दुई बर्ष प्रेमपछि कानुनी विहे,तीन बर्षमै सम्बन्ध विच्छेद

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच सम्बन्धबिच्छेद भएको छ । केही समययता सम्बन्धमा समस्या देखिएपछि भट्टराई र न्यौपानेले आपसी सहमतिमै सम्बन्ध टुंग्याएका हुन् । तीन बर्ष अघि वैवाहिक सम्बन्धमा बाधिएका यी दम्पत्तिको सम्बन्धमा अस्ति चैत्र ७ गतेदेखि अदालती प्रक्रियाबाट पूर्ण विराम लागेको हो ।  दुई वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरूले २०७७ साउन २७ गते काभ्रे जिल्ला अदालतमा पुगेर कानुनी बिहे गरेका थिए। तीन बर्षमै उनीहरुको सम्बन्धमा पूर्ण विराम लागेको हो । सम्बन्धमा समस्या आएपछि गत चैत ७ गते जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासमा यी दुई कलाकारको सम्बन्धबिच्छेद भएको हो। निशान भट्टराई नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका थिए । ऋचा भने मोडलिङ पेशामा आबद्ध छिन् ।

बिज्ञापन

पछिल्लो समय कलाकारहरुको सम्बन्ध विच्छेदको घटना बढ्दै गएको छ । गत बिहीबार गायक राजेश पायल राईले श्रीमति साङबुङ राईसँग महंगो डिभोर्स गरे ।

बिज्ञापन

त्यसको भोलिपल्ट अर्का गायक रवि ओडमाथि श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिइन् । आज फेरि युवा पुस्ताका चर्चित गायक निशान भट्टराईले श्रीमति ऋचा न्यौपानेसँग डिभोर्स गरेको खबर सार्वजनिक भएको छ ।

ऋचा पनि पेशाले मोडल हुन् । उनीहरुले विभिन्न म्युजिक भिडियोमा सँगै काम गरेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गोकर्णमा पनि गडबडी : कौडीको भाउमा २७२२ रोपनी जग्गा २५ वर्षका यति होल्डिङ्सलाई

ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. रिजालद्वारा पदबाट राजीनामा

निलम्बन प्रक्रियामा उपसचिव, कीर्ते प्रकरणमा प्रहरी अनुसन्धानमा तानिए महानिर्देशक

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

हाजिरपछि बेपत्ता उपसचिव, कार्यालय ताला र साँचो अलपत्र

मालपोत कार्यालय चाबहिलका प्रमुख र नासुद्वारा समाचार खण्डन

हस्तान्तरणपछि PIS Portal सञ्चालनमा प्रदेश सरकार सक्रिय, ३५ दिनमै १०.६ प्रतिशतले वृद्धि

चार बर्ष जागिर अवधि छँदै शाखा अधिकृतबाट राजीनामा,एमालेको केन्द्रीय सदस्यमा निर्वाचित

बिशेष