सातदोबाटोमा सरकारी गाडीले डिभाइडर नाघेर ‘लेन क्रस’ गरेपछि…

सामाजिक सञ्जालमा एक सरकारी गाडीले लेन मिचेर अर्काे लेनमा गएको भिडियो चर्चामा छ ।

बिज्ञापन

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा बा १ झ ७६७५ नम्बरको सरकारी नम्बरप्लेट भएको गाडीले लेन उल्लंघन गरेको देखिन्छ ।

बिज्ञापन

जल उत्पन्न प्रकोप नियन्त्रण विभागको गाडीका चालक ‘लेन’ अनुशासनको कारबाहीमा परेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी जीवनकुमार श्रेष्ठले लोकान्तरलाई जानकारी दिए ।

एसएसपी श्रेष्ठका अनुसार यो घटना गत शुक्रबारको हो । गाडीले ललितपुरको सातदोबाटोबाट ग्वार्काे जाने सडकमा लेन उल्लंघन गरेको उनले बताए ।

बिज्ञापन

सरकारी नम्बरप्लेट भएको गाडी जल उत्पन्न प्रकोप नियन्त्रण विभागको रहेको एसएसपी श्रेष्ठले बताए ।सरकारी गाडीले सडकमा लेन मिचेको भन्दै चालकमाथि कारबाहीका लागि सामाजिक सञ्जालमा दबाब बढेको थियो । लगत्तै, ट्राफिक प्रहरीले एक्सन लिएको हो ।

लेन उल्लंघन गरेका बेला गाडीमा चालकमात्रै रहेको र उनलाई कारबाहीको दायरामा ल्याइएको उनले बताए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बागमती प्रदेशमा १३४ दरबन्दी कटौती,९० जनाको अस्थायी दरबन्दी स्वीकृत

स्थानीय तहका २७ कर्मचारीको अन्तरपालिका सरुवा

२६ नासु,७ कम्युटर अपरेटर र ६ खरिदारको सरुवा

सचिव बढुवाका लागि तीन बरिष्ठ सहसचिवको नाम सिफारिस

सम्पत्ति विवरण बुझाउन एक महिना म्याद थप

रेष्टुरेन्टबाट ९ लाख घुससहित नापी अधिकृत पक्राउ

नियमित कार्यालय नआएको भन्दै गाउँपालिका अध्यक्षले प्रशासकीय अधिकृतको हाजिरी काटे

भरतपुरबाट अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न भारतीय नागरिक पक्राउ

बिशेष