नियुक्ति भएको तीन महिनामै किन दिए डिजीले राजीनामा ?

खानी तथा भूगर्भ विभागका महानिर्देशक दिनेश नेपालीले पदबाट राजीनामा दिएका छन् । नियुक्ति भएको तीन महिना नबित्दै उनले महानिर्देशकको पदबाट राजीनामा दिएका हुन ।

बिज्ञापन

उद्योग मन्त्री दामोदर भण्डारी र व्यवसायीहरुको दवाव चर्काे थेग्न नसकेपछि सहसचिव तथा खानी तथा भूगर्भ विभागमा महानिर्देशक दिनेश नेपालीले राजीनामा  दिएको स्रोतको दावी छ ।  गत माघमा यस अघिका महानिर्देशक रामप्रसाद घिमिरे सचिवमा बढूवा भएसँगै रिक्त हुन पुगेको उक्त पदमा नेपालीले नियुक्ति पाएका थिए तर तीन महिना नबित्दै उनले पदबाट राजीनामा दिएका हुन ।

बिज्ञापन

यस अघि सरकारका उद्योग मातहतको विभागको महानिर्देशक चलाइसकेका एक सहसचिवले भने,मान्छेहरु डिजी बन्नका लागि मरिहत्ये गर्दछन्,पाउ पोल्नेदेखि भेटी चढाउनेसम्मका गतिविधि गर्दछन् । बल्ल तल्ल पाएको डिजी पद विना कारण तीन महिनामै छोड्नुको पछाडि राजनीतिक र व्यवसायिक दवाव नै मुख्य कारक हुनसक्छ ।

उद्योग मन्त्रालय स्रोतका अनुसार,नेपालीले गत वैशाख २ गते पदबाट राजीनामा दिएका हुन तर उनको राजीनामा स्वीकृत भइनसकेको जनाइएको छ ।

बिज्ञापन

खानी तथा भूगर्भ विभागले सिमेन्ट उद्योगको अनुमगनदेखि इजाजतसम्मको काम गर्दै आएको छ । उद्योगी व्यवसायीहरुको चर्काे दवाव थेग्न नसकेपछि उनले राजीनामा दिएको बताइएको छ । यद्यपि नेपालीले भने पारिवारिक कारण देखाएर पदबाट राजीनामा दिएको बताउने गरेका छन् ।

खानी तथा भूगर्भ विभागका सात जना सहसचिवको दरबन्दी रहेको छ । जसमा रहेकामध्ये माइनिङ र जियोलोजीतर्फ कार्यरत रामप्रसाद घिमिरे र जयराज घिमिरे अवकाश पाइसकेका छन् । भूगर्भका राजेन्द्र भण्डारी काजमा शिक्षा मन्त्रालयमा कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी नयाँ व्यवस्थासहित पारित हुँदैछ निजामती विद्येयक

बढ्यो निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर हद

कुलिङ पिरियड र अतिरिक्त सचिवको विषयमा माओवादीको असहमति,भेटनरी सेवा थप गर्नुपर्ने जिकिर

महिला कर्मचारीले गर्भाधारणको अवस्थामा बिदा पाउने

शिक्षाका सहसचिवलाई प्रमुख प्रशासकीयको जिम्मेवारी दिएर खटाइयो,महानगरपालिका भन्छ :’ हाजिर हुनै दिन्नौं’

उता विद्येयक पासको तयारी,यता आन्दोलनको घोषणा

निजामती विद्येयकमा राखियो अन्तर स्थानीय र अन्तर प्रदेश सरुवाको व्यवस्था,दोहोरो सहमति अनिवार्य

नियुक्ति भएको तीन महिनामै किन दिए डिजीले राजीनामा ?

बिशेष