राष्ट्रपतिले बोलाए प्रधानमन्त्री‍सहितको सर्वदलीय बैठक

राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनपछि उत्पन्न नयाँ परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।

बिज्ञापन

राजनीतिक दलहरूमा देखिएको अविश्वास घटाउन र निर्वाचनको वातावरण बनाउन राष्ट्रपति पौडेलले आज अपराह्न ४ बजेका लागि सर्वदलीय बैठक बोलाएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

बिज्ञापन

जेनजी आन्दोलनको बलमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रपति पौडेलले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन्। निर्वाचन कार्यतालिका सार्वजनिक भइसक्दा पनि सरकारले संवाद अगाडि नबढाएको भनेर दलहरूले प्रश्न उठाइरहेका छन्।

हिजो नै प्रधानमन्त्री कार्की र केही मन्त्रीहरू राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए। भेटमा राष्ट्रपति पौडेलले पनि निर्वाचनबारे चासो राखेका थिए। त्यसका लागि सबै राजनीतिक दलहरूसँग संवाद र पहल गर्नुपर्ने राष्ट्रपतिको धारणा थियो।

बिज्ञापन

त्यसपछि प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण बनाउन दलहरूसँग संवादको पहल गरिदिन राष्ट्रपति पौडेललाई अनुरोध गरेकी थिइन्। सोही अनुसार राष्ट्रपति पौडेलले शुक्रबार बस्नेगरी सरकार र विघटित प्रतिनिधि सभामा रहेका सबै दलहरूलाई छलफलमा डाकेका हुन्।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङ भन्सार फेरि विवादमा : दुई गाडीमा ठूलो परिमाणमा भेप रहेको स्रोतको दाबी

लोकसेवा आयोगले गर्यो परीक्षाको कार्यक्रम संशोधन

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

राष्ट्रिय किताबखानामा संगठन तथा पद दर्ताको काम तीव्र, १० मन्त्रालयका १३७ निकायको दर्ता सम्पन्न

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

फेरियो स्वास्थ्य मन्त्रालयको संगठन संरचना : ४ अतिरिक्त सचिव खारेज,अब ४ वटामात्र महाशाखा

१०० भन्दा बढी अधिकृतको सरुवाको तयारी, मन्त्री रावलमाथि ‘बेमौसमी सरुवा’मा केन्द्रित भएको आरोप

बिशेष