क्याविनेटले कस्लाई कहाँ गर्यो नियुक्ति ?

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले नेपाल टेलिकम,रेडियो नेपालको कार्यकारी निर्देशक,पर्यटन वोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्ति गरेको छ ।

बिज्ञापन

सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै कार्यकालमा गठित सिफारिस समितिले आवेदन मागेर लिखित तथा मौखिक प्रस्तुतिका आधारमा ३ जनाको नाम सिफारिस गरेको थियो ।

बिज्ञापन

तत्कालीन सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित समितिले पहाडीसँगै अनिल झा र विमल आचार्यको नाम सिफारिस गरेको थियो । सोही नाम नै क्याविनेटमा पठाइएको हो । क्याविनेटले पहाडीलाई नेपाल टेलिकमको प्रवन्ध निर्दैशकमा नियुक्ति गरेको छ । पहाडीले करिव ३ दशक लामो यस क्षेत्रमा अनुभव सम्हालिसकेकी छन् ।

यस्तै,नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त भएका छन् । सिफारिस गरिएका अरु दुईजना धनञ्जय रेग्मी, ज्ञानेश्वर सिंहलाई पन्छाएर दीपकलाई नियुक्त गरिएको छ । बोर्डमा सीईओ नियुक्तिका लागि बोर्डका सदस्यद्वय मिलन देवकोटा र मदन आचार्य तथा पर्यटन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेको एक उपसमितिले सीईओ छनोट गर्न तीन जनाको नाम सिफारिश गरेको थियो। बोर्डले उपसमितिले सिफारिश गरेकै तीन जनामध्येबाट बोर्डले जोशीलाई नियुक्त गरेको हो ।

बिज्ञापन

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरे संयोजक रहेको कार्यकारी प्रमुख छनौट उपसमितिले दिउँसो तीन जनाको नाम सिफारिस गरेको थियो । साँझ बसेको क्याविनेटले उनलाई फेरि सिइओमा नियुक्ति गरेको हो । रेग्मीलाई अगामी ४ वर्षका लागि बोर्डकै पूर्वसीईओ जोशीलाई नियुक्त गरेको हो । पर्यटन बोर्डमा गत माघ १६ गतेदेखि निवर्तमान सीईओ डा धनन्जय रेग्मीको कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो बोर्डको सीईओ छनोट उपसमितिले गत चैत २४ गते मागेको खुला आवेदनबाट सीईओका लागि योग्य उमेदवारमध्ये उत्कृष्ट ३ जनाको नाम छनोट गरेको थियो ।

उपसमितिले सोमबार प्रस्तुतीकरण र मंगलबार अन्तर्वार्ता लिएर बुधबार उत्कृष्ट ३ जनाको नाम छनोट गरेको थियो। छनोट समितिमा बोर्डका निवर्तमान सीईओ डा धनन्जय रेग्मी र पर्यटन विद् ज्ञानेश्वर महतोको नाम सिफारिश भएकोमा जोशीले बाजी मारेका हुन् ।
बोर्डको सीईओको लागि बोर्डकै कर्मचारी श्रद्धा श्रेष्ठ, हिक्तसिंह ऐर, लक्ष्मण गौतम, दीपक बस्ताकोटी, ठाकुरप्रसाद देवकोटा, विजय नेपाल, राजाराम गिरी, ज्ञानिन राई, नवीन पोखरेल, सूर्यबहादुर घिमिरे र, सन्तोषविक्रम थापाले समेत प्रतिस्पर्धा गरेका थिए । यी प्रतिस्पर्धीमध्येबाट छनोट भएका तीन जनामध्ये पर्यटन बोर्ड सञ्चालक समितिले एक जनालाई नियुक्त गरेको हो ।

नवनियुक्त सीईओ जोशी पर्यटन बोर्डकै पूर्वकर्मचारी हुन् । बर्दियाका जोशी यसअघि बोर्डमा ४ वर्षे सफल कार्यकाल पूरा गरेका व्यक्ति हुन । वोर्डको नेतृत्वमा फेरि उनैलाई ल्याइएको हो ।

यता, रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सञ्चार मन्त्रालयको प्रस्तावमा लामालाई रेडियो प्रसार विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेको हो । मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको अध्यक्षतामा गठित समितिले लामा सहित अनिता गुरुङ र दीपक ज्ञवालीको नाम सिफारिस गरेको थियो । सिफारिस भएकामध्येबाट लामालाई नियुक्त गरेको हो ।

लामाले रेडियो नेपालमा २५ वर्ष सेवा गरेर स्वैच्छिक अवकाश लिएका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काठमाडौंमा जुवा–मिटरब्याजको जालोः आफ्नै रेष्टुरेन्टमा जुवा खेलाउँदै पक्राउ परे प्रचण्ड खड्का

कर्मचारीको उमेर हद ५५ बनाउँदा यही बर्ष अवकाशमा जानेछन ७ हजार कर्मचारी

दीपक भट्ट प्रकरणमा नयाँ मोड: अनुसन्धान गर्ने विभागकै महानिर्देशकको श्रीमती शेयरधनी

बिचौलिया भट्टको जालोमा सम्पत्ति शुद्धिकरण डिजीकी श्रीमतीको सेयर भेटिएपछि अनुसन्धानमा प्रश्न

सम्पत्ति शुद्धीकरणका महानिर्देशकको दीपक भट्टसँग कनेक्सन

नयाँ सरकार बनेको तीन सातामै पाँच कर्मचारीले दिए राजीनामा

घुस वापतको ४ करोड २२ लाख रकम नासुको खातामा

ब्राउन सुगरसहित ५ जना पक्राउ

बिशेष