कोरियाको जागिर छाडेर कुभिण्डो र बुंगोको व्यापारमा जमिरहेका रामचन्द्र

औसत,नेपालीको सपना हुन्छ,काठमाडौंमा चार आना जग्गामा दुई तल्ले घर उभ्याउनू । त्यही सपना साकार पार्ने मरभूमीमा झिरमा उनिएको सेकुवाझैं पोलिन्छन् तर मलाई कंक्रिट काठमाडौंले उति तानेन । हामीजस्ता भुँइमान्छेका लागि होइन यो उपत्याका । परिवारमा ८ सन्तानमध्ये एक्लो छोरा । सात दिदीबहिनीको एक्लो भाइ/दाइ । रसुवाको बाँदर लड्ने भीरबाट सिफ्ट भयो अलिकति उब्जनी हुने ठाउँ नुवाकोटको लिखु गाउँपालिका,चौघडा । स्कूले शिक्षा पूरा गरेपछि उच्च शिक्षा अध्ययनका लागि भित्रिए छिरियो काठमाडौं यो विरानो शहर । न त टेक्ने ठाउँ थियो न समाउने हाँगो । न त थियो हातमा कुनै सिप,जीवनका झण्डै एक दशक काठमाडौँमा पत्रिका बेच्ने काम गरें । तिनताक अहिलेजस्तो हातहातमा मोवाइल र अनलाइन थिएन । पत्रिकाका राम्रै पाठक थिए ।

बिज्ञापन

बिहान,दिँउसो पत्रिका बेच्ने,राती सरस्वती कलेज पढ्ने दैनिकी थियो । साइकलमा पत्रिका बेच्न थालेको केही बर्षपछि नयाँ बसपार्क क्षेत्रमा पत्रिका पसल खोले र काठमाडौंको बालाजु,बसपार्क,गोङ्गबु क्षेत्रका अधिकांश स्टेसनरी पसलमा न्यूरोडबाट अधिकांश पत्रिका पु¥याइन्थ्यो । अजङ्गका दुखका भूमरीहरुसँग खेल्दाखेल्दै कोरिया जाने सपना देखियो । लाग्दथ्यो एक पटक कोरिया छिर्न पाए,बदल्छु आफू र आफ्नो परिवारको भाग्य र भविष्य !

बिज्ञापन

कोरिया जाने लहर भर्खर शुरु भएको थियो । दोश्रो लटको तयारी गर्दै थिए । कोरिया जान भाषा परीक्षा दिनुपर्दथ्यो । यसरी पढिन्थ्यो कि,कोठाका भित्ताभरि कोरियन भाषा टाँसेर पढ्थेँ । पत्रिका बेच्न जाँदा सानो कागजमा नोट बोक्थें । त्यही पढ्दै हिँड्थेँ । झण्डै ८० हजार परीक्षार्थीको भीडबाट ४ हजार छानिए । त्यही चार हजारभित्र मेरो नाम पनि अटाएछ । र, २०११ अगस्टमा कोरिया छिरें । दैनिक २० घण्टाको खटन,मासिक ३ लाख हाराहारी आम्दानी । तर त्यो पैसाले पनि तानेन मेरो मन,रमेन कोरियामा यो ज्यान । भिसा अवधि बाँकी हुँदै स्वदेश फर्किए ।

अधिकांश नेपाली जो श्रम बेच्न विदेश पुग्छन्,उनीहरुले आर्जेको लगानी त्यही घर जग्गामै हुन्छ,काठमाडौंमा । म पनि अपवाद कसरी हुनसक्थें । पत्रिका पसल बेच्दा झण्डै १७ लाख हाल लागेको थियो । कोरियाबाट कमाइएको रकम थपेर काठमाडौंमा घर जोडिएको थियो तर त्यो घरले खुसी दिएन । यो कक्रिट शहरमा रमेन मन । कोरियाबाट फर्किएको पाँच महिनामै घर बेचें र फर्किए गाउँ । गाउँमै घर बनाएँ, केही जग्गा जोडेँ । खेती किसानी गर्न थालें । सन्त कविरले कतै भनेका छन्,‘सबसे वडा हें रोग क्या कहंगे लोग’ । मान्छेको रहर इच्छा चाहना हुन्छ,काठमाडौंमा घर घडेरी जोड्ने । तर भएको घर घडेरी बेचेर गाउँ फर्किएर खेती किसानी गर्न थाले पछि धेरैले भने ‘रामचन्द्रे बौलायो ।’मैले सुनिन,अरुको कुरा सुने आफ्नै अन्तरमनको आवाज । यो यही समाज हो,बुद्ध,जिसस,ग्यालिलियोलाई बहुलायो भन्न बाँकी राखेनन् भने म त एक साधरण मान्छे न हुँ । गाउँघरमा बाख्रा,कुखुरा,खेती किसानीमा रमाइरहेको थिए । यस्तैमा एक दिन कुभिन्डो देखे बारी भरी ।

बिज्ञापन

गाउँघरमा जसलाई कू फल मानिन्छ । न कसैले रोपेको हुन्छ । त्यही फलको बिषयमा अनुसन्धान गरें । कुभिण्डो धेरै औषधीय गुण हुने, स्वास्थ्यका लागि फाइदाजनक बस्तु रहेछ । यसमा ९६ प्रतिशत पानी हुँदो रहेछ,जस्को सेवनले जण्डिस निको हुँदो रहेछ । सुगर,प्रेसर कम गर्ने,इम्युनिटी पावर पनि बढाउने फल रहेछ । गाइ भैसीले गोरु वा राँगो नखोजेमा यो फल खुवाउँदा ती पशुले राँगो खोज्ने अनि गर्भवती महिलाले यो फल खाएमा गर्भ खेर जाने रहेछ । यस्तो फललाई हामी ‘कू’ फल भनिरहेका रहेछौं । यो सबै चाल पाए पछि यस्को बजार खोज्न थाले । यस्तैमा दरबारमार्गमा रैथाने हाटबजार रहेको चाल पाए । त्यहाँ गाउँघरका रैथाने फलफूल बेचिदो रहेछ । तिलक ढकाल र उद्धव ढकालहरुसँग सम्पर्क गरे पछि एउटा फाराम भर्न भन्नुभयो । र स्टल पाइएसँगै पहिलो लटमा कुभिण्डो र केराको बुंङ्गो बोकेर म दरबारमार्ग छिरे ।

दरबारमार्गमा हरेक शनिबार रैथाने कृषि हाटबजार मेला लाग्दथ्यो । त्यहाँ लैजानका लागि केराको बुङ्गो र कुभिण्डो संकलन गर्न लाग्दा गाउँका मान्छेहरु भन्दथें,रामचन्द्रे साच्चै बौलायो । गाउँका मान्छेले नखाने,पशुहरुले समेत नखाने बुंगो र कुभिण्डो शहरियाले खान्छन ? भन्दथें, तर हरेक साता सयौं किलो बुंगो र कुभिण्डो विक्री मात्र हुन्थ्यो उक्त बजारमा । कुभिन्डो एक सय रुपैयाँ प्रतिकिलोका दरले बेच्दै आएको छु । अहिले त व्यक्तिगत रूपमै अर्डर आउन थालेको छ,शहरबाट । एकै जना मान्छेले २० किलो कुभिण्डो उठाएर लगेका छन्,बजारबाट । गाउँघरमा फालिएका यी फल बेचेरै अहिले मासिक रुपमा पचास हजार बढी आम्दानी गर्न सकिएको छ अर्थात दरबारको पैसाले घरबार चलिरहेको छ । हाटबजारमा उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्याल खुसार्नी बेच्न आउनुभएको थियो । त्यहाँ धादिङ्गकै अर्काे पालिका अध्यक्ष रैथाने उत्पादन लिएर बेच्न आउनुभएको देखेको छु । अहिले अमलाको सिजन छ । यो साता नुवाकोटको अमला,अमारोलाई राजधानीको दरबारमार्गमा पु¥याएर बेच्दैछु । यस्का अलवा गाउँमा मकै गोड्ने यन्त्र, मल हाल्ने यन्त्र आफैँ तयार पारेको छु । अचम्म लाग्छ,हामी विदेश जान्छौं र आर्जेको रकम अचल सम्पत्ति जोड्न तिर लाग्छौं तर कोही पनि विदेशबाट फर्किएको नेपाली उद्योग धन्दामा किन लगानी गर्न अगाडि बढ्दैन ?

अमेरिका,अष्ट्रेलिया लगायतका देशमा पुगेका नेपालीलाई उतै पिआर दिएर अडाइन्छ तर कोरियाले निश्चित समयपछि आफ्नै देशमा फर्काइदिन्छ । त्यसरी फर्किएका नेपालीलाई अचल सम्पत्तिमा लगानी गर्न रोकेर केही उद्योग,कलकारखानामा लगानी गर्ने नीति किन लिँदैन सरकार ? यसरी फर्किएकाहरुको लगानी उद्योग धन्दा र कलकारखानामा गर्न सके नेपाल बन्ने थियो तर घर र जमिनजस्तो अनुत्पाक क्षेत्रमा लगानी गरेर,नेपाल बन्ला कहिले ?

यो र यस्तै सोचका कारण कोरियाबाट फर्किएका नेपालीहरु अर्थात कोरिया रिटर्नस ५० जनामध्ये उत्कृष्ट काम गरिरहेको भनेर माइग्रेड संस्थाले छनौंट समेत गरेको छ । मेरो पुर्खा यही माटोमा खेले,रमाए । मलाई पनि यही माटोमा रमाउनु छ । नुवाकोटको एउटा गाउँमा खेतीकिसानीमा रमाइरहेको छु,मैले बजारबाट नुन र कपडा बाहेक अरु कुनै चिज किन्नु छैन । सबै आफै उत्पादन गर्दछु,यहीबाट परिवारलाई खुवाउँछु । र, बहुत मजाक लाग्छ,गाँउको उर्वरा जग्गा जमिन बाँझो राखेर कौसीमा खेती गर्नेहरु देख्दा !

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।