पूर्व प्रशासक खनाललाई सामान्य प्रशासन मन्त्रालयको पनि जिम्मेवारी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पूर्व अर्थसचिव रामेश्वर खनालले पाएका छन् ।

बिज्ञापन

प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् बैठक बिस्तार तथा हेरफेर गर्दा अर्थमन्त्री समेत रहेका रामेश्वर खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पनि दिइएको हो ।
यस्तै गृहमन्त्री ओमप्रकाश अर्याललाई कानुन मन्त्रालयको जिम्मेवारी कटौती गरिएको छ । यस अघि कानुन मन्त्रालयको समेत जिम्मेवारीमा रहेका अर्यालले गृह मन्त्रालयको मात्र जिम्मेवारी सम्हाल्नेछन् । कानुन मन्त्रालयको जिम्मेवारी पूर्व न्यायधीश अनिलकुमार सिन्हाले सम्हाल्ने भएका छन् ।

बिज्ञापन

मन्त्री सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानून न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मन्त्री पुनले शिक्षा, विज्ञान तथा प्रविधि, मन्त्री परियारले कृषि तथा पशुपन्छी र मन्त्री खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।

मन्त्रिपरिषद् ८ सदस्यीय भएको छ । कुलमान घिसिङ र सिन्हालाई तीन तीन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

बिज्ञापन

रामेश्वर खनाललाई २ मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै डा मदन परियारलाई कृषि, महाविर पुनलाई शिक्षा र जगदिश खरेललाई सञ्चार गरी एकरएक मन्त्रालय मात्र दिइएको छ । अरु  ९ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीसँगै छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

म्यानपावर व्यवसायीलाई मन्त्रालयमा माला

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

अर्काे पूर्व महानिर्देशक कारागार चलान

दुई महिनापछि सचिव बैठक : ५५- ३० को प्रावधान र छड्के प्रवेशबारे छलफल

बालेनका सल्लाहकार सुवास र रास्वपा सांसद केपीको चियादानीले ७५ लाख कर छलेको भन्दै उजुरी

महानिर्देशक र निर्देशक थप चार दिन थुनामा

भिआइपी जोडिएको ई- पासपोर्ट अनियमितता : निगरानीमा परराष्ट्रका अधिकारीहरु

भेप तस्करी गुपचुप,बीवाईडीमा ‘क्लिन चिट’

बिशेष