राजश्वको हाकिम फेरिँदै :-ढुंगनालाई कोलकत्ता,बूढालाई पुल्चोक

प्रधानमन्त्री कार्यालयले आफू मातहतको राजस्व अनुसन्धान विभागको महानिर्देशक परिवर्तन गर्ने तयारी गरेको छ । १० महिना अगाडि महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका नवराज ढुंगानालाई हटाएर त्यहाँ अर्काे सहसचिवलाई लैजाने गृहकार्य प्रधानमन्त्री कार्यालयले गरिरहेको छ ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय निकट स्रोतका अनुसार गत असार १२ गते महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका ढुंगनालाई महानिर्देशकको जिम्मेवारीबाट हटाएर त्यहाँ सहसचिव चक्र बूढालाई लैजाने गृहकार्य चलिरहेको छ ।

बिज्ञापन

ढुंगाना प्रधानमन्त्री कार्यलयमा प्रधानमन्त्री पुष्पकमल दाहाल को निजी सचिव हुँदै राजश्व अनुसन्धान विभागको महानिर्देशको कुर्सीमा पुगेका थिए । उनलाई १० महिनामा त्यहाँबाट हटाएर कोलकत्तामा महावाणिज्यदूतको रुपमा खटाउने सरकारको तयारी छ । त्यहाँ २०७७ साउन ५ गतेदेखि २० औँ महावाणिज्यदूतका रूपमा ईश्वरराज पौडेल कार्यरत छन्,उनलाई फिर्ता बोलाएर ढुंगनालाई त्यहाँ पठाउन लागिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

उक्त स्रोतका अनुसार ढुंगनाको ठाउँमा पर्यटन विभागबाट चक्र बूढालाई खटाउने तयारी चलिरहेको छ ।बूढाले यस अघि भन्सार विभाग,पर्यटन मन्त्रालय हुँदै केही महिनादेखि पर्यटन विभागको महानिर्देशकको जिम्मेवारी निर्वाह गरिरहेका छन् । उनैलाई राजश्व अनुसन्धान विभागको महानिर्देशक बनाउने तयारी चलिरहेको प्रम कार्यालय स्रोतले जनाएको छ । सम्भवत आजै बेलुका ढिलोमा भोलिसम्ममा तीन सहसचिव यता उता पारिन लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उक्त स्रोतले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एकै वर्षमै ८५ अर्ब राजश्व छुट,क कस्ले पाए लाभ ?

प्रदेशमा मन्त्रालय कटौतीको तयारी : साउनबाट १२ मन्त्रालय ८ मा झारिदैं

अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न निर्देशन

एक बर्षमै थपियो ८८ अर्ब ९ करोड बेरुजु

परिमार्जनसहित रायपरामर्शका लागि अर्थमा पुग्यो संघीय निजामती सेवा विद्येयक

कुन मन्त्रालयको कति बेरुजु ३ बजेपछि

कसरी हुँदैछ कटौतीमा परेका मन्त्रालयका सचिवको व्यवस्थापन ? 

स्वास्थ्यदेखि खाद्य स्वच्छतासम्म एउटै मन्त्रालयको दायरामा, राजपत्रमा सार्वजनिक भयो ३७ बुँदे कार्यक्षेत्र

बिशेष