पुस्तान्तरण नरूचाउनेहरूको वर्चस्व !

नेकपा एमालेका अध्यक्ष केपी ओली बेला बेलामा बतुराउछन्। यो रोग उनको पुरानै हो। हालसालै उनी जिल्ला अधिवेशनको उद्घाटन गर्न कुनै जिल्ला जादै गर्दा उनले भनेछन् कि केपी ओली विनाको एमाले कल्पनै नगरे हुन्छ, उनी अझै २० वर्ष यो पार्टीको अध्यक्ष भै रहन्छन् रे ! यो पार्टीको अध्यक्षको कुर्सीमा कसैले दुई दशक सम्म नचिहाए हुन्छ रे। ठीक छ यो भनाइ उनको मनोवललाई मात्र हेरेर भन्ने हो भने केही छैन तर करीव ८ दशक पुग्न लागेका ओलीको मुखबाट सो पार्टीका भावी पुस्तालाई भीम रावल कै कोटीमा राख्ने मनसायले यो भनाई आएको हो भने यसलाई अधिनकवादको पर्याय मान्न पनि सकिन्छ।

बिज्ञापन

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष तथा हालका सरकार प्रमुख पुष्प कमल दाहाल पनि यो मामिलामा ओली भन्दा कम छैनन्। उनको प्रतिस्पर्धामा देखिन खोज्ने जनार्दन शर्मा जस्तालाई पाखा लगाउन यिनले पनि कुनै कसूर वांकी राख्दैनन्। उनलाई सुझाव दिने वा उनको भनाइमा अन्धभक्त नहुनेहरूलाई प्रचण्डले महरा बनाईदिन सक्छन्। यसरी यो पार्टीका अध्यक्ष पनि भावि पुस्ता प्रति उदार देखिदैनन्।  यी त आफूलाई कम्युनिष्ट भनाउनेहरूको कुरा भयो तर आफूलाई प्रजातान्त्रिक भएको भनेर चिनाउने देऊवा पनि पुस्ता हस्तान्तरणमा उदार छैनन्। यिनले पनि सत्ता मोहका कारण पार्टी प्रमुखको जिम्मेवारी विसाउन चाहदैनन्। त्यो मात्र हैन आफू छैठौ पटक प्रधान मन्त्री हुने लालसाले संसदीय दलको नेता फेर्ने चाहना नै गरेका छैनन्।मुख्यतयाः नेपालको राजनीतिमा देखिएका यी तीन नेताको प्रवृत्तिले देशमा राजनीतिक अस्थिरता मात्र हैन विश्वको उत्कृष्ट राजनीतिक ब्यबस्था लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्दै गएको छ।

बिज्ञापन

जसरी दीगो विकासको मान्यताले विश्वको अस्तित्व बाचेको छ, त्यसरी राजनीतिको अस्तित्व बचाउन राजनीतिलाई पुस्तान्तरण गर्न सक्नु पर्छ। तर नेपालका दूर दृष्टि नभएका नेताको कब्जामा नेपालको राजनीति अड्कदा नेपालका यूवाहरू राजनीतिबाट अलग देखिएका छन् जसले राजनीतिमा क्षयीकरण आउने संकेत देखिदैछ। जसरी देश भित्रका पौरखी यूवाहरू बेरोजगारीका कारण दिनहु विदेशिएका छन् त्यसै गरी भविष्यको राजनीति जिम्मा लिनु पर्ने यूवाहरूलाई बुढा नेताहरूले राजनीतिक नेत्तृत्त्वमा ढिम्किन नदिने परिपाटीले नेपालको राजनीति पनि संकटग्रस्त हुदै गएको छ।देश निर्माणमा नेत्तृत्त्वदायी भूमिका लिनु पर्ने राजनीति स्वयं नै अलमलमा परे पछि अन्य नीतिहरू कुहिराको काग बन्दै गएका छन्। देशको राजस्व र आम्दानी बढाउने नीति अपांग भएको छ । अलीअली संकलन भएको राजस्व समेत राजनीतिमा लागेकाहरूलाई घस्याउदै ठीक्क छ। देशको राजस्व जति साधारण खर्चमा खर्चिन पुगे पछि विकासका काम के बाट गर्ने हो ? समस्या यस किसिमको छ।

नेपालको राजनीति गर्न तम्सिनेहरूमा भावि पिढी उपर सकारात्मक सोच मात्र नभएको हैन कि देशको राजनीति नै देश र जनताको आवश्यकता अनुसार नभएर विदेशको ईशारा र आशयमा गर्ने गर्छन् र सरकारमा गए पछि निर्धक्क साथ भन्छन् कि यो सरकार फलानो देशको लागि कम्फर्टेवल हुन्छ भनेर। यस्ता नेताले राजनीतिको नाममा गर्ने भनिएको संघर्ष समेत विदेशीको ईशारा मै गर्ने गर्छन्। अनि यी नेताले नेपाल र नेपालीको हितमा काम गर्छन् भनेर सोच्ने आधार केही छ ? बरू यी लेण्डूपेले कुन दिन देश नै लगेर आफ्ना मालिकका पाऊमा चढाउछन्। हाम्रा नेताहरूको चालढाल र ब्यबहार हेर्दा यिनीहरूमा सुध्रिने कुनै छनक छैन। त्यसैले हरेक पार्टीका यूवाले बिद्रोह गरेर यी पुराना नेतालाई पाखा लगाएर सत्ता आफूले लिनुको बिकल्प छैन।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

अवकाशको मुखमा अपमान

रास्वपा केन्द्रीय सदस्यमा पूर्व डीआईजी खड्काको उम्मेदवारी, ‘अनुभव र क्षमतालाई राष्ट्रहितमा समर्पित गर्छु’

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

बिशेष