हेडमास्टरको निजामती यात्रा :- शिक्षा कार्यालयमा खरिदारदेखि राजश्व अनुसन्धानको महानिर्देशकसम्म

भनिन्छ जीवन नियममा कम र संयोगमा बढी चल्दछ । यदी नियममा चल्दथ्यो त चक्र बहादुर बुढा अहिले कुनै विद्यालयको प्राचार्यको भूमिका हुन्थें होला ।
उनको बुवाको इच्छा थियो,छोरा पनि आफूजस्तै शिक्षक बनोस र ज्योती छरोस ज्ञानको । आफैं पढेको विद्यालयमा हेडमास्र्टस बन्ने योजना बुनेर उनी उक्लिएका पनि हुन सुर्खेतबाट जाजरकोट । तर शिकार बने राजनीतिको । व्यवस्थापन समितिसँग राजनीतिक आस्था नमिलेका कारण त्यहाँको ढोका बन्द भयो । र,भनिन्छ पनि कि एउटा ढोका बन्द हुँदैमा कोही पनि निराश हुनु पर्दैन कारण सम्भवनाका अरु तीन वटा ढोकाहरु खुल्लै हुन्छन् । अक्सर हामी त बन्द भएको ढोका हेरेर रुन्छौं,चिच्याउँछौ वा डिप्रेश हुन्छौं । प्राचार्य बन्ने त्यही ढोका बन्द भएका कारण चक्र बहादुर बुढा अहिले प्रशासक बन्न सफल भएका छन् ।

बिज्ञापन

भन्छन्,हुने विरुवाको चिल्लो पात,नहुने विरुवाको खस्रो पात । विद्यालयदेखि कलेजसम्म कहिँ कतै दोश्रो हुनु परेन,चक्रलाई । ५ दशक अघि जन्मिएका हुन्,जाजरकोटको शिवालय वडा नं ४ मा । ५ कक्षासम्म पढें,गाउँकै विद्यालयमा । ०५० सालमा पार लगाए फलामे ढोका एसएलसी । सुर्खेत बिरेन्द्रनगर बहुमुखी क्याम्पसमा आईएड भर्ना भएर ०५३ सालमा आइएड र त्यस लगतै बीएड पार लगाएपछि पिताको बीडो समाउन उनी फर्किएका थिए,आफ्नै जन्म गाउँ,भूमि । तिनताक मेजर अङ्ग्रेजी बीएड गर्ने कमै हुन्थें । बुवाले वीएड सकिए लगतै गाउँ फर्कने र आफैंले पढेको स्कूलको हेडमास्टर बन्नुपर्दछ भन्नुभएको थियो । सो विद्यालयमा निमावी र माविका शिक्षक दरबन्दी रिक्त थियो । तर व्यवस्थापन समितिसँग राजनीतिक आस्था नमिलेका कारण त्यहाँ जागिर पाएनन् ।

बिज्ञापन

पढाईमा अब्बल एउटा विद्यार्थीलाई यो भन्दा अर्काे दुख लाग्दो कुरा के हुन्थ्यो ? मनमा पीर पस्यो बुबाको इच्छा पुरा गर्न सकिएन भन्ने । जिल्लाकै बाहुनथानमा शिक्षकको आवश्यकता रहेको सूचना पाए र मोडे पाइला त्यता । दुर्भाग्य,त्यहाँ पुग्दा अरु नै कसैले नियुक्ति लिइसकेछ । दुई वटा विद्यालयमा सरकारी शिक्षक बन्ने अवसर नपाएका चक्र नजिकैको एउटा प्राईभेट स्कूलमा पढाउन थाले । अरुको २८/२९ दिनमा महिना मर्दथ्यो ।  उक्त विद्यालयमा ९० दिनको एक महिना हुन्थ्यो । बाहुनथलीमा शिक्षक रिक्त भएको थाहा पाए पछि पाइला मोडे । र त्यतै पढाउन थाले । तिनताक माओवादीको जगजगी थियो । शुल्क लिन पाइदैनथ्यो,कारवाहीमा परिन्थ्यो । त्यहाँ उनको पाइला परेसँगै विद्यालयको प्रगति हुन थाल्यो । उनी विद्यालयमा झिर्दा तलव खुवाउन धौं धौं को स्थिती थियो । १८ महिनाकै अवधिमा शिक्षकहरुलाई तलब खुवाएर २ लाख भन्दा बढी जम्मा गर्न सफल भए । झण्डै एक बर्ष सोही विद्यालयको प्रमुखको जिम्मेवारीमा रहेर काम गरे । र यही बीचमा लोकसेवा उत्र्तिण भए र पाइला मोडियो निजामती सेवातिर । शिक्षक बनेर गाउँको सेवा गर्न अवसर नपाएका चक्रलाई देशकै सेवा गर्ने सौभाग्य मिल्यो ।

हेडमास्टरको निजामती यात्रा
गाउँकै विद्यालयको प्राचार्यको भूमिकामा थिए उनी । यही बीचमा लोकसेवाको परीक्षा भिडे । उनका लागि आइडल थिए,आफ्नै मामा । मामाले बारम्बार भन्नुहुन्थ्यो, शिक्षकभन्दा निजामतीतिर लाग्नु । भविष्य राम्रो हुन्छ । मामाको अर्तिलाई शिरोपर गर्दै खरिदार र नायब सुब्बाको परीक्षा दिएँ । तयारी गर्दा सामान्य ज्ञानमात्र पढ्थें । उनलाई त्यही पढ्नमा बढी ‘रस’ बसेको थियो । परिणामत पहिलो पत्र राम्रो हुन्थो तर, दोस्रो बिग्रन्थ्यो । लोकसेवाले ०५९ सालमा विज्ञापन खोल्यो । कूल ११ सयले परीक्षाका लागि फाराम भरेका थिए । परीक्षा दिए,जम्मा ४३ वटामात्र जवाफ मिलाएका थिए । पछि जिल्ला शिक्षा कार्यालयमा तलव थाप्न जाँदा बधाइ खाए । उनी रनभुल्लमा परे । न त रिजल्ट कहिले निस्क्यो नै थाहा थियो न त अन्तर्वार्ता कहिले हो नै जानकारी थियो । भोलिपल्टै बजार गएर सोधखोज गरे,यताबाट नाम,रोल नम्बर,बाजे र बुवाको नाम भनेपछि उताबाट बधाई सहित आइहाल्नुहोस भनियो । सात दिन पछि अन्तरर्वार्ता दिए । टप टेनमा परे,अर्थात ८ औं नम्बरमा । निजामतीमा पाइला राखेपछि पहिलो पोष्टिङ भयो जाजरकोट जिल्ला शिक्षा कार्यालयमा । गाउँभरी हल्ला चल्यो चक्रले बुद्धि बिगा¥र्यो हेडमास्टरको जागिर छोडेर त्यो भन्दा धेरै तल्लो तहमा काम गर्न थाल्यो । ०६२ सालमा अधिकृतमा नाम निकाल्न सफल भए । अधिकृतमा उत्र्तिण भएसँगै उनको पहिलो पोष्टिङ दैलेख जिल्ला विकास समितिमा भयो । त्यहाँ साढे दुई बर्ष काम गरेँ । त्यसपछि राष्ट्रिय योजना आयोगमा पुगे ।

बिज्ञापन

योजना आयोगमा रहँदा स्नातक तह पार लगाए र त्यही समय आन्तरिक प्रतिष्प्रर्धाबाट उपसचिवमा नाम निकाल्न सफल भए ०६७ सालमा। उपसचिवमा बढुवा भएसँगै आफ्नै गृह जिल्ला जाजरकोटमै काम गर्न मौका पाए । जाजरकोट जिल्ला समन्वय समितिमा २ बर्ष र सल्यान जिल्ला समन्वय समितिमा ५ महिना बिताए । ४ बर्षपछि सहसचिव तहमा उक्लिए । सहसचिवमा नाम निकालेसँगै पहिलो पोष्टिङ भयो राष्ट्रपतिको कार्यालयमा । त्यहाँबाट गृह मन्त्रालय, स्थानीय विकास मन्त्रालय, शिक्षा हुँदै गृहमा फर्किए ।
पहिलो पटक प्रमुख जिल्ला अधिकारी बनेर हेटौंडामा खटिए । ०७४ सालमा भएको प्रदेश र स्थानीय तहको निर्वाचन त्यहाँ हुँदा राम्रो सँग गराए । त्यहाँबाट पोखरा जिल्लाको सिडियो चलाएका बुढा केही समय इटहरीमा अख्तियार प्रमुख रहे । गृह मन्त्रालयको प्रवक्ता, कर्णाली प्रदेश आर्थिक मामिला प्रमुख हुँदै अर्थ मन्त्रालयमा केही महिना बसेर ०७९ मंसिर अन्तिममा भन्सार विभागको महानिर्देशक सम्हाल्न गए ।

५ महिनामै त्यहाँबाट सरुवामा परेर  पर्यटन मन्त्रालय,पर्यटन महाशाखाको कमाण्डर हुँदै पर्यटन विभागमा पुगेका बुढालाई सरकारले हालैमात्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको प्रभावशाली निकाय राजश्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सुम्पिएको छ । यस अघि सो जिम्मेवारीमा रहेका नवराज ढुंगानालाई परराष्ट्र मन्त्रालयमा तानिएको छ । उनलाई महावाणिज्यदुत बनाएर पठाउने सरकारको तयारी छ ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत पुगेको राजश्व अनुसन्धान विभाग पछिल्लो समय अस्थिर बन्दै गएको छ । त्यहाँ पुगेका कर्मचारीहरु चार पाँच महिनामै सरुवा हुने गरेका छन् । प्रधानमन्त्रीको निजी सचिव हुँदै विभागको महानिर्देशक बन्न पुगेका ढुंगानाले दश महिना उक्त विभागको कमाण्ड गरे । ६१ किलो सुन काण्डमा हात हालेर उनी चर्चामा पुगेका थिए । उनी बाहेक अलि लामो समय टिक्न सफल महानिर्देशक हुन दीर्घराज मैनालीले ३३ महिना उक्त विभागको नेतृत्व गरेका थिए । रामप्रसाद आचार्य ७ महिना, प्रकाश पौडेल ८ महिनामै त्यहाँबाट हटाइएको थियो । झलकराम अधिकारी चार महिनामै सरुवा भए भने नेपाल इन्भेष्टमेन्ट बैंकको कर छलीमा हात हाल्दा मदन दाहाल तीन महिनामै खेदिएका थिए । त्यस पछि विभागका पुगेका नारायण सापकोटालाई चार महिनाभन्दा बढी टिक्न दिइएन । हेर्न बाँकी छ,चक्रलाई कति समय उक्त विभागको कमाण्ड गर्ने अवसर दिइन्छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उपसचिवको सरुवामा उस्तै मनपरी : मन्त्रालयमा कार्यरत कर्मचारीको विभागबाट सरुवा,कहाँबाट लिने रमाना ?

३७ शाखा अधिकृतको सरुवा : २५ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिृकत फेरिए

४२ उपसचिवको सरुवा : फेरिए १५ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरु

रुद्रसिह तामाङ सचिवमा बढुवा

पूर्वप्रधानसेनापतिदेखि पूर्वपरराष्ट्रमन्त्रीका छोरासम्म राजदूतमा सिफारिस

बागमती प्रदेशमा १३४ दरबन्दी कटौती,९० जनाको अस्थायी दरबन्दी स्वीकृत

स्थानीय तहका २७ कर्मचारीको अन्तरपालिका सरुवा

बिशेष