गोसाइँकुण्ड गाउँपालिका, स्याफ्रुबेंसीले नागुङ–धुन्चे खानेपानी आयोजनालाई करिब १ करोड ३७ लाख रुपैयाँमा ठेक्का दिने निर्णय गरेपछि सामाजिक सञ्जालमा आक्रोशको लहर फैलिएको छ।
बिज्ञापन
बिज्ञापन
गाउँपालिकाले पाल्विश कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि., धादिङलाई रु. १३,७३१,५९७.९७ (अक्षरेपी एक करोड सैतीस लाख एकतीस हजार पाँच सय सन्तानब्बे रुपैयाँ छयानब्बे पैसा) मा ठेक्का स्वीकृत गरेको सूचना सार्वजनिक गरेको हो। कम्पनीलाई १५ दिनभित्र सम्झौता गर्न र ६ लाख ८६ हजार ६ सय रुपैयाँ बराबरको कार्यसम्पादन सुरक्षा पेश गर्न भनिएको छ।
बिज्ञापन
तर, आयोजना स्वीकृत भएको केही दिनमै यो प्रक्रिया नै शंकास्पद भएको भन्दै भ्रष्टाचार र कमीशनको खेलमा जनताको पैसामाथि डकैती भएको आरोप लाग्न थालेको छ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले कटाक्ष गर्दै लेखेका छन्: “रु. १३७३१५९७.९७ को नागुङ–धुन्चे खानेपानी आयोजना को पानी आखिर कसले पिइरहेको छ? हाजिर गरौँ, अब नगरे कहिले गर्ने? हामीले नगरे कस्ले गर्ने??”
अर्का प्रयोगकर्ताले लेखेका छन्: “युवा शक्ति सरकार ढाल्न सक्छ भने एउटै आवाजले भ्रस्टाचार अन्त्य गर्न सकिन्छ। जय धुङ्लाङ!”
जनताले आवश्यक खानेपानी नपाई ठेकदार र अधिकारीबीच भागबण्डाको खेल खेलिएको भन्दै योजनाको औचित्यमाथि गम्भीर प्रश्न उठाएका छन्। स्थानीय बासिन्दाले समेत आयोजनाको नाममा बजेट तोकिने तर काम भने देख्नै नसकिने पुराना उदाहरण सम्झिँदै यस पटक पनि जनताको पैसामा ठगी हुने आशंका प्रकट गरेका छन्।
गाउँपालिकाले भने प्रक्रिया पारदर्शी भएको दाबी गर्दै बोलपत्र नियमअनुसार ठेक्का स्वीकृत गरिएको जनाएको छ। तर, नागरिकले भने –“पारदर्शिता भन्दै औपचारिकता पूरा गर्ने, तर जमिनमा पानी नआउने यस्ता आयोजना अब जनताले स्वीकार गर्दैनन्।”“स्थानीय तहले वर्षौँदेखि बजेट निकालेको दाबी गर्छ, तर अझैसम्म खानेपानी योजनाको प्रगति शून्य छ। बजेट निकालेर सकिसक्यो तर पानीको अत्तोपत्तो छैन।”“योजनाको बजेट सकिएको भए पनि जनतालाई सुविधा पुगेको छैन। बजेट निकालेर सकिसक्यो तर पानीको अत्तोपत्तो छैन।”
यो पनि पढ्नुहोस्।
गोसाइकुण्डमा कैसाङको कमाल :- बर्ष दिनमै १ करोड ५९ लाख अनियमित खर्च
गोसाइकुण्ड पालिकामा पाइलैपिच्छे भ्रष्टाचार : बाहिरियो अर्काे १ करोड २० लाख हिनामिनाको प्रमाण
कीर्ते प्रकरणमा वडा सचिव दोषी ठहर,एक बर्ष कैद र पचास हजार जरिवाना
एम्बुलेन्स किन्न हाइड्रोबाट पालिकाले लियो ८७ लाख,खर्च गर्न नसकेर विल्लीबाठ