मालपोतका यी कर्मचारीहरुको सरुवा उल्टने सम्भावना

गत असोजमा भूमि व्यवस्थापन विभागले झण्डै पाँच सय कर्मचारी सरुवा गर्दा कानुन र विधि मिचेको निष्कर्ष निकालिएको छ । गत असोज १४ र १५ गते भूमि विभागका तत्कालिन महानिर्देशक कृष्णप्रसाद सापकोटाले एकै पटक चार सय ४७ जना कर्मचारीको सरुवा गर्दा ४५ शाखा अधिकृत, दुई सय २६ नायब सुब्बा, एक सय चार खरिदार र ४४ कम्प्युटर अपरेटर परेका थिए । यस्तै साउनमा पनि ७२ कर्मचारीको सरुवा गरेका थिए । सोही बिषयमा व्यापक गुनासो उठेपछि मन्त्रालयले छानबिन समिति बनाएर प्रतिवेदन बनाइरहेको हो ।साउन देखि असोजसम्मका विभिन्न मितिमा कर्मचारी सरूवा गर्दा आर्थिक शुभलाभ लिएको र मनपरी ढङ्गबाट करिव पौने पाँच सय कर्मचारी सरूवाको बिषयमा छानबिन बनाएको थियो ।

बिज्ञापन

सहसचिव तथा महानिर्देशक कृष्ण प्रसाद सापकोटाले मनपरी सरूवा गरेको बिषय बाहिरिएसँगै मन्त्रालयले सरुवासम्बन्धी छानबिन गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि प्रशासन महाशाखाका सहसचिव मदन कोइरालाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिमा मन्त्रालयका उपसचिव कृष्णप्रसाद भण्डारी र कानुन अधिकृत गोकुल भुजेल सदस्य रहेका थिए ।

बिज्ञापन

उक्त समितिले दशैं पछि कार्यालय खुले लगतै काम शुरु गरेको थियो । समितिले उक्त प्रतिवेदनमा उपत्याकाको एउटा कार्यालयबाट उपत्याकाभित्रैको अर्को कार्यालयमा सरुवा गरिएका,अवधि नपुगी सरुवा भएका कर्मचारीको सरुवा रद्ध गर्ने समेत उल्लेख गरेको छ । कर्मचारीको सरुवा रद्द गर्न सिफारिस, विवादित सरुवाको निर्णय गर्ने बिषय समेत प्रतिवेदनमा उठाइएको छ । छानबिन प्रतिवेदनले निजामती सेवा ऐन र नियमावलीबमोजिम मालपोतका कर्मचारीको सरुवा नमिलेको निष्कर्ष निकालेको छ । ऐन र नियमावलीबमोजिम दुई वर्षमा सरुवा हुनुपर्ने व्यवस्था पालना नभएको, सुगमबाट दुर्गम तथा दुर्गमबाट सुगमतर्फको सरुवा नमिलेको, प्राप्त मागरनिवेदनबमोजिम सरुवा नभएको, सरुवापछिको गुनासो सम्बोधन नभएको, सरुवा मापदण्ड नै नबनाएको र दरबन्दीअनुसारको सरुवा नभएकोलगायतका समस्या छानबिन समितिले औँल्याएको छ । नमिलेका यी कर्मचारीको सरुवा रद्द गर्न छानबिन समितिले सिफारिस गरेको छ ।

सरुवाको लागि ३ जना अधिकृत, नासु ६१ जना, कम्प्युटर अपरेटर ३ जना र खरिदार ४ जनाले निवेदन दिएका छन् । त्यस्तै समय नपुगी १२ जना अधिकृत, ३० जना नासु, १२ जना कम्प्युटर अपरेटर र २५ जना खरिदार कर्मचारीको सरुवा रद्द गर्न छानबिन समितिले सिफारिस गरेको छ ।

बिज्ञापन

सो समितिले १३ कात्तिकमा प्रतिवेदन सचिव अर्जुनप्रसाद पोखरेललाई बुझाइसकेको छ । यद्यपि सो प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन । उक्त प्रतिवेदन आजै सार्वजनिक गर्ने र प्रतिवेदन अक्षरश कार्यन्वयन गर्न निर्देशन दिएका कारण प्रतिवेदन आजै सार्वजनिक गर्न लागिएको जनाएको छ ।

नासुहरु अन्जु शर्मालाई भक्तपुर मालपोत कार्यालयबाट टोखा मालपोत कार्यालयमा पठाइएको छ। कमल लामालाई टोखाबाट ललितपुर सरुवा गरेको छ, चन्द्रमणि पोखरेल चावहिलबाट साँखु पुगेका छन्। त्यस्तै जनार्दन विक्रम कार्की चाबहिलबाट कलङ्की पुगेका छन्, टिकाप्रसाद घिमिरे साँखुबाट मनमैजु पुगेका छन्, नरेन्द्र रामसिंह गोटीखेल ललितपुरबाट लगनखेल पुगेका छन्। यदुनाथ आचार्य भक्तपुरबाट डिल्लीबजार पुगेका छन् । रमेश पोख्रेल साँखुबाट डिल्लीबजार, राजकुमार कटवाल चाबेलबाट साँखु, राजकुमार मगर चाबहिलबाट कलङ्की, रामप्रसाद भट्टराई चाबहेलबाट भक्तपुर, रामेश्वर कुइकेल साँखुबाट गोटीखेल ललितपुर पुगेका छन् । त्यस्तै लक्ष्मीनारायण निरौला डिल्लीबजारबाट भक्तपुर, बिमल खनाल डिल्लीबजारबाट भक्तपुर सरुवा भएका छन् ।

खरिदारहरु अचुतम केसी गोटीखेलबाट डिल्लीबजार, निर्मल रावल गोटिखेलबाट लगनखेल पोषण राज केसी डिल्लीबजारबाट भक्तपुर, रुपेश ज्ञवाली डिल्लीबजारबाट गोटीखेल पुगेका छन् । अधिकृतहरु वेदप्रसाद खतिवडा भक्तपुरबाट डिल्लीबजार, वोग राज शर्मा कटेल डिल्लीबजारबाट भक्तपुर, युवराज ढकाल ललितपुरबाट कलंकी सरुवा भएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव दरबन्दी कटौतीमा परेको नेपाल ट्रष्टमा दुवाडीको सरुवा

अतिरिक्तमा रहेका ७ मध्ये ६ को व्यवस्थापन : आन्तरिकमा बासुदेव,निरौलालाई प्राधिकरण

तीन मन्त्रालय गाभेर खर्च घटाउने सरकार, लम्सालको सचिवालयमा ३९ जनाको ‘जम्बो दरबार’

मन्त्रिपरिषद्का ६ निर्णय : चार सहसचिव सचिवमा बढुवा, शेयर कारोबारमा पुँजीगत लाभकर घटाउने

पराजुली सचिवमा बढुवा

चार सहसचिवको जिम्मेवारी हेरफेर : कल्पना महानिर्देशक,कप्रमा सुबेदी

A Literary Bridge Across the Himalayas: The Undying Diamond Heart

२ पालिकाको उपाध्यक्षसहित १० जनप्रतिनिधिको पद रिक्त

बिशेष