स्वास्थ्यका कर्मचारीलाई नीजिमा काम गर्न निषेध

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निजी संस्थामा काम नगर्न कडा निर्देशन दिएको छ ।

बिज्ञापन

मन्त्रालयले विज्ञप्ति जारी गर्दै मातहतका कर्मचारीलाई बिदा स्वीकृत गराई स्वदेश तथा विदेशस्थित निजी स्वास्थ्य संस्थामा काम नगर्न भनेको हो ।

बिज्ञापन

‘यस मन्त्रालयअन्तर्गत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी एंव कर्मचारीहरु बिदा स्वीकृत गराई वा नगराई स्वदेशमा सञ्चालित निजी स्वास्थ्य संस्था तथा विदेशस्थित सरकारी वा निजी स्वास्थ्य संस्थामा पूर्णकालिन रुपमा कार्यरत रहेको भनी गुनासो प्राप्त भएको हुँदा यस सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

यसरी काम गर्नु प्रचलित कानून र विधिको प्रतिकूल हुने उल्लेख गर्दै मन्त्रालयले यस्तो कार्यमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई संयमित तथा कानूनसम्मत क्रियाकलाप गर्न निर्देशन दिएको छ ।

बिज्ञापन

अन्यथा, यसबाट पर्न जाने असरप्रति सम्बन्धित व्यक्ति स्वंय जिम्मेवार हुने मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मैलुङ भिरबाट अर्जुन न्यौपानेको आग्रह– हामी सुरक्षित छौँ, अरू ३०० जनाको उद्धार गरिदिनुहोस

आपत्कालीन व्यवस्थापनका लागि नुवाकोट र रसुवालाई एक- एक करोड पठाइँदै

रसुवा भन्सारका दुई दर्जन कर्मचारी सम्पर्कविहीन

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक

टिमुरे बजार तहस नहस,उद्धारको पर्खाइमा २ सय स्थानीय

विपद् प्रभावित क्षेत्रमा उद्धारका लागि प्रहरीको ठूलो संख्यामा टोली परिचालन

पुण्य कर्ममा ब्रह्माकुमारी : आठ हजार छ सय ९४ पिन्ट रगत संकलन

रसुवामा भीषण बाढी : कहाँ- कहाँ भयो क्षती ?

बिशेष