अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । नयाँ मन्त्रीहरूले आज दिउँसो २ बजे शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।
बिज्ञापन
कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्र र पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गरेको खबर सार्वजनिक भइसकेको छ । तर यी नाममा अन्तिम समयमा केही फेरबदल हुन सक्ने सम्भावना पनि देखिएको छ ।
बिज्ञापन
गत भदौ २७ गते प्रधानमन्त्री बनेकी कार्कीले अहिले सम्म तीन मन्त्रीको साथमा सरकार सञ्चालन गरिरहेकी छन् । मन्त्रिपरिषद् विस्तारपछि सरकारलाई पूर्णता दिने प्रक्रिया अघि बढ्ने बताइएको छ ।