नियुक्ति भएको तीन महिनामै किन दिए डिजीले राजीनामा ?

खानी तथा भूगर्भ विभागका महानिर्देशक दिनेश नेपालीले पदबाट राजीनामा दिएका छन् । नियुक्ति भएको तीन महिना नबित्दै उनले महानिर्देशकको पदबाट राजीनामा दिएका हुन ।

बिज्ञापन

उद्योग मन्त्री दामोदर भण्डारी र व्यवसायीहरुको दवाव चर्काे थेग्न नसकेपछि सहसचिव तथा खानी तथा भूगर्भ विभागमा महानिर्देशक दिनेश नेपालीले राजीनामा  दिएको स्रोतको दावी छ ।  गत माघमा यस अघिका महानिर्देशक रामप्रसाद घिमिरे सचिवमा बढूवा भएसँगै रिक्त हुन पुगेको उक्त पदमा नेपालीले नियुक्ति पाएका थिए तर तीन महिना नबित्दै उनले पदबाट राजीनामा दिएका हुन ।

बिज्ञापन

यस अघि सरकारका उद्योग मातहतको विभागको महानिर्देशक चलाइसकेका एक सहसचिवले भने,मान्छेहरु डिजी बन्नका लागि मरिहत्ये गर्दछन्,पाउ पोल्नेदेखि भेटी चढाउनेसम्मका गतिविधि गर्दछन् । बल्ल तल्ल पाएको डिजी पद विना कारण तीन महिनामै छोड्नुको पछाडि राजनीतिक र व्यवसायिक दवाव नै मुख्य कारक हुनसक्छ ।

उद्योग मन्त्रालय स्रोतका अनुसार,नेपालीले गत वैशाख २ गते पदबाट राजीनामा दिएका हुन तर उनको राजीनामा स्वीकृत भइनसकेको जनाइएको छ ।

बिज्ञापन

खानी तथा भूगर्भ विभागले सिमेन्ट उद्योगको अनुमगनदेखि इजाजतसम्मको काम गर्दै आएको छ । उद्योगी व्यवसायीहरुको चर्काे दवाव थेग्न नसकेपछि उनले राजीनामा दिएको बताइएको छ । यद्यपि नेपालीले भने पारिवारिक कारण देखाएर पदबाट राजीनामा दिएको बताउने गरेका छन् ।

खानी तथा भूगर्भ विभागका सात जना सहसचिवको दरबन्दी रहेको छ । जसमा रहेकामध्ये माइनिङ र जियोलोजीतर्फ कार्यरत रामप्रसाद घिमिरे र जयराज घिमिरे अवकाश पाइसकेका छन् । भूगर्भका राजेन्द्र भण्डारी काजमा शिक्षा मन्त्रालयमा कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नेपाल टेलिकमको खरिदमा विदेश भ्रमणको खेल: हवाई टिकट, होटल र भत्तामा लाखौँ खर्चको हिसाब खोजियो

नेपालको इतिहासमा प्रामाणिक इतिहास लेखनको अवस्था वारे बौध्दिक बहस  

सार्वजनिक सेवा सुधार्न गृहको पाँच बुँदे परिपत्र

५२ जना अधिकृत र ९ जना उपसचिव गरी ६१ जना कर्मचारीको सरुवा

९ उपसचिवको सरुवा : २ पुगे संघीय मन्त्रालयबाट स्थानीय तह

दुई सहसचिवलाई कारवाहीका लागि सिफारिस

अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रधानमन्त्री भेटेर निस्कँदै गर्दा किस्पाङ अध्यक्ष तामाङ सिंहदरबारबाट पक्राउ

बिशेष