राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागले ऊर्जा तथा जलस्रोत क्षेत्रका तीनजना विज्ञलाई विज्ञ सल्लाहकारमा मनोनयन गरेको छ।
बिज्ञापन
आइतबार नेपाल सरकारका पूर्वसचिव ई देवेन्द्र कार्की, ई सुशील चन्द्र तिवारी र ई मधु भेटुवाललाई औपचारिक रूपमा विज्ञ सल्लाहकारमा नियुक्त गरिएको हो ।
बिज्ञापन
जसमध्ये ऊर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्रालयबाट देवेन्द्र कार्कीले २०७९ जेठ ४ गते अवकाश पाएका थिए । १३ असार २०८१ मा तिवारीले अवकाश पाएका हुन । यस्तै ६ जेठ २०८२ मा मधु भेटवालले अवकाश पाएका थिए ।
सो पार्टीका सल्लाहकारमा नियुक्त भएका तिनै जना इञ्जिनियर हुन । विगतमा नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, जल तथा ऊर्जा आयोग लगायतका निकायहरूमा नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेका छन् ।
बिज्ञापन
रास्वपापले गैरसदस्यहरुलाई समेत विज्ञताका आधारमा पार्टीको विज्ञ सल्लाहकारमा मनोनयन गर्न सक्ने ब्यवस्था गरेको छ।