काँग्रेसको बैठकमा देउवा नजाने,पूर्णबहादुरले चलाउने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफैँले बोलाएको पार्टी पदाधिकारी बैठकमा सहभागी नहुने भएका छन्। आज डाकिएको पदाधिकारी बैठकमा देउवा अनुपस्थिति हुने भए पछि पार्टीका उपसभापति पूर्णबहादुर खड्काले बैठक सञ्चालन गर्नेछन् ।

बिज्ञापन

जेनजी आन्दोलनका क्रममा आक्रमणमा परी घाइते भएका देउवाले पहिलोपटक आज दिउँसो १ बजे बस्ने गरी कांग्रेसको पदाधिकारी बैठक बोलाएका हुन्। तर उनी आफैँ भने बैठकमा सहभागी नहुने भएका हुन । जेनजी आन्दोलनका क्रममा सभापति देउवालाई भदौ २४ गते आन्दोलनकारीले आफ्नै निवास बूढानीलकण्ठमा घरबाट बाहिर निकाली कुटपिट गरेका थिए । कुटपिटबाट देउवाको गर्दनमा गहिरो चोट लागेको थियो । त्यो चोटमा १२ टाँका लगाइएको थियो ।

बिज्ञापन

बैठकमा पूर्वपदाधिकारी र इतर समूहका नेता डा। शेखर कोइरालालाई बोलाइएको छ । आजको बैठकमा असोज २६ गते आइतबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा तय गर्नका लागि पदाधिकारी बैठक बोलाइएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष