सूचना चुहिन थाले पछि आतिए डिजी,दिए जागिर खाने धम्की

राजश्व अनुसन्धान विभागका महानिर्देशक चण्डी घिमिरेले विभागको आन्तरिक सूचना चुहाउनेको जागिर खाने धम्की दिएका छन् ।  पछिल्लो समय राजश्व अनुसन्धान विभागका आन्तरिक सूचनाहरु चुहिन थालेपछि विभागले महानिर्देशक घिमिरेले निर्देशक र अधिकृतहरुलाई डाकेर बैठक डाकेर यस्तो धम्की दिएका हुन ।

बिज्ञापन

अघिल्लो साता मध्यान्ह विभागकै बैठक कक्षमा महानिर्देशक चण्डी घिमिरे, कृष्णकुमारी श्रेष्ठ,निर्देशक मणिराम पौडेल,नवराज अधिकारी,राजन विसी,केदार कोइराला,नारायण प्रसाद मैनाली,प्रकाश पोखरेलका अलवा विभागका अधिकृतहरुलाई उक्त बैठकमा डाकिएको थियो ।

बिज्ञापन

उक्त छलफलमा महानिर्देशक चण्डी घिमिरेलाई उदृत गर्दै स्रोतले भन्यो ‘तपाईहरुलाई यहाँ बस्न मन छ भने राम्रोसँग काम गर्नुस, होइन भने बाटो खुल्ला छ” भन्न भ्याए ।
हालैमात्र उपसचिवबाट सहसचिवमा बढुवा भएर विभागमा पुगेकी  कृष्णकुमारी श्रेष्ठले आफ्नो पीडा पोखिन महानिर्देशक कहाँ जानुभयो भन्ने बिषय यहाँको नासु खरिदारहरुलाई थाहा हुन्छ मलाइ केही जानकारी हुन्न किन ?

पछिल्लो समय छायाँ डिजी बनेका निर्देशक राजन बिसीले आफ्नो मेरो मुख छुच्चो भएको र आफ्नो कारण कर्मचारीहरु रुष्ट रहेकोले म खासै केही बोल्दिन हैं भने ।

बिज्ञापन

सो बैठकमा हर्ताकर्ता देखिए नासु रामप्रसाद घिमिरेले उनले विभागका निर्देशक र अधिकृतहरुलाई थर्काउने शैलीमा भने,तपाईहरु जति जुध्नुहुन्छ कार्यालय भित्र बरु जुध्नुहोस लड्नुहोस तर बाहिर कुरा नलैजानुहोला । जहाँ पायो त्यही जस्तो पनि बोलिदिएको छ भन्दै उनले हाकिमहरुप्रति रोष पोखे । उनले यसरी बोल्दा कसैले प्रतिक्रिया दिएको सुनिएन । घिमिरे त्यहाँको कम्युटर अपरेटर हुन । यस अघि लामो समय इटहरीमा दुई बर्ष बसेर राजश्व अनुसन्धान विभागमा आएका हुन । अहिले त्यहाँ स्टोर किपरको भूमिकामा छन् । यस अघि पटक पटक सरुवामा परेर उल्टाउँदै आएका उनी अहिले एउटै जिल्लाबासी र थर समेत मिल्ने चण्डी घिमिरे उक्त कार्यालयको महानिर्देशक बनेर आएसँगै हाकिमको दाहिने हात बन्न पुगेका छन्,पछिल्लो समय ।

यस अघि नै घिमिरेको यस गत जेठमा त्यहाँबाट सरुवा भएको थियो । ०८१ साल जेठ १२ गते उनको सरुवा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत भएको सरुवा उल्टार उनी अहिले सो कार्यालयको छायाँ हाकिम बन्न थालेका छन् ।

२०७९ साल माघ १९ गते सहसचिवमा बढुवा भएका घिमिरेले गत भदौं ७ को निर्णय अनुसार विभागमा पुगेका थिए । उनले अब बढीमा आगमी असार सम्म जागिर खानेछन्,त्यसपछि उनी अवकाशमा जान लागेका छन् । उनै चण्डीका कार्यशैलीका कारण कर्मचारीमात्र होइन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिवालय समेत खुसी छैन भनिन्छ । व्यापारी र दलका नेताको स्वार्थमा चल्दा भन्सार राजस्व गिर्दो छ, राजस्व चुहावट गहिरिँदै गएको आवाज सुनिन्छ । क्षेत्राधिकार तोकिएको छ, राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनसम्बन्धी कसुरमा अनुसन्धान, तहकिकात र अभियोजन गर्ने तर कमरेडी भर्तीकेन्द्र बन्दा राजश्व अनुसन्धान विभाग अहिले दमदार देखिन्न । प्रधानमन्त्री कार्यालयले घिमिरेको विकल्प खोजिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

उता पछिल्लो समय विभागले ठूल्ठूला व्यापारिक फर्महरुमा छापा मार्ने,मोलाहिजा गर्ने गरेको गुनासो चुलिए पछि अख्तियारले समेत ती फाइलहरु मागेको स्रोतको दावी छ । विशेष गरी राजन बिसी,मणिराम पौडेलले हेरेका फाइलहरुमा कैफियत देखिएको विभाग स्रोतले जनाएको छ ।

यसरी आन्तरिक सूचनाहरु चुहावट हुन थालेपछि पछिल्लो चरणमा त्यहाँका कर्मचारीहरुलाई समेत एक शाखाबाट अर्काे शाखामा जान समेत प्रतिवन्ध लगाइएको छ ।

सभामुखको पावर लगाएर सुव्वाले पटक पटक उल्टाए सरुवा  

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नेपालको इतिहासमा प्रामाणिक इतिहास लेखनको अवस्था वारे बौध्दिक बहस  

सार्वजनिक सेवा सुधार्न गृहको पाँच बुँदे परिपत्र

५२ जना अधिकृत र ९ जना उपसचिव गरी ६१ जना कर्मचारीको सरुवा

९ उपसचिवको सरुवा : २ पुगे संघीय मन्त्रालयबाट स्थानीय तह

दुई सहसचिवलाई कारवाहीका लागि सिफारिस

अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रधानमन्त्री भेटेर निस्कँदै गर्दा किस्पाङ अध्यक्ष तामाङ सिंहदरबारबाट पक्राउ

बाढी गएको १९ दिनपछि प्रधानमन्त्रीले भेटे जनप्रतिनिधिलाई

बिशेष