स्वास्थ्यका कर्मचारीलाई नीजिमा काम गर्न निषेध

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निजी संस्थामा काम नगर्न कडा निर्देशन दिएको छ ।

बिज्ञापन

मन्त्रालयले विज्ञप्ति जारी गर्दै मातहतका कर्मचारीलाई बिदा स्वीकृत गराई स्वदेश तथा विदेशस्थित निजी स्वास्थ्य संस्थामा काम नगर्न भनेको हो ।

बिज्ञापन

‘यस मन्त्रालयअन्तर्गत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी एंव कर्मचारीहरु बिदा स्वीकृत गराई वा नगराई स्वदेशमा सञ्चालित निजी स्वास्थ्य संस्था तथा विदेशस्थित सरकारी वा निजी स्वास्थ्य संस्थामा पूर्णकालिन रुपमा कार्यरत रहेको भनी गुनासो प्राप्त भएको हुँदा यस सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

यसरी काम गर्नु प्रचलित कानून र विधिको प्रतिकूल हुने उल्लेख गर्दै मन्त्रालयले यस्तो कार्यमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई संयमित तथा कानूनसम्मत क्रियाकलाप गर्न निर्देशन दिएको छ ।

बिज्ञापन

अन्यथा, यसबाट पर्न जाने असरप्रति सम्बन्धित व्यक्ति स्वंय जिम्मेवार हुने मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कीर्ते कागजातको भरमा नियुक्ति,सचिव र मन्त्री नै तानिने भएपछि सरकारको तर्फबाट चलाखी

मेयरका स्वकीयबाट कार्यकक्षमै कुटिए प्रमुख प्रशासकीय अधिकृत,सुरक्षाको प्रत्याभुत नभएसम्म सबै सेवा ठप्प

पाँच दिन पछि खुल्यो पालिका अध्यक्ष र प्रशासकीय अधिकृतको कार्यकक्षको ताला

१८ सचिवसहित २२११ कर्मचारीले पाउँदैछन् यही आर्थिक बर्षमा अवकाश

आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा नगर्न अर्थ मन्त्रालयको परिपत्र

धमाधम हटाइँदै करारका कर्मचारी

प्रशासकीय अधिकृतले आफैंलाई बढुवा गरेपछि…

रसुवागढी नाकामा अस्थायी पुल बनाउने चीनको प्रतिबद्धता, दसैंअघि निर्माण हुने अपेक्षा

बिशेष