बिज्ञापन
निजामती प्रशासनमा पावरवाला कर्मचारीहरु दुर्गममा दरबन्दी राखेर पनि सुगममै जागिर खाइरहेका छन् भने पावर र पहुँच नभएका कर्मचारीहरु दूर दराजमा सेवारत छन् ।
बिज्ञापन
यस्तो विकृती गृह,अर्थ,भूमि व्यवस्था लगायतका मन्त्रालयमा धेरै देखिन्छ । गृह मातहतकै राष्ट्रिय विपद् प्राधिकरणलाई कर्मचारी थन्काउने कार्यालयका रुपमा समेत चिनिन्छ । त्यहाँ दरबन्दी छ ३८ कर्मचारीको तर ५० भन्दा बढी कर्मचारी थन्काइएको छ । प्राधिकरणको प्रमुखको कुर्सीमा छन् अनिल पोखरेल । दुई सहसचिवको दरबन्दी रहेको उक्त विभागमा भरतमणि पाण्डे,रामेश्वर मरहठ्ठाका साथै हालैमात्र त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका गोगन बहादुर हमाललाई त्यही थन्काइएको छ । सोही कार्यलयमा २ जना उपसचिवको दरबन्दी हो तर त्यहाँ उपसचिवहरु प्रकाश अधिकारी,सन्ध्या सिग्देल,गोमादेवी चेम्जोङ्ग,रबिन्द्र आचार्य,राजेन्द्र शर्मा, सुन्दर प्रसाद शर्मा,मोहदत्त भट्ट लगायत कार्यरत छन् । जसमध्ये बैतडी दरबन्दी भएका प्रकाश अधिकारी, सन्ध्या सिग्देलको ओखलढुंगा, गोमा चेम्जोङको इलाममा दरबन्दी छ।
यस्तै उक्त कार्यालयमा ४ जना शाखा अधिकृतको दरबन्दी रहेकोमा ११ जना शामखा अधिकृतहरु थुप्रिएका छन् । प्राधिकरणका अनुसार,कार्यकारी प्रमुखको सचिवालयमा शाखा अधिकृत बासुदेव खनाल,गंगा सुवेदी भट्टराई,प्रभा अर्याल,खेमराज पौडेल,दिपक पाण्डेय,विजयराज पौडेल,प्रमेश शिवा,भरतराज पाण्डेय,ममता कुमारी ओझा,विष्णु प्रसाद आचार्य,उर्मिला अधिकारी लगायतका कार्यरत रहेका छन् ।
प्राधिकरणमात्र होइन त्रिभुवन विमानस्थलमा समेत यस्तै कर्मचारीको बोलबोला छ ।
बिज्ञापन
यस्ता कर्मचारीको सूची निकै लामो भेटिन्छ,खोज्दै जाने हो भने । गृहकै तीन पावरफुल सुब्बाहरुको दरबन्दी एकातिर छ तर काजमा कार्यरत रहे,लामो समयदेखि टिआइए अध्यागमनमा । जसमध्ये केहीले आफ्नो दरबन्दी नै अध्यागमनमै सारिसकेका छन् । राजीव महत्तोहरुलाई एयरपोर्ट छाडेर अन्यन्त्र जानु परेन । उनी सरुवा भएको ठाउँमा नगइ रमाना नलिइ अध्यागमनमै बस्ने अटेरी कर्मचारीभित्र पर्दछन् । सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय दरबन्दी भएपनि कम्प्युटर अपरेट महतो लामो समयदेखि अध्यागमन विभागमा काजमा कार्यरत थिए । ०७८ वैशाख देखि जिल्ला प्रशासन कार्यालय सिन्धपाल्चोकमा दरबन्दी रहेका महतोको २०७८ भदौ ११ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा काज सरुवा भएको थियो भने २०७८ चैत १४ को निर्णयानुसार पुन काजमा नै अध्यागमन विभागमा कार्यरत रहेका उनले अहिले दरबन्दी नै टिआइएमै मिलाएका छन् । अर्काे एक सुब्बाले पोखरामा दरबन्दी राखेर विमानस्थलस्थित अध्यागमनमै डेरा जमाएर बसेका थिए । अहिले नख्खु कारागारमा कार्यरत छन् ।
यस्का अलवा टिआइएमा मानव तस्करीको आरोप पछि सरुवा भएका सुब्बरहरु जनार्दन रिजाल, मनोज खतिवडा, राजेश लम्साल, मेघनाथ आचार्य लगायतले अझै रमाना नलिएको टिआइए स्रोतले जनाएको छ । जसमध्ये केही सुव्वाहरुमाथि म्यानपावर व्यवसायीसंग मिलेर मानव तस्करीमा सहयोग गरेको आरोप लगाइएको थियो । उक्त आरोपपछि मन्त्रालयमा सरुवा गरिएको भए पनि उनीहरुले अझैं रमाना नलिई त्यतै बसिरहेका छन् ।
यस्तै,सोही समयमा सरुवा भएका कम्प्युटर अपरेटरहरु शिव बस्नेत, रोशन अधिकारी लगायतले समेत रमाना नलिई अध्यागमन एअरपोर्ट मै बसिरहेका छन् ।
यस्तो भद्रगोल हरेक मन्त्रालयमा भेटिन्छ । त्यही कारण त अधिकांश मन्त्रालयले कर्मचारीको दरबन्दी र काज विवरणको सूचना दिन खोज्दैनन् ।