अर्थ सचिवको जिम्मेवारी मरासिनीलाई

 

बिज्ञापन

सरकारले अर्थ सचिवमा मधुकुमार मरासिनीलाई ल्याएको छ । हालका अर्थ सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर अर्थ सचिवको जिम्मेवारी मरासिनीलाई दिएको हो । आज बिहान बसेको क्याविनेट बैठकले अर्थ सचिव पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएर हालै भ्रष्टाचार मुद्धामा विशेष अदालतबाट क्लि चिट पाएका मरासिनीलाई अर्थ मन्त्रालयमा ल्याउने निर्णय गरेको हो ।

बिज्ञापन

नेशनल पेमेन्ट गेटवे सम्बन्धी भ्रष्टाचार मुद्धामा विशेष अदालतबाट क्लि चिट पाएसँगै मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिइएको छ भने अर्थ सचिव पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको छ ।

सचिव मरासिनीलाई अख्तियारले गत १५ असोजमा भ्रष्टाचार मुद्धा चलाएको थियो । नेशनल पेमेन्ट गेटवेमा भएको २३ करोड भ्रष्टाचार मुद्धामा तत्कालीन उद्योग सचिव मरासिनीसहित निमबहादुर ओली, रामबहादुर बुढा, सफल श्रेष्ठ, सञ्जय शर्मा, प्रणिता उपाध्याय, रमेश पोखरेल, रामशरण गायक र सुनील पौडेल लगायतले भ्रष्टाचार गरी नेपाल सरकारलाई २३ करोड रुपैयाँभन्दा बढी हानि–नोक्सानी पु¥याएको भन्दै विशेषमा मुद्दा चलाएसँगै निलम्बनमा परेका उनीसहित ८ लाई विशेष अदालतले क्लिन चिट दिएसँगै मरासिनीलाई सरकारले अर्थ सचिवको जिम्मेवारी दिएको हो । बजेट निर्माणको मुखमा सरकारले कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएर त्यहाँ मरासिनीलाई ल्याएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

२६ नासु,७ कम्युटर अपरेटर र ६ खरिदारको सरुवा

सचिव बढुवाका लागि तीन बरिष्ठ सहसचिवको नाम सिफारिस

सम्पत्ति विवरण बुझाउन एक महिना म्याद थप

रेष्टुरेन्टबाट ९ लाख घुससहित नापी अधिकृत पक्राउ

नियमित कार्यालय नआएको भन्दै गाउँपालिका अध्यक्षले प्रशासकीय अधिकृतको हाजिरी काटे

भरतपुरबाट अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न भारतीय नागरिक पक्राउ

सरुवा सूची गुपचुप : सामान्य प्रशासनको भूमिकामाथि उठ्यो गम्भीर प्रश्न

अख्तियारमा एक बर्षमा ३३ हजार उजुरी,४९ प्रतिशत स्थानीय तह सम्बन्धित

बिशेष