दुई बर्ष प्रेमपछि कानुनी विहे,तीन बर्षमै सम्बन्ध विच्छेद

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच सम्बन्धबिच्छेद भएको छ । केही समययता सम्बन्धमा समस्या देखिएपछि भट्टराई र न्यौपानेले आपसी सहमतिमै सम्बन्ध टुंग्याएका हुन् । तीन बर्ष अघि वैवाहिक सम्बन्धमा बाधिएका यी दम्पत्तिको सम्बन्धमा अस्ति चैत्र ७ गतेदेखि अदालती प्रक्रियाबाट पूर्ण विराम लागेको हो ।  दुई वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरूले २०७७ साउन २७ गते काभ्रे जिल्ला अदालतमा पुगेर कानुनी बिहे गरेका थिए। तीन बर्षमै उनीहरुको सम्बन्धमा पूर्ण विराम लागेको हो । सम्बन्धमा समस्या आएपछि गत चैत ७ गते जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासमा यी दुई कलाकारको सम्बन्धबिच्छेद भएको हो। निशान भट्टराई नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका थिए । ऋचा भने मोडलिङ पेशामा आबद्ध छिन् ।

बिज्ञापन

पछिल्लो समय कलाकारहरुको सम्बन्ध विच्छेदको घटना बढ्दै गएको छ । गत बिहीबार गायक राजेश पायल राईले श्रीमति साङबुङ राईसँग महंगो डिभोर्स गरे ।

बिज्ञापन

त्यसको भोलिपल्ट अर्का गायक रवि ओडमाथि श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिइन् । आज फेरि युवा पुस्ताका चर्चित गायक निशान भट्टराईले श्रीमति ऋचा न्यौपानेसँग डिभोर्स गरेको खबर सार्वजनिक भएको छ ।

ऋचा पनि पेशाले मोडल हुन् । उनीहरुले विभिन्न म्युजिक भिडियोमा सँगै काम गरेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

समानुपातिकतर्फ ७ लाख मतगणना हुँदा आधा रास्वपालाई

जमानत जोगाउन नसकेकी अभिनेत्री फर्किइन सिनेमामै

ओलीको लज्जास्पद् हार : झण्डै ५० हजार मतान्तरले हराउँदै विजयी भए बालेन

यी हुन प्रतिनिधि सभामा निर्वाचित ६१ सदस्य (सूची)

संसदमा ६ दलको मात्र प्रतिनिधित्व हुने संकेत

अछाम–१ मा भीम रावल ५२६ मतले पराजित, २६ वर्षपछि काँग्रेसको कमब्याक

एमालेभित्र असन्तुष्टि: शंकरलाई उषाकिरण तिमल्सिनाको ‘राजीनामा दिएर स्टाटस लेख्नुपर्ने’ टिप्पणी

सिन्धुली–२ मा रास्वपाका आशिष गजुरेल विजयी

बिशेष