भेटिएको छ । टिओबीका नेता तेन्जिन लामाको जन्मदर्ता र नागरिकता प्रमाणपत्रमा कैफियत भेटिएपछि काठमाडौं प्रहरी परिसरले छानबिन सुरु गरेको हो। उनले सार्वजनिक गरेको जन्मदर्ता प्रमाणपत्रमा २०६३ साल फागुन १० गते वडा कार्यालयबाट दर्ता भएको देखिन्छ। तर, सो मिति शनिबार परेको कारण सरकारी कार्यालयहरू बन्द रहने दिनमा दोहोरो छाप प्रयोग गरेर जन्मदर्ता कसरी भयो भन्ने गम्भीर प्रश्न उठेको छ। शनिबारको मितिमा सरकारी कार्यालयहरू बन्द रहने दिनमा दर्ता कसरी भयो भन्ने गम्भीर प्रश्न उठ्न थालेको छ ।