एकीकृत सरकारी कर्मचारी संगठनले सरुवा गर्दा हुने पक्षपात,अपारदर्शीता, मापदण्डहिनताले कर्मचारीहरुमा भयकंर निराशा निम्त्याएको ठहर गरेको छ । तल्ला तह देखि उपल्ला तहसम्मका कर्मचारी सरुवा गर्दा पक्षपात,अपारदर्शी र मापदण्डविपरित सरुवा गरिँदा सरुवामा देखिएको वेथितिको कारणले कर्मचारीतन्त्र वदनाम हुन पुगेको उक्त संगठनले ठहर गरेको हो ।
बिज्ञापन
सरुवा गर्दा मापदण्ड बनाएर चक्रीय प्रणाली अनुरुप निष्पक्ष र पारदर्शी ढंगले गर्न समेत सो संगठनले माग गरेको छ । उक्त संगठनका महासचिव प्रकाश राईद्धारा जारी विज्ञप्तिमा सर्वमान्य मापदण्ड विपरीत हुने सरुवाको वेथितिको विरुद्ध संगठनले शसक्त प्रतिवाद गर्न बाध्य हुने समेत चेतावनी दिइएको छ ।
बिज्ञापन
यस्तै आर्थिक वर्षको प्रारम्भसँगै लामो समय देखि आफ्नो जीवन राष्ट्रसेवामा अविछिन्न रुपमा समर्पण गरिरहेका करार सेवाका कर्मचारीहरुलाई श्रम अधिकार विपरित हुने गरी, अमानवीय र स्वच्छेचारी ढंगले रोजगारी खोस्ने दुष्प्रयास हुने गरेको छ । यस्तो कामको निन्दा गर्दै कुनै पनि बहानामा रोजगारी नखोस्न जोडदार माग समेत गरेको छ ।
यस्तै करारका कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध गर्ने घोषणा नेपाल सरकारले मिति २०८२ वैशाख १ गतेको राजपत्र मार्फत सूचित गरेको भए पनि यसको कार्यान्वयमा अन्यौलता देखिएकोले आम सरोकारवाला निराश रहेको उल्लेख गर्दै यस्तो अन्यौलताले सरकारी निर्णयको विश्वसनियता माथि प्रश्न उठेकोतर्फ ध्यानाकर्षण गराउँदै करारका कर्मचारीहलाई नेपाल सरकारको निर्णय बमोजिम अविलम्व सामाजिक सुरक्षा योजनामा आवद्ध गराउन जोडदार माग समेत गरेको छ ।
बिज्ञापन
उता,नापी कार्यालय खैरहनी,चितवनका प्रमुख शालिकराम लम्सालमाथि भएको दुर्व्यवहारको घटनालाई एकीकृत सरकारी कर्मचारी संगठनले भत्र्सना गरेको छ ।
गत २७ गते नापी कार्यालय खैरहनी, चितवनका कार्यालय प्रमुख इ शालिग्राम लम्साललाई नेकपा बहुमतको कार्यकर्ताहरुले कार्यकक्षमा प्रवेश गरी मोसो दलेको थिए । सो घटनाप्रति संगठन स्तब्ध भएको जनाएको छ ।
संगठनका महासचिव प्रकाश राईद्धारा जारी विज्ञप्तिमा पी कार्यालय, खैरहनी चितवनका कार्यालय प्रमुख माथि भएको पछिल्लो घट्ना एक प्रतिनिधि घटना मात्रै भएको र यस्तो घट्ना दोहोरिहनुमा दण्डहिनता नै मुख्य कारण हो । त्यसैले दोषीलाई कडा कारबाहीको माग गर्दछौं । कर्मचारीहरुको कार्यस्थलको सुरक्षाको ज्ञारेन्टी सहित संगठनले उठाईरहेको यस्तो कसुरको लागि विशेष कानुनी प्रवन्धको लागि समेत पुन स्मरण गराएको छ ।
यता, घटनाको विरोधस्वरुप नापी कार्यालय खैरहनीका कर्मचारीहरुले सेवा ठप्प पारेकोमा केन्द्रीय नापी विभागको निर्देशनपछि सुचारु भएको छ । विभागका महानिर्देशक प्रकाश जोशीका अनुसार सेवा पूर्णरुपमा सुचारु भइसकेको छ ।
यता मोसो दलिएकोमा नापी कार्यालय खैरहनीका प्रमुख शालिकराम लम्सालले चन्दा नदिएकै कारण आफूमाथि दुर्व्यवहार भएको जनाएका छन् ।